Skip to content

मुक्तक

मुक्तक

दुइ मुक्तकः
बजारमा खुसीसँग खुसी साट्न पाए नि हुन्थ्याे
मायामा पलाएकाे ऐंजेरुलाई काट्न पाए नि हुन्थ्याे
टुट्ला भन्ने डरले अाच्छुअाच्छु भइरहेकाे छु
कहिल्यै नटुट्ने मायाकाे डाेरी बाट्न पाए नि हुन्थ्याे ।

हेराहेर गरी अाँखामा अाँखा मिलाउन पनि सकिन्न
हामी एकार्काका हाै‌ भनी विश्वास दिलाउन पनि ।सकिन्न
यसै कारणले हाेला मुटु पनि च्यातिएकाे छ
खै किन किन च्यातिएकाे मुटु सिलाउन पनि सकिन्न ।

मुक्तक

हाँसेर बाँच्नु जिन्दगीभर मजा छुट्टै जिन्दगीमा
माया मनमै नलुकाउनु साट्नु मजा जिन्दगीमा
एक्लै बाँच्नुभन्दा साथ जिउनु आनन्दी मनले
चिन्ता भूल्नु हाँस्दै दु:खसुख साट्नु जिन्दगीमा ।

दुई मुक्तक (कसैसँग कसैको त्यो संस्कार)

कसैसँग कसैको त्यो संस्कार मिल्ने हैन
मिले पनि अर्को कुरा व्यवहार मिल्ने हैन
प्रेमका प्यासी छन यहाँ अँझ थुप्रै तर
मन बुझ्ने कोही समझ्दार मिल्ने हैन ।

तितो तर सत्य हरदम पुकार्न तयार छुँ

निष्पट अँध्यारा बन्द ढोका उघार्न तयार छुँ
तितो तर सत्य हरदम पुकार्न तयार छुँ
खरो भएँ के बिगारें ? मनमा पाप छैन
पछि अरुलाई पहिले आफैलाई सुधार्न तयार छुँ ।

जता जे देख्यो त्यतै उफ्रने फट्याङ्ग्रो भइएछ

लाटो सिधा इमान्दार अनि लठ्याङ्ग्रो भइएछ
जता जे देख्यो त्यतै उफ्रने फट्याङ्ग्रो भइएछ
जोसँग अलि मोटो बलियो खालको गुलेली छ,
उसैको त्यो ईशारामा नाच्ने मट्याङ्ग्रो भइएछ ।

शरीर पुरा अनि दिमाग आदी भएपछी…

शरीर पुरा अनि दिमाग आधी भएपछि
बुद्ध पनि त आज माओवादी भएपछि
प्रेम शब्द नै स्वार्थ भइदियो देवकोटाज्यू,
मुनाकै नजरमा मदन अपराधी भएपछि

“तीन मुक्तक”

(1)
कुनै चर्चित म कवि होईन
न त म प्रसिद्ध छवि होईन
हो त केवल रुचि मात्रै मेरो
झरना बग्छु तर म रवि होईन

(2)
जीवितै छन् ईच्छा मारेको छैन
अलपत्र आफुलाई पारेको छैन
धेरै नसकुँला थोरै त गर्छु
जीवनसँग अहिल्यै हारेको छैन

(3)
तालि बजाउन दुई हात चाहिन्छ
चपाउन तलमाथि दाँत चाहिन्छ
एक पाङ्ग्राले रथ चल्दैन पनि
सफलतामा सबैको साथ चाहिन्छ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा,-१, सिलगढी, डोटी

खुशी देख्न खोजीरहेको छुँ

जान्दिन म साहित्य के हो, तर लेख्न खोजिरहेको छुँ
जीउने तागत राखेर पाईला टेक्न खोजिरहेको छुँ
घोच्छन् काँडा जीवनमा, संघर्ष हो जिन्दगी
तर पनि सदासर्वदा खुशी देख्न खोजीरहेको छुँ

झलक पाली ‘झरना’
सिलगढी, डोटी
(रचना मिति : २०७३ श्रावण २०)

आदर्श के छाँट्छौ ?

भूत लाग्यो वा बिमार हो, नाडी कम से कम जाँच्न त सिक ।
आँगन टेढो के देख्छौ, पहिले कम से कम नाँच्न त सिक ।
दया पो लाग्छ कठैबरा ! चाकरी र गुलामी गरेको देख्दा ।
आदर्श के छाँट्छौ आफै, पहिले कम से कम बाँच्न त सिक ।

झलक पाली ‘झरना’
सिलगढी, डोटी
(रचना मिति : २०७३ श्रावण २०)

कहाँ सक्छ ?

आकाशमा उड्ने चरी पिजडामा बस्न कहाँ सक्छ ?
स्वाभिमनी छोरी लोभ लालचमा फस्न कहाँ सक्छ ?
कसैको नयनमा फुल हुन्छ त कसैकोमा काडा ।
फुल्को नयन हुनेको नजरमा खस्न कहाँ सक्छ ?

चन्द्रिका ओझा ‘सानु’
तिजाली, डोटी
हाल : डडेल्धुरा

फस्यौ

जब तिमी कुलतमा फस्यौं
अनि गलत सङ्गतमा फस्यौ
सबैलाई फसायौ निर्दाेषीलाई
फस्यौ पक्कै तत्-तत् मा फस्यौ

झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, बिनोडा, जोरायल डोटी
हाल : दिपायल सिलगढी न.पा. १, सिलगढी, डोटी

तीन मुक्तक (देश भक्ति)

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ

तीन मुक्तक (जुन सरकार आए पनि)


जुन सरकार आए पनि देश फेरिएन
दुखी गरिब निमुखाको भेष फेरिएन
सर्वहारा वर्गले न त मुक्ति पाए कठै !
चाहनामा लागिरहने ठेस फेरिएन

मुक्तक

माया र नाता विश्वासको भरमा अड्न सक्छ
विश्वास नभए रगतकै नाता पनि भस्म भएर डढ्न सक्छ
होसियार मित्रहरु मायामा विश्वास गर्नै पर्छ
विश्वास नगरिए शङ्काको भूत दिमागै भरी चढ्न सक्छ ।

श्रीमती जस्तै

निधारमा टिका, हातमा थाली लिएकी छिन्
मलाई भुल्नै नसकिने उपहार दिएकी छिन्
रातो चोली रातै साडी सायद तिजले होला
आज प्रेमिका पनि श्रीमती जस्तै देखिएकी छन्

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

अश्लील छ

मन्दीरमा कुँदीएको आकृती अश्लील छ
फिल्म अश्लील पत्रीका पाना अश्लील छ
शहरका चोक चोकमा पोष्टर अश्लील छ
अश्लील छ जमाना मान्छे अश्लील छ