Skip to content

मुक्तक

दसैं

  • by

चिठी पत्र छैन तर सम्झनाको खात् आयो
कहिलेकाहीं मात्र आउने उमंगको मात् आयो
सम्बन्धमा ऐंजेरुले जरा गाड्ला होस राख्नू
दसैं दैलो टेक्दाखेरि हर्षको वर्षात् आयो

भैरहवा , रुपन्देही

खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि

खुशी थिएँ उनले मलाई माया गर्न थालेपछि
सबले सोध्छन के भो तलाई? दाह्री जुङ्गा पालेपछि
आफ्नै ठानी माया गरे निस्ठुरी त जाली रैछ
नपालेर के गर्नु खै उनले इज्जत फालेपछि

दायित्व र जिम्मेवारी

  • by

के के होला अब फेरि चर्चा गाउँमा छ
उन्नति र अवन्नति आफ्नै ठाउँमा छ
हुर्केलान् कि बच्चाहरु मर्लान् अनायासै
दायित्व र जिम्मेवारी उनै माउमा छ ।

बस्न तिम्रो केश पाए

तिमी बाट के पाउछु खै? अरु बाट ठेश पाए
आफन्तको भिडमा यँहा तिमीलाई मात्र शेष पाए
मान्छे भएर आज सम्म के नै गर्न सक्या छु र?
जुंम्रा बन्न तयार छु म बस्न तिम्रो केश पाए

झुन्डिएर मर्छु भन्थिन ।

पहिले पहिले हजुर कै शरणमा पर्छु भन्थिन ।
तिम्री हुन पाएन भने झुन्डिएर मर्छु भन्थिन ।
धेरै भयो नभेटेको मरिन भनि छाक बारे
आज भेटे अर्कै सँग उतै बिहे गर्छु भन्थिन ।

आँखामा तीन मुक्तकहरु

परेलीका डीलहरुमा उर्लेर खुशीले
कहिलेकाँही आँखामा फुलेका छन
मेरा आसुँ
ब्यथामा पिल्सिएर कैले भने
आँखामै सुकेका पनि छन्
मेरा आसुँ ।

केही मुक्तक जिन्दगीका

  • by

धत्तेरिका !
एक-दुई अँगालो मात्र भए पनि
अमर-माया पैँचो दिने
कोही छैन
पाएको भए राम्रै हुन्थ्यो नि त
हैन र ?
सके सास छँदै तिर्थेंं
नसके दर्गाहमा तिर्थें
सारा जुनी आफ्नो
साहू तिरेरै त बित्या छ ।

केही मुक्तकहरु

आउ नियाल पढ्न सक्छौ यी आँखाहरुमा
तिम्रै मीठो गीत छ
तिम्रै नाममा धड्किन्छन स्पन्दन
तिम्रै न्यानो प्रीत छ
स्वीकार या नस्वीकार केही छैन
तिम्रो खुशीमै मेरो जीत छ
कि त फुल्यो प्रीतिका फूलहरू
कि झरी गयो कुहेर
यही संसारको रीत छ।

साँचो माया गर्ने ले

त्यो मलाई थाहा छ
तिमी मायालु छौ,
नानु तिमी महान छौ,
त्यसैले म तिम्रो सुन्दर
फूल जस्तो जीवनमा

मेरो जिन्दगीमा आएर
केवल दुख नै दुखको भेलमा
साँचो माया गर्ने ले
कसैको पनि दुख देख्न सक्दैनन्
तिमीलाई डुबाउन चाहन्न
त्यसैले मलाई माफ गरिदेउ
तिमी सम्पूर्ण कुराहरु बुझ्छौ,

म कहाँ बिर्सन सक्छु र ?

समयको खेल हो।
सम्बन्ध सँधै बनिरहँदैनन्।
क्षणक्षणमा बदलिइरहन्छन् ती।
आज मेरो सम्बन्ध फेरिएको छ।
तिमी केबल मेरा सम्झनामा छ्यौं।
तिमीसँगको मेरो प्रेम पहिलो हो।
प्रेमका मिठासपूर्ण सम्बन्ध
म कहाँ बिर्सन सक्छु र ?
त्यसबाट मैले सिकेको त्यो प्रेम
दोस्रो प्रेमका निम्ति पूँजी हुनेछ