Skip to content

स्वतन्त्रता

  • by


नरेन्द्र आधुनिक विचारको मान्छे । पश्चिमी सभ्यताबाट प्रभावित । रीतिरिवाज, परम्परा केही नमान्ने । जे मनमा आउँछ त्यही गर्नुपर्ने ।उसकी स्वास्नी उर्मिला पनि त्यस्तै । कुनै बन्धन नचाहने, ऊभन्दा पनि अझ एक कदम अगाडि ।

राम्रो जागिर । भव्य बङ्गला । बैङ्क ब्यालेन्स । मोटरकार । नोकरचाकर । ऐसआरामले भरिपूर्ण। न अभाव । न अनिकाल ।एकले अर्काको स्वतन्त्रता हनन नगर्ने । कोही कसैको तगारो नबन्ने । दुवै जनाको सहमति ।नरेन्द्रको आज बाहिर जाने तयारी । श्रीमतीलाई जानकारी दिन्छ- “साथीले बोलाएको छ, उतै बस्छु होला ।”

उर्मिला पनि निकै सजिसजाउ भएर माइत जान तम्सिन्छे ।सहरको एकान्त गल्ली रेड एरियाको नामले प्रख्यात ग्राहकलाई पर्खेर बसेका होटल र लजहरू । एउटा अधबैसे युवक सरासर एउटा लजभित्र प्रवेश गर्छ कोठा बुक गर्छ ।

युवक लजवालालाई सोध्छ- “तपाईंकोमा …को व्यवस्था छ कि छैन ”

लजवाला जवाफ दिन्छ- “चिन्ता नगर्नोस् हजुर सब व्यवस्था छ ।”

युवक आफ्नो कोठामा जान्छ र आशक्तभावले कसैलाई पर्खिरहन्छ ।

एकछिनपछि सेण्डिलको टक…टक…टक… आवाज आउछ । एउटी युवती बिस्तारै कोठामा प्रवेश गर्छ युवक युवतीतिर फर्किन्छ ।

दुवै एक-अर्कालाई देखेर चिच्याउँछन्-

“उर्मिला तिमी…”

“नरेन्द्र तिमी…-“

Leave a Reply

Your email address will not be published. Required fields are marked *