मुसाले तिर्यो बाघको गुण
एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”

“ए नकच्चरो ! हेर्दा त तँ लाउनेखाने नै देखिन्छस त । तैंले मलाई भिखारी सम्झिस कि क्या हो ? सक्छस भने सय रुपियाँको एउटा हरियो गैंडा दे न मलाई किन यति जाबो दश रुपैयाँमा टार्छस ? थुक्क कञ्जुस मोरा तँलाई हैजाले लान नसकेको ! तेरो हातमा स्याउँस्याउँ किरा परिजाओस ।”
प्रभुमञ्जु पुत्री सविता बिहानको कलेज जान तयार परेर माथिबाट ओर्लिएर आउँदाआउँदै अचानक उसका आँखा भर्याङमुनि सुतेको सुसाइँलाको शरीरमा परे । गर्मी भएकोले सुसाइँलाले केही पनि ओडेको रहेनछ । उसले लगाएका लुगाले पनि अलिकति स्थानपरिवर्तन गरेको जस्तो थियो । यसैले सुसाइँलाको इज्जतले अलिकति खुला स्थानको दर्शन गरिरहेको थियो । सविताका आँखा पनि त्यहीं गएर अडिए । नदेखे जसरी ऊ अलिक पर गई । ब्यूँझियो कि भनेर उसले परैबाट विचार गरी तर ब्यूँझिएको थिएन ।
इथरको बुबा ठुलो अन्तरिक्ष वैज्ञानिक भयो । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरि ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । ऊ अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थ्यो । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो, अकस्मात इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग प¥यो, उफ्रिन थाल्यो, चुलबुल हुन थाल्यो । वास्तबमा उसको बुबाले जुन सूचना पठाएको थियो, त्यसको सहायतामा उसको बुबालाई अन्तरिक्षयात्रीहरुले यानबाट लिन आएका थिए र सोहीबेला मोटर दुर्घटनामा सम्पुर्ण शरीर भष्म भएर हो वा के भएर हो उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।
लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।
बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।