Skip to content

कथा

माइन सेबोटेज

आरम्भ

‘‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि जे गर्नुपर्ला गरौँ ।’’

श्यामजीको चेतावनीलाई मैले पूरै वेवास्था गरेको थिएँ र भनेको थिएँ, ‘‘माथिको आदेशले त हामी बिग्रियौँ । भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’’

सम्धिनीको चस्मा

नाम नभन्नु नै राम्रो, तर नातासम्म भन्छु मेरो जेठान पर्ने हुनुहुन्छ । यदाकदा मेरोमा आउनुहुन्छ । अलिक टाढा छ उहाँको वसोबासो त्यसैले यदाकदा मात्र ।

अहिले नाताका मेरा जेठान मेरोमा आउनु भएको सपत्नी एव म एक बहिनीका साथ । त्यसै बेलामा म आफ्नो अफिसबाट घरमा पसें जुन बेला उहाँकी धर्मपत्नी र उहाँकी आफन्त बहिनी मेरै धर्मपत्नीहरू निकै हाँसिलो अवस्थामा गफगाफमा रहेछन् । मलाई देखेर सबैको अनुहार मुसुमुसु मात्र भो । तैपनि नमस्कार आदानप्रदान भो । सबैका अनुहार मुसुमुसुकै अवस्थामा छन् ।

तिम्रो लोग्ने र म

पर क्षितिजसँगै फैलिएको खाडीको त्यो उजाड मरुभूमि र त्यही मरुभूमिभित्र जीवन मृत्युको दोसाधमा बाँच्न खोज्ने कयौ परदेशी जीवनहरू हरेक साँझ सामुद्रिक तटमा रहेको त्यो अञ्जान बस्तीमा भेला भई यौटा छुट्टै मेहफिल जमाउने प्रयत्न गर्दथे। शुरुवाती मौनताहरू कथा, कविता, गीत र गजलहरूसँगै भङ्ग हुँदै जान्थे। जिन्दगीका अधुरा सपनाहरू र ती सपनाहरुको गन्तव्यतिर निष्प्राण भएर भौतारिदै हिड्ने म जस्तै अनगिन्ती परदेशीहरू आफ्ना रङ्गिबिरङ्गी कल्पनाहरुलाई कल्पनामै सीमित राखेर अन्धकार रातहरूसँगै सुस्ताउने गर्दथे। मानौ सूर्य र त्यसभित्रको असह्य ताप सदाको लागि अस्ताएर बिलिन होस्।

स्वर्ग

कान्छो हजुरबाको जीवनमा घटेको यो कथा मेरो हजुरआमाले सुनाउनुभएको थियो । यो २००३ सालको कुरो हो । त्यतिबेला देशमा राणा शासन थियो । कान्छो हजुरबा त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो ।

सबै जहानहरू साँझको खाना खाइवरी घरको तल्लामा लहरै सुतेका थिए । कान्छा हजुरबा सबैभन्दा कुनामा ओछ्यान लाएर सुत्नुभएको थियो । बिहान सबैजना चार बज्दावर्दा उठिसकेका हुन्थे । तर, त्यो दिन कान्छा हजुरबा ढिलासम्म उठ्नु भएन । घरका ठुलाहरुले उठाउँदा उहाँ चुपचाप सुतिरहनु भयो ।

कन्यादान

सरकारी जागिरे अनुपलाई जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटाइन्छ । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरू छिचोल्दै ऊ हिँडेको तीन दिनपछि बल्ल आफ्नो गन्तव्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिको एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ । उसका थकित पाइलाहरू बिस्तारै त्यही गाउँतिर बढ्छन् । ऊ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।

जीवन कथा

एउटा सानो र खुशी परिवार थियो । केटाको सानो आफ्नै कम्पनी हुन्छ र केटी घरकै काममा व्यस्त हुन्थिन् । दुवै बुढाबुढीबीचको मायाको गाउँमा चर्चा थियो । उनको जोडी परेवाको जोडीभन्दा कम हुदैन ।

एक रातको कुरा हो केटो राति घर आउदा उसको हुलिया घाइते बाघजस्तो थियो।

केटी: (केटालाई देखेर झसँग पर्छिन्) यो के भाको हजुरलाई ?

निर्दागी

उसले भगवानको लामो तपस्या गर्यो । उसको कठोर तपस्या देखेर भगवान खुशी भयो र उसको अगाडि प्रकट भएर बोल्यो, ‘भन बाला ! तिमी के माग्न चाहन्छौ ?’

उसले खुशी हुँदै भन्यो, ‘हे ईश्वार ! म यो संसारमा सबैभन्दा सज्जन भएर बाँच्न चाहन्छु । म खोट बिनाको निर्दागी जीवन जिउन चाहन्छु ।’

बलरामको तरङ्ग

“यस पटक कस्ता मान्छेलाई डेरा दिया होला यस मोराले !” मनमनै वलरामले कुरा खेलाउने गर्थे । “यसो हेर्न हुने मान्छेलाई त डेरा दिनु पर्छ नि । कमसे कम घरको रेखदेख पनि हुन्थ्यो अनि…..!” उनले नचाहेको जस्तो मान्छे उनका छिमेकीमा बस्न आयो भने उनको प्रतिक्रिया हुन्थ्यो आफैंसँग ।

अघिल्लो पटक आफ्ना छिमेकीले ठेलावाललाई डेरा दिएकोमा उनको आफैंसँग यस्तै गुनासो थियो ।

फिलिङ

अचम्मको लाग्थ्यो मलाई मेरा बाको बानी ।

दशैंसँगै हाम्रा लागी नयाँ कपडा घरमा आउँथे तर बाका लागि आउँदैन थिए । अनि आमा गनगनाउनु हुन्थ्यो-“आफुलाइ पनि यसो एकजोर नयाँ लुगा हालेको भा’ हुँदैन थ्यो ? कति लोभ गर्न सकेको ?”

लाटीको छोरो

हिजो साँझ बर्देवा महिलोले ठुट्टेबर मेलाबाट एउटी लाटी दमिनीलाई घिस्याएर घर ल्याएछ । बालीमा होक्से गाउँ भरिको लुगा सिलाउने झिल्के बर्देवाकी जोई च्याम्सी दमिनीले लालाबाला र आफू छँदा छँदै पोईले सौता ल्याएको देखेर घरमा रडाको मच्चाउन थाली ।

“थुक्क बाइफाले कुकुर्नी ! कोही मर्द नपाएर तँ मर्न नसकेकी लाटीले मेरो पोई देखिस पोइला मुन्टिन? तँ नकच्चरीको थुतुनोमा म अगुल्टोले झोसिदिऊँ ?”

दादा र बहिनीको मर्मिक कथा

एउटा सानो र खुसी परिवार थियो । बुवा मास्टर र आमा समाजसेवी, तिनका एक छोरो र एक छोरी थिए । छोरो भने आठ वर्ष र छोरी चैँ तीन थिइन् । ती दुई दादा-बहिनीको जोडी आहा ! यति मिल्दो थियो कि सबै अचम्म पर्थे।

तिनको मायालाई शब्दमा बयान गर्न कठिन थियो । बहिनीको आँखामा आशु दाजुले देख्न सक्दैनथ्यो। आमाले बहिनीलाई पिट्दा दाजु आमालाई नहान्नून भनी आमालाई बिन्ती गर्थ्यो । त्यो देखेर बुवालाई नराम्रो लाग्थ्यो र आमालाई गाली गर्नुहुन्थ्यो ।

समय

“रामे ! मैले भनेको काम गरिस् त ?”
“गरिसकें हजुर ।”
“रामे ! मेरो घरमा हजुर बाको पुण्यतिथि आउँदैछ, यसो टपरासपरा गाँस्नओर्न तेरी जहानलाई पठाईदे है ।”
“हस् हजुर, भोलिदेखि नै खटाइदिन्छु।”
“ए, साँच्ची ! तेरी बुढी तँभन्दा कति वर्ष कान्छी अरे ?”

AnamolBista

अधुरो माया

धेरै जस्तो मानिसको विद्यार्थी जीवनमा पहिलो माया सुरु भएको हुन्छ। त्यस्तै गरी एक सुन्दर प्रेम जोडी थिए, उनीहरुको माया कथा ८बाट सुरु भएको हो । उनीहरू स्कुलमा एकै कक्षामा पढ्थे, स्कुल जादा र घर आउँदा सँगैँ जान्थे । ती जोडीको, आहा, बयान गर्न नैँ गहारो छ ।

बिस्तारै बिस्तारै ठुला हुदैँ गए, झन झन माया गाढा हुँदै गयो ।

मायालु सुगा

भर्खरै उड्न मात्र सिकेको सानो सुगा रूखमा बसिरहेको थियो । उसको आँखा पासोमा परेर छटपटाइरहेको मृगमा पर्यो । ऊ हतारहतार उड्दै त्यहाँ पुग्यो ।

मृगले रुँदै भन्यो, ‘‘सुगा भाइ मलाई बचाऊ म मर्न चाहन्नँ ।’’

सुगा कुनै उपाय निकाल्छु भन्दै भुर्र उड्यो । ऊ आत्तिदै यताउता मुसा खोज्न थाल्यो । अहँ पाएन । ऊ निराश भएर के गरौँ के नगरौँभनेर सोचिरहेको थियो । उसले मुसा च्यापेर उडिरहेको कागलाई देख्यो । ऊ सकिनसकी उडेर काग नजिकै पुग्यो ।

गरुडपूराणले अर्थ्याएको जीवनचक्र

हाम्रा धर्म ग्रन्थहरूले भनेका छन् कि संसारमा उद्भिद (वृक्ष, लता, गुल्म आदि)को रूपमा पैदाहुने, स्वेदज–पसिनाबाट पैदाहुने (जुम्रा, उडुस आदि) अण्डज–अण्डाबाट पैदा हुने (पंक्षी आदि) र जरायुज –गर्भासयमा रहेर जन्मलिने जीवहरूको सृष्टि ब्रह्माजीले गर्नुभएको हो । योक्रममा स्त्री पुरुषको सम्बन्धबाट ऊ गर्भमा जन्छ, गर्र्भ यातना हुँदै, जन्म लिदै, जीवनदेखि मृत्युतक, कष्ट भोग्दै पुन मृत्युवरण गर्छ, यो चक्र हो निरन्तर चलिरहन्छ ।

शहीद ! शहीद !!

