Skip to content

चार मुक्तक (काली खोलो किन उर्ल्यो)


१.
काली खोलो किन उर्ल्यो सेती नभेटेर
आँखा मेरो किन फुर्यो माया नदेखेर
सराङ्कोट्को डाँडा चढी मन हेर्छ कतै
दुवै मुटु गाँठो पारी स्वास नफेरेर

२.
जीवन सङ्गीनी हुन् ‘झुत्री’ ‘झाम्री’ नभन
सँगै हिंड्दा अर्कैकीलाई ‘हाम्री’ नभन
मन्द मन्द परिबन्ध कस्ले बुझ्न सक्छ ?
कर्के आँखा सन्काएर ‘राम्री’ नभन

३.
मुक्का हान प्रेममा, धर्ममा नहान
आस्था राखी पुजिएको कर्ममा नहान
सुख दुःख जीवनको हिड्ने बाटो न हो
दुखियाको नाडी छामी मर्ममा नहान

४.
पुलिङ्गमा स्त्रीलिङ्ग आलिङ्गन गरी
नपुंसक लिङ्ग जन्म्यो सत्ता नाम धारी
कस्ले अब जन्माउला त्यो विकासी छोरो ?
नेपालले मलाई सुम्प्यो यही जिम्बेवारी

2 thoughts on “चार मुक्तक (काली खोलो किन उर्ल्यो)”

  1. विष्णु न्यैापाने

    सँच्याएर एकै ठाउँमा राखिदिनुभए राम्रो हुनेथियो ।
    विष्णुप्रसाद न्याैपाने र विष्णु न्याैपाने एउटै व्यक्तिको नाम भएको हुँदा दुबैलाइ विष्णु न्याैपानेमा नै राखी दिनुहुन अनुरोध गर्दछु ।

    1. औंल्याइदिनुभएकोमा धन्यवाद ।
      औंल्याइदिनुभएकोमा धन्यवाद । परिवर्तन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *