नसम्झे मलाई विरानु धन लिएर आऊने छु ।
पराईको अर्थ छैन मन लिएर आऊने छु ।।
झस्कीएर बसेको छु यहाँ तड्पीएर भुमिमा ।
छातिमा भाला ठोक्ने घन लिएर आऊने छु ।।
अभागि कालिकोटे
आफ्नै नाम अगाडि लेखाउन खोज्छन्
आफ्नै हात अगाडि सेकाउन खोज्छन्
कस्तो अचम्म हुँदैछ दुनिया,
लुकाउने चिज पनि देखाउन खोज्छन् ।
– खजुराखुर्द १ बाँके, नेपालगन्ज
१.
थामेर देशको माटो काँधमा बसाउने वीर देऊ
म लाउँछु निसाना बैरीका आँखामा तीर देऊ
खेल्न खोजेमा सहिन्न सत्रुले हाम्रो सीमानामा
नालापानीमा हाम्रो झण्डा फर्फराउने शिर देऊ
आखिर अरेका कुरा न हुन्
कुनै बेला लोटा लिएर सहर पसेका थिए
बारै वर्षमा बिडाला भए टाटा भए अरे ।
हाम्रो ता बार वर्ष हतियार लिएर जङ्गल पसेर पनि
बीचराहरू सारै घाटा गए अरे ।
१
आफू जली प्रकाश दिने शिक्षकको कर्म हजुर
पीडा व्यथा कति होलान् कतिकति मर्म हजुर
उर्जाशील समयमा अहोरात्र खटिइरहने
समाजमा शिक्षकले निभाइरहेछन् धर्म हजुर।
यादहरू भूल्न सक्दो पिउँदैछु, खुशी छु भनुँ कसरी
उध्रिएको मन एक्लै सिउँदैछु, खुशी छु भनुँ कसरी
पहिले जस्तो सुख-शान्ति आजभोलि विल्कुल छैन साथी;
घरी-घरी दुख्दै-थाक्दै जिउँदैछु, खुशी छु भनुँ कसरी
जहिले हेर्छु त्यहिले नै देख्छु अभावमा छ जिन्दगी,
मर्न खोज्दा पनि बाच्नै पर्ने दवावमा छ जिन्दगी !
बग्न खोज्छन भेलहरु माया सरी मुटू बाट ,
त्यस्तै एउटा उत्तेजित बहावमा छ जिन्दगी !!
बिरेन्द्र धामी
चौखाम 6 बैतडी