शहीद ! त्यसैले पनि होला तिम्रो हालत खराब छ । किनकि फोहोरी राजनीतिक खेलले तिम्रो अपमान भइरहेको छ । शहीद ! तिमीले देखेको सपनालाई यथार्थमा बदल्न दुःखी गरीब जनताहरू भरमग्दुर रुपमा लागि परेका छन् । बाहुबलीका असरल्ल जस्ता सालासाली, मामा माइजूको कठालोमा देश छ । शहीद ! तिमीले देशको परिवर्तनका लागि रगतको खोलाले बढारेर गयौ । त्यसको आडमा हामीले सास फेर्न पाएका छौँ । अहिले पनि हामी लामो सास तानी स्वच्छ महसुस गर्छौँ, हो ! यो तिम्रै देन हो ।

बोक्सी

ठटाल साहिंलोको शेखपछि घरमा ठटाल्नी साहिँली नितान्त एक्ली भई । बिहेपश्चात छोरी डल्ली पनि दुई वर्ष अघि नै आफ्नो पोईको घर गईहाली ।छोराहरू मसिने र टोड्के पनि सासूबुहारी घरमा मिल्न नसकेर आ–आफ्ना स्वास्नीहरू लिएर घरबाट छुट्टिएर गइहाले ।बचराहरू गुँड छोडेर दुरदेशतिर उडे पनि साहिँला–साहिँली जेनतेन बालीमा लुगा सिलाएर दुखसुख आफ्नो गुजारा चलाइरहेका थिए । साहिँलो सिलाईबुनाईको अतिरिक्त गाउँमा बिरामीको जोखाना हेर्ने र ढ्याङ्रो ठोकर भूतप्रेत भगाउने धामीको काम पनि गर्द्थियो । तर दैवको लीलाको अगाडि कस्को के लाग्दो रहेछ र?

खन्युको बुटो

कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनुहुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पति बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशा फाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी वनमा कल्चौंडाले गीत गउँदैछ । शिशिर यामको चिसो हावाले मेरो ज्यानमा जिरिङ्ग काँडा उठे ।

म बुवा सुत्ने कोठाको ढोकामै पुग्छु । बुवालाई प्रणाम गर्छु । बुवाले आर्शिवाद दिनुहुन्छ “ठुलो नेता भएस दीनदुखीको सेवा गरेस ।”

जब ड्रोनले एउटी बच्ची लिएर आयो

यतिबेला म आफ्नै गाउँमा छु र आज गाउँका बचपनका भाइसाथीहरुसँग यसो निस्दी खोलाको किनारतिर घुम्न निस्केको, खोला निकै उर्लेर आएको रहेछ ।

शायद लेकतिर ठुलै पानी दर्किरहेको छ जो, कोहीलाई खोला तर्न मुस्किल छ । हामी त्यही खोलाको किनारको हरियो चौरमा गफ गरेर बस्यौं । हामीले विभिन्न रमाइला गफगाफ गरिरहेकै बेला एउटा ड्रोन परबाट हामी भएमाथि हुत्तिदै उड्दै आयो । ड्रोनले केही पार्सल जस्तो ठुलो प्याकेट समेत झुण्ड्याएको थियो ।

मालरोड

पुसको कठ्याङ्ग्रिने जाडोपछि आज माघे संक्रान्तिको दिन बल्ल अलि न्यानो छ । बिहानको १० बजेको छ, घामको न्यानोमा नुहाउदैछन् सबै अनि म न्यु महाकाल मार्केटको मुखैको लामो हरियो रंगको बेञ्चमा । समय बलवान छ, समयका बलिया पाखुराहरुले हाम्रो चौरस्ताको रुप बद्लिएको छ । चारैतिर कङ्कृटका ठुला ठुला अटालिकाहरु, अनि चौरस्ता भित्रै गुडिरहने तीन चक्के इलेक्ट्रोनिक कार । समय बद्लियो, सत्ता र विचारपनि बस् बद्लिएको छैन त भानु र भानु जस्तै जनता जसले चुपचाप सहिरहेछ र हेरिरहेछ बद्लिदो दार्जीलिङ अनि बद्लिएको छैन मेरा यी दुई आँखा जसले बिगत ५० साल देखि त्यही बेञ्चबाट हेरिरहेछ देखिरहेछ मान्छेहरू र चौरस्ता । प्रत्येक दिन मेरा आँखा खोजिरहन्छ ….. अर्को आँखा ।