Skip to content

कथा

मुसाले तिर्यो बाघको गुण

एउटा जङ्गलमा बाघ सुतिरहेको थियो । अचानक बाघलाई निदाएको देखेर एउटा मुसा उसैमाथि चढेर खेल्न थाल्यो । मुसाको खेलाईले बाघको निद्रा खुल्यो र ब्यूँझिए पछि उसले मुसालाई समात्यो । मुसा एकदमै डराएर थरथर काँप्न थाल्यो र बाघसँग भन्यो, “हे जङ्गलका महाराजा मलाई माफ गरिदेऊ, अब आहिन्दा यस्तो हर्कत गर्ने छैन । बरु हजुरलाई कुनै समस्या पर्दा सहयोग गर्नेछु ।”

अभागी आमा

“ए नकच्चरो ! हेर्दा त तँ लाउनेखाने नै देखिन्छस त । तैंले मलाई भिखारी सम्झिस कि क्या हो ? सक्छस भने सय रुपियाँको एउटा हरियो गैंडा दे न मलाई किन यति जाबो दश रुपैयाँमा टार्छस ? थुक्क कञ्जुस मोरा तँलाई हैजाले लान नसकेको ! तेरो हातमा स्याउँस्याउँ किरा परिजाओस ।”

देउकी

आठ कक्षा पढ्दा पढ्दै विद्यालयको पढाइ छोडेकी षोडशी देउकी बिछट्टै राम्री थिई । घुँडासम्म छोप्ने फरिया र ढाकाको फुलबुट्टे चोली लगाएकी कुखुरे बैंसले उन्मत्त देउकी बर्ने चियाबगानमा साथीसङ्गीहरुसँग इत्रिदै र सिनेमाका गीत गुनगुनाउदै डोको बोकेर चियापत्ती टिप्न पाउँदा औधी खुशी हुन्थी । बगान छुट्टीको दिन बुधबार देउकी साथीसङ्गीसँग कहिले बुधबारे हाट गएर सिनेमा हेर्थी त कहिले ठुट्टेबर मेलामा गएर रोटेपिङ्ग खेलेर रमाइलो गर्थी ।

सुसाइँलो

प्रभुमञ्जु पुत्री सविता बिहानको कलेज जान तयार परेर माथिबाट ओर्लिएर आउँदाआउँदै अचानक उसका आँखा भर्याङमुनि सुतेको सुसाइँलाको शरीरमा परे । गर्मी भएकोले सुसाइँलाले केही पनि ओडेको रहेनछ । उसले लगाएका लुगाले पनि अलिकति स्थानपरिवर्तन गरेको जस्तो थियो । यसैले सुसाइँलाको इज्जतले अलिकति खुला स्थानको दर्शन गरिरहेको थियो । सविताका आँखा पनि त्यहीं गएर अडिए । नदेखे जसरी ऊ अलिक पर गई । ब्यूँझियो कि भनेर उसले परैबाट विचार गरी तर ब्यूँझिएको थिएन ।

महाढाँट र महामूर्ख

एकादेशमा हिमालयको काखमा अवस्थित एउटा सुन्दर मुलुकमा एउटा गुफे राक्षस राजाले आतङ्क मच्चाएको थियो । त्यो राक्षसका मतियार र भरौटेहरुले गाउँ र शहर पसेर कहिले दिनमा र कहिले रातमा लुटपाट, तोडफोड र बलात्कार गर्ने गर्थे । कहिले खेतमा पाकेको अन्न लुट्ने गर्थे त कहिले जग्गेबाटै बेहुलीलाई उठाएर बलात्कार गर्ने गर्थे । बल र शक्तिले उन्माद ती बेसुर राक्षसीगणले सुराको तालमा त्यो मुलुकका बसिन्दालाई सहनै नसक्ने गरी अत्याचार गर्थे ।

जोइपोइको उखर्माउलो

फागुन महिनाको उराठिलो दिन सुरु हुँदै थियो, वरपरको वातावरण अलिक सुक्खा र तुवाँलोले छोप्न थालिसकेको थियो। रुखका पातहरू झर्न थालेका थिए । हिउँदे बालि थङ्क्याएर रित्तिएका खेतबारीहरू नाङ्गा देखिन्थे माथितिरको जङ्गलमा एकोहोरो न्याउली कुर्लेर वातावरणलाई झनै उराठ बनाउँदै थियो । भानु माथि थुम्कोबाट आफ्नो घर नियाल्दै झरिरहेको थियो। आज घरमा कुनै चालचुल छ कि छैन, या त घर नै रित्तो छ यस्तै यस्तै अनुमान लगाउँदै फाँटमा झर्दै थियो। उसको मन पनि भर्खरै पात झरेर सिख्रै भएको सालघारी जस्तै उजाड लाग्दै थियो।

