हिन्दू दर्शन
हिन्दू दर्शन मान्यो भने कर्म–फल भन्छन्
परिश्रम गरी प्राप्त फल कर्म–बल भन्छन्
समताको नारा मात्रै फल कहीं भेटिदैन
आखिरमा सन्तोष लिन भाग्य–छल भन्छन्
धेरै नेताहरू जनतालाई ढाँटेर जिन्दगी चलाउँछन्
केही भने जनतासँग बेइमानी साटेर जिन्दगी चलाउँछ्न्
सबैको कुरा ता कसरी भन्न सकिन्छ र ?
तर केही नेता अरुको कुरा काटेरै जिन्दगी चलाउँछन् ।
गाउँ पस्दा नेता बाँझो, त्यो खेतको आली हेर्न लाउनु
फुटेका चुरासँगै नारीको, त्यो सिउँदो खाली हेर्न लाउनु
नेताको स्वागत मात्र गर्ने हैन, हरेक जन-जनका पीडासँगै
दिनहुँ पेट भर्ने जनताको, त्यो भातको थाली हेर्न लाउनु
जब म मर्नेछु अनि तिमी एक्लै हुनेछौ
मलामीले शंख फुकी लाँदा कति रूनेछौ
समाज तिमी आफैले बदल्ने हो त्यसैले बिहे गर
गरिनौ भने बाँच्नलाई सधैं मेरै तस्वीर छुनेछौ
एक
**
देख्न पाइन जान्न पाइन देश कस्तो भाको होला
शत्रु पनि मेरै देशको थाप्लोमाथि गाको होला
आफू भने बेचिएर अर्कै देशमा आइएछ
आमा कता भन्दै मेरो काले रोइराको होला ।
१
जब सँगै हुन्थ्यौं रातहरू पनि रंङ्गिन हुन्थ्यो
अनि छुटिने बेला आउदा निकै कठिन हुन्थ्यो
हराउथ्यौं एक अर्कामा भुलथ्यौ सारा संसार पनि
त्यसैले त पत्तै हुदैन्थ्यो कति बेला दिन हुन्थ्यो
मान्छेबाटै मान्छकै लागि अनेक जाल रचिन्छ
दुई पैसा झर्छ भने शिरदेखि पाउसम्म घसिन्छ
जति थुपारे नि नपुग्ने भो अब धनको राश
हेर, जमाना आयो कस्तो यहाँ आमाको दुध बेचिन्छ ।
आधी जिन्दगी कटेपछी, तिमी आयौं बिचमा
एक्लो यात्री थिए म किन, माया लायौ बिचमा
तड्पाउनु नै थियो भने त, जिवनको यात्रामा
तिमीले किन बनावटि, प्रेम गीत गायौ बिचमा
सामाजिक सञ्जालमा नि, चुनावी प्रचार के गर्नु र बाबै
लेखेर चुनावी नाराहरु, सोसल साईट नि के भर्नु र बाबै
जितेर आफ्नोपराई हेर्छन, नेता त सिंहदरवार छिरेपछि
के देश बनाउलान ए हजुर, यी नेताको भर के पर्नु र बाबै