Skip to content

कथा

भोक र डाक्टर

झुपडीमा बस्ने एक गरीब मान्छे गम्भीर विरामी पर्यो र उद्दारकर्ताहरुले अस्पताल लगेर भर्ना गरियो । डाक्टरले उसको सबै स्वास्थ्य जाँच गर्यो ।

रिपोर्ट हेर्यो सबै ठिकठाक देखियो । रोग पत्ता नलागेपछि फेरि भिडियो एक्सरे गरेर हेरियो । त्यो मान्छेको पेटमा सुनामीजस्तो मडारिरहेको भोकको डरलाग्दो रुप देखा पर्यो ।

खाडीदेखिनै पैदल स्वदेश यात्रा !

विश्वभरि नै तहसनहस पारेको कोरोनाको महामारीले यहाँ पनि अछुतो राख्ने कुरा भएन। यस्तै त्रास र आतंकका बीच पनि हाम्रो अफिस चलिरहेको थियो। तर अब कम्पनीले भिसा सकिएको मान्छेलाई काम नदिने भनेर मैले पाउनुपर्ने सबै हिसाबकिताब क्लियर गरिसकेको थियो। अब हामि फ्लाईट हुने दिनको प्रतिक्षामा दिनहुँ समाचारमा आज यतिजना संक्रिमित र यति हजार जनाको मृत्यु भयो भन्ने समाचार सुनेर झनै आतंकित हुनु हाम्रो दिनचर्या भएको थियो। कोठाबाट प्रायः बाहिर निस्कदैनथ्यौ कोरोना सर्ने डर जो थियो।यसरि एक एक गर्दै संसार भरि नै कोरोनाको उपचार गर्ने डाक्टर हरु धमाधम मर्न थालेको खबर हरु आउन थाले। अर्को तर्फ़ विदेशमा र

सेतो सिन्दूर

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ ।

JanardanKattel

अन्तरजातीय विवाह

कार्यालयको कामको सिलसिलामा हाम्रो टीम विर्तामोडमा फिल्ड मुकाम बनाई बसेको थियो । होटल विनायकमा ।

“म्याडमलाई अस्पताल लिएर जगन्नाथ सर आउनु भएको छ अरे । म्याडमको अवस्था गम्भीर छ रे ।” सरोजले कोठा भित्र छिर्दा छिर्दै भन्यो ।

मैले आनी छोइङ डोल्माको ‘फूलको आँखामा’बाट आफ्नो आँखा हटाएर जिज्ञासु बन्दै सरोज र पुष्करलाई पालैपालो हेरें ।

मूल्याङ्कन

लघुकथा
मूल्याङ्कन
अलिक अस्तिको कार्यक्रममा उनले कविता सुनाउने अवसर दिइयो तर कसैले पनि ताली बजाएनन् न टीकाटिप्पणी नै गरे । लुरुक्क परेर सुनाइसकेर बसे दर्शकदीर्घामा ।
भर्खरै भएको कार्यक्रममा ता उनले गजल भनेर नै एक रचना सुनाए । तैपनि उति महत्व दिएन सभाले । केटौलेहरूले नाक खुम्च्याएको देखियो । अलिक दिक लाग्यो उनलाई ।
हार खाएनन् । एक दिन न एक दिन कसो मेरो रचनाको मूल्याङ्कन नहोला त भनेर निरन्तर लागिरहे । गोष्ठीहरूमा सुनाउने अवसर पर्दा सुनाउन पनि छाडेनन् । तैपनि उनका रचनाहरुमा न ताली बज्छ न स्यावासी नै हुन्छ ।

वुद्ध जीवनी

सिद्धार्थको वाल्यकाल

आजभन्दा २६०० वर्ष अगाडि हिमालय मुनिको फाँटलाई जम्बुद्वीप भनिन्थ्यो । त्यहाँ अनेक साना ठूला अधिराज्यहरु तथा गणराज्यहरु थिए । ती अधिराज्यहरुमा राजाहरु तथा गणराज्यहरुमा गणपतिहरु शासन गर्दथे ।

त्यहाँ हिमालय नजिकै राप्ती नदीको किनारमा शाक्य जातिको कपिलवस्तु भन्ने राज्य थियो । यसको राजधानी कपिलवस्तु नगर थियो । गौतम थर भएको शुद्धोदन यहाँको राजा हुनुहुन्थ्यो । महामायादेवी राजा शुद्धोदनकी महारानी थिइन् ।

परमपदका लागि रचनादान

परमपदका लागि रचनादान
बुहारीले राती आठ बजेतिर ससुराबालाई तातो दूध लगिदिएको बेला पनि बूढा मान्छे आइप्याडमा केकेजाति लेखिरहेका छन् ।
“कति लेखिरहनु भएको हजुरले ?”
“हैन त्याँ एक जनाले लेखिदिनु भनेका छन् अनि पो ।”
“एक जना भनेको को हो नि । कताका हुन् ?”
“नेपालकै हुन् ।”
“अनि उनका लागि उनै लेख्तैनन् र ?”
“लेख्ने उति ढङ्ग पुर्याउँदिनन् तिनले ।”
“लौ कुरा खुस्किगो नि । महिलालाई पो लेखिनुभएको रहेछ ।”

मनको डर

“गाउँमा के छ र यार ! सधैं दु:खको दु:ख, भनेको बेला पैसा पनि बिक्दैन,” गाउँघरमै बसेर केही गर्नुपर्छ भन्ने साथीहरूलाई यसरी जवाफ दिन्थ्यो महेश ।

“गाउँमा हावापानी राम्रो छ, आफ्नै रेखोपाखोमा उब्जिएको ताजा खानेकुरा खान पाइन्छ,” यसो भन्थे साथीहरू ।

दिलमायाको अधुरो सपना

पहाडै भने पनि समतल फाँटमा जन्मेकी दिलमायाको विवाह माइतीघर नजिकैको ओसेपिलो खोचमा भएको थियो । उनको जन्मेताका छोराछोरी पढाउने चलन थिएन । उनको श्रीमान भने लाहुरेको छोरा थियो । संयोग भनौ उसले एनकेन प्रकारेण गरेर एसएलसी कटाएर नेपाल आएको थियो । उसलाई नेपालको बारेमा त्यति थाहा थिएन तापनि पढेलेखेका मानिसको कमिको कारणले गर्दा शिक्षक जागिर सहजै प्राप्त गरेको थियो । यही यौग्यताको भरले उसले दिलमायालाई विवाह गर्ने सौभाग्य पायो ।

को हौ तिमी?

को हौ तिमी?अस्ति हिजो अनि आज तिमी मेरो मानसपटलमा छाइरहेकी छौ ।लाग्दैछ तिम्रो र मेरो भेटले अनगिन्ती यादहरु सगालेकाछन तर खै मलाई त्यो क्षण याद छैन हामी भेटेको ठाउँ याद छैन मात्र तिमी याद छौ ।साझमा आफ्नो बासस्थान फर्कन लागेको बनचरी जस्तै आतुर छु अनि अनगिन्ती कौतुहलताका साथमा म अस्ति पनि काटे हिजो पनि र आजपनी तर भोलि बिहानको सुर्योदयमा तिमिसङ्गका हरेक पलहरु याद गर्ने साहस राख्छु तर खै अधेरी रातको कहिले जुनेलि त कहिले कालो रातमा सम्झनाका बाटोहरु पछ्याउँदै जादा म तिमिबाट टाढा भएको पाउछु। फेरि मिलन होस् भन्ने चाहान्छु तर खै यो