समवेदनापत्र

बस्नेत सर यातायात क्षेत्रका निकै नामी हुन् । उनका पिताको निधन भएको हुँदा छिमेकका मित्रसमूहले सममवेदना व्यक्त गर्ने निधो गरे । समवेदना तयार गर्ने जिम्मा संस्थाकी अध्यक्ष सुलोचनालाई लगाइयो । अनि उनले पनि आफ्ना पतिलाई यो जिम्मा लगाइन् र भनिन्-

“हेर्दा अलिक आकर्षक हुनु पर्यो । भरसक चाँदी जस्तो टल्कने फ्रेम नै लाइदिनू । सबैकोभन्दा राम्रो र आकर्षक हुनुपर्यो । पैसाको चिन्ता नगर्नू । माथितिर कविशिरोमणिको त्यो छ नि कवित्त ‘कालले टपक्क टिप्यो’ भन्ने, हो त्यो हालिदिनू । राम्रो रङ्गीचङ्गी र सानदार फोटो हुनु पर्छ मृतकको । राम्रो फोटो छानेर अनि हेरेर हालिदिनू । सबै मिलाउनू र लिएर आउनू । लु बेहोरा लेखिदिनू त ।”

बरपीपल

हर्के र सपना घनिष्ट बालसखा थिए । सपना होक्से गाउँकी सम्पन्न जमीन्दारकी एक्ली छोरी र टुहुरो हर्के सपनाको घरको जूठोमुठो खाने गाईगोठालो थियो । हर्केका बाबुआमा दश वर्षअघि इलामको सुन्तले गाउँबाट काम खोज्दै मधेश झरेका थिए । त्यही सिलसिलामा उनीहरू होक्सेका बराल थरी जमीनदारकहाँ हलीगोठालो बसेका थिए । त्यहीं हर्केको जन्म भएको थियो ।

त्रिवेणी

शहरिया जीवनको ब्यस्तताको भुमरीमा रुमलिएको दिपेश आफैम्भित्र हराएको एउटा रङ्गमञ्चको पात्र झैं थियो। कलेजमा शिक्षण पेशामा आवद्द नवविवाहित दिपेश आफ्नी सुन्दर पत्नीलाई भाडाको कोठामा एक्लै छोडेर बाध्यतावश बिहानदेखि बेलुकासम्म नै जागीर खान र ट्युसन पढाउनमा ब्यस्त हुन्थ्यो ।जीवनको गाडी गुडाउन र आफ्नी पत्नीलाई सुखसुविधा दिन उसले आफ्ना व्यक्तिगत खुशी र आकाङ्क्षाहरुलाई बाध्यताको भारले न्यौछावर गरेको थियो, हरसम्भव प्रयास गरेको थियो ।

शूण्य (विज्ञान कथा)

इथरको बुबा ठुलो अन्तरिक्ष वैज्ञानिक भयो । उनी धेरै मेहनती भएकाले अन्तरिक्ष विज्ञानमा बाहिरि ग्रहसँग कनेक्सन गरेर एकमात्र सुपर वैज्ञानिक बनेर तहल्का मच्चाइरहेका थिए । ऊ अन्तरिक्षका अति विकसित जीवलाई यस पृथ्वीमा पदार्पण गराउन चाहन्थ्यो । यस पृथ्वीमा इथर जब ६ महिनाको भएको थियो, अकस्मात इथरका बुबा “मिराकल ! मिराकल !!” भन्दै दङ्ग प¥यो, उफ्रिन थाल्यो, चुलबुल हुन थाल्यो । वास्तबमा उसको बुबाले जुन सूचना पठाएको थियो, त्यसको सहायतामा उसको बुबालाई अन्तरिक्षयात्रीहरुले यानबाट लिन आएका थिए र सोहीबेला मोटर दुर्घटनामा सम्पुर्ण शरीर भष्म भएर हो वा के भएर हो उसको बुबाको कुनै अंशको रसायन पनि त्यहाँ बाँकी भएको थिएन ।

रगतको साँघु

तीन वर्ष बनारसी पण्डाबाट काशीमा कर्मकाण्ड सिकेर आएका खनाल बाजे गाउँमा एकाधिकारी नम्बरी पण्डित नै हुन् । आफूलाई धर्मशास्त्रका ज्ञाता मान्ने उनी आफूलाई शास्त्री नै ठान्छन् । पूराण होस कि बिहेबटुलो, न्वारन होस कि श्राद्द सबै जजमानकहाँ उनकै माग छ गाउँमा ।

उनको पुरा नामथर धनुषनाथ खनाल भए पनि उनी आफूलाई गाउँमा सबैलाई धनुष शास्त्री भनाउन चाहन्छन् ।

देवता (लघुकथा)

लावालस्करका साथ पहाडी बाटो माथितिर उक्लँदै थियो । ठाडो भीर साँघुरो बाटो माथिबाट फर्कने हरूसँग बच्दै हिँड्नु परेकाले यात्रा दुष्कर र कष्टसाध्य थियो । आफ्नो लावालस्कर केही पछि भएकाले ऊ ढुक्कका साथ अगाडि बढ्दै थियो ।

अचानक छेवैको एउटा ढुङ्गोमा उसको खुट्टो ठोकियो । ऊ पीडाले रन्थनायो र थुचुक्क बस्यो । जुत्ता-मोजा फुकाल्यो । ठोक्किएको औँलो फुटेको थियो । रगत बग्न थाल्यो । आफ्नो खुट्टा त्यही ढुङ्गामा अड्याएर उसले घाउमा पट्टी बाँध्यो । फेरि सकी-नसकी जुत्ता लगाएर ऊ खोच्याउँदै अगाडि बढ्यो । उसले खुट्टा अड्याएको ठाउँमा रगतको टाटो लागेको थियो ।

बालश्रम

“हेर्नुहोस् अँझ पनि म भनिरहेको छु । हाम्रो लागि यो बडो लाजलाग्दो कुरा छ । हाम्रो समाजबाट बालश्रमलाई कसरी निर्मूल गर्ने भन्ने कुरामा हामी धेरै सचेत छौ । वास्तवमा यो हाम्रा लागि मात्र नभई सारा दुनियाँकै लागि लाजमर्दो कुरा हो । बालश्रम र बाल शोषण जसरी पनि अन्त्य हुनुपर्छ ।”

“तपाईको भनाइ शतप्रतिशत सही हो । यसबाट हामीहरुले अन्तरराष्ट्रिय रुपमै इज्जत गुमाइरहेका छौ । होटलमा हेर्नु बालश्रमिक उत्तिकै छन् कारखामा हेरौ वा धरेलु कामदाका रुपमा हेरौ सवितर नै । बालबालिकाको सबै अधिकार पनि हामीहरुले लुटिरहेका छौ । उनीहरुले पढ्न पाउनु पर्ने खेल्न पाउनु पर्ने र अन्य समाजमा बसेर श्रमरहित जिन्दगी बाँच्न पाउने अधिकार पनि हामीले सबै बर्वाद पारिदिएका छौ ।”

बालक ध्रुव

राजा उत्तानपादले राज्य बढाएर अकण्टक बनाएका थिए । प्रजाहरू सबै सुखी थिए । उत्तानपाद आफ्नी रानी सुनीतिलाई एकदमै प्रेम गर्दथे । तर उनीहरूका सन्तान थिएनन् । त्यसले गर्दा राजाको वंश परम्पराका उत्तराधिकारी नभएकामा सम्पूर्ण प्रजाहरू दु:खी थिए । सबैले राजालाई दबाब दिन्दा पनि राजाले अर्को बिहे गर्न मानेका थिएनन् । राजगुरुले रानी सुनीतिलाई राजालाई बिहेका लागि दबाब दिन सुध्याए किनकि सुनीतिका कुरा राजाले टार्दैनथे तर सुनीतिको धेरै दबाबपछि पनि राजाले अर्को बिहे गर्न मानेनन् किनकि सुनीतिलाई पछि अन्याय भइजानेछ भन्ने उनलाई थाहा थियो ।

घण्टीको मूल्य (बाल लघुकथा)

हरिप्रसाद एक किसानको छोरा थियो । प्रशस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रीबाट आम्दानीको स्रोत बलियो बनाउने उद्देश्यले भैंसी पनि पालेको थियो । परिवारका अन्य सदस्यहरू खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैंसी चराउन बनमा जान्थ्यो ।

सबै भैंसीहरुको घाँटीमा एकै प्रकारको घण्टी बाँधिएका थिए । एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैंसीको घाँटीमा अरुकोभन्दा फरक महँगो घण्टी बाधिएको थियो ।

एक रातको कथा

रात वित्याँस पर्छ पावेललाई, ऊ छटपटाउँछ, कोल्टे फेर्छ । समस्याले उसलाई सताउनै सक्दैन किनकि ऊ सुख र दुखःको पारि छ त्यसैले त ऊ वितरागी छ । बाबासँगको सङ्गतले उसलाई यस्तो बनाएका हो । तर समय समय हो । खोलोको बहाबजस्तै उसले कलकल, झरझर सङ्गिती देखे पनि महसुस गरे पनि उसले उज्यालो भेट्टाउँदैन । उसले सोच्छ दुःख त दुःखै हो । अरुले आफूभन्दा दुःखी हेरी दुःखी नबन भनेको सम्झेर कहिल्यै चित्त नबुझाउने ऊ, त्यसैले उसले यत्तिबेला चित्त बुझाएन ।

ChetanNeupane

कक्रिएको ढुकुर

बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।

बिहेगरेको ४ वर्ष भो । छोराछोरी छैनन् । बुढी छे राम्री र कामकरीली । घरधन्दामा ब्यस्त हुन्छे । गाई पनि पालेको छ एउटा । चियाबारीमा पनि काम पनि गर्छे ।

मावल को मुर्कुट्टा

मावल घर सम्झदा स्मृतीमा रहेका पुराना धमिला चित्रहरु मानपटलमा सल्वलाऊन थाल्छन् । मामाको घर एकान्त जंगलहरुको बिचमा थियो । वरीपरि जंगलै जंगल ,घर मास्तीर एऊटा साँघुरो बाटो । दिऊसै अध्यारो जस्तो महसुश हुन्थ्यो । अझ मामाहरु भन्नुहुन्थ्यो राती राती त त्यो घरमाथिको बाटोमा मुर्कुट्टा हिड्छ रे । कुनैबेला मध्ये रातमा रुदै रुदै नानीहरु हिड्छन् रे ।

मावलमा रात बिताऊनु पर्दा मलाई साह्रै सकस पर्थ्यो,भलै म आमासँगै सुतुं;मुर्कुट्टाको भयले रात खटपटीमै बित्थ्यो ।

Dv lottery

भुतभुताऊदै ऊ बाल्टि बोकेर गाई धुहुन हिड्यो –

” यी बुडा पाकालाई के थाहा डिभी भनेको के हो ? पख न सेकेन्ड लेटर मात्र आओस न । मैले जानेको छ ।”

काठमाडौंको रत्न राज्यलक्ष्मी क्यामपसमा नेपाली बिषय लिएर बि ए पढ्दै थियो ऊ। ऊ एकदमै अल्छे थियो । करैले मात्र पढ्न चाहन्थ्यो । थाहा छैन आई ए कसरी पास गर्यो । नेपाली बिषय सजिलो हुन्छ र पास गर्न सकिन्छ भनेर मात्र ऊसले यो बिषय छानेको थियो । बिए शुरु गरेकै बर्ष ऊसलाई डिभी पर्यो । अब केलाई पढिराख्नु पर्यो भनेर ऊ घर तिर लागेको थियो ।

दुधको भाउ

छोरो बा को छेउमा गएर “बा भाउ बढ्यो भनेको के हो?”
“किन चाहियो यसलाई ?”
“भन्नु न”
“भाउ बढ्यो भनेको पैसा बढ्यो, के भन्छ नि दाम बढ्यो भनेको के मोरा” ग्वाला हाँस्दै भन्यो
“उसो भए बा, दुधको भाउ बढ्यो रे, अब हामी पनि धनी हुन्छौं हैँ ?”
“कसले भन्यो बाबु तिमिलाई यस्तो कुरा ?” ग्वाला झस्कियो
छोरो जान्ने पल्टिदै “त्यो हाम्रो बा को रेडियोले भनेको नि”
ग्वाला रातो अनुहार पार्दै “कहाँबाट बढ्नु दुधको भाउ, त्यो त शहरमा पाइने प्याकेट दुधको भाउ मात्र बढेको हो नि । यो दुध त उहि ४० रुपैयाँ लिटर नै छ नि ।”
बा खोले पकाईरहेका थिए
गाई पराल चपाईरहेको थियो
छोरो फेरि रेडियो बटार्न पुगिगयो