Skip to content

मुक्तक

1560651760465

दुख्छ मेरो देश

कोसी जति उर्ले पनि सुक्छ मेरो देश ,
कर्णालीको पाखा भरी लुक्छ मेरो देश ,
कहाँ बग्यो पसिना त्यो बालुवामा हो कि,
साउदी कतार खाडीतिर दुख्छ मेरो देश ,

नसम्झे मलाई

नसम्झे मलाई विरानु धन लिएर आऊने छु ।
पराईको अर्थ छैन मन लिएर आऊने छु ।।
झस्कीएर बसेको छु यहाँ तड्पीएर भुमिमा ।
छातिमा भाला ठोक्ने घन लिएर आऊने छु ।।
अभागि कालिकोटे

मुक्तक

आफ्नै नाम अगाडि लेखाउन खोज्छन्
आफ्नै हात अगाडि सेकाउन खोज्छन्
कस्तो अचम्म हुँदैछ दुनिया,
लुकाउने चिज पनि देखाउन खोज्छन् ।
– खजुराखुर्द १ बाँके, नेपालगन्ज

दुई मुक्तक (तिम्रो साथ पाएँ आज)

१)
तिम्रो साथ पाएँ आज हाँस्न मन लाग्यो
रोदी घरतिर गई मलाई नाच्न मन लाग्यो
कहिलेकाही‌ जिन्दगीमा खुसी मिल्दो रैछ
हाँसी खुसी तिमीसँगै बाँच्न मन लाग्यो ।

दुई मुक्तक (थामेर देशको माटो)

१.
थामेर देशको माटो काँधमा बसाउने वीर देऊ
म लाउँछु निसाना बैरीका आँखामा तीर देऊ
खेल्न खोजेमा सहिन्न सत्रुले हाम्रो सीमानामा
नालापानीमा हाम्रो झण्डा फर्फराउने शिर देऊ

मुक्तक

आखिर अरेका कुरा न हुन्
कुनै बेला लोटा लिएर सहर पसेका थिए
बारै वर्षमा बिडाला भए टाटा भए अरे ।
हाम्रो ता बार वर्ष हतियार लिएर जङ्गल पसेर पनि
बीचराहरू सारै घाटा गए अरे ।

पाँच मुक्तक (शिक्षक)


आफू जली प्रकाश दिने शिक्षकको कर्म हजुर
पीडा व्यथा कति होलान् कतिकति मर्म हजुर
उर्जाशील समयमा अहोरात्र खटिइरहने
समाजमा शिक्षकले निभाइरहेछन् धर्म हजुर।

दुई मुक्तक (रुवाइ)

१) मेरो ब्यथा

यादहरू भूल्न सक्दो पिउँदैछु, खुशी छु भनुँ कसरी
उध्रिएको मन एक्लै सिउँदैछु, खुशी छु भनुँ कसरी
पहिले जस्तो सुख-शान्ति आजभोलि विल्कुल छैन साथी;
घरी-घरी दुख्दै-थाक्दै जिउँदैछु, खुशी छु भनुँ कसरी

दुई मुक्तक (जाँदैछौ जाऊ)

१)
जाँदैछौ जाऊ कहिल्यै बाटो नभुल्नु
आफू जन्मेको हुर्केेको माटो नभुल्नु
श्राप लाग्ला है फेरि आमा-वुवाको
बल्झिरहने घाउको खाटो नभुल्नु ।

जिन्दगी

जहिले हेर्छु त्यहिले नै देख्छु अभावमा छ जिन्दगी,
मर्न खोज्दा पनि बाच्नै पर्ने दवावमा छ जिन्दगी !
बग्न खोज्छन भेलहरु माया सरी मुटू बाट ,
त्यस्तै एउटा उत्तेजित बहावमा छ जिन्दगी !!
बिरेन्द्र धामी
चौखाम 6 बैतडी

तीन मुक्तक (नैनतीर)

मुक्तक–१ (नैनतीर)

नैनतीर तीखो रैछन् मुटुमानै सोझै लाग्यो
घायल मात्र नपारेर सारा तन यस्ले दाग्यो
भाग्यमानी हुन्छु भनी अभागीले तिमी रोज्यो
रहलपहल भाग्य पनि तिमीसँग उतै भाग्यो

तीन मुक्तक (आफ्नै जिन्दगीसँग)

एक)
आफ्नै जिन्दगीसँग बोल्न हिच्किचाउँछु
खै किन सबै कुरा खोल्न हिच्किचाउँछु
अनुहार एक तर रुप अनेक मान्छेका
सकिएन रुपहरू खोतल्न हिच्किचाउँछु ।

MaheshChalise

मीटरमा माया

मापन गर्न कसैको, अडर हुन्थ्यो भने
छुन्थ्यो पक्कै आकाश, घर हुन्थ्यो भने
मेरो माया नाप्दैमा, जुनि बित्थ्यो तिम्रो,
यदि मायाको एकाई, मीटर हुन्थ्यो भने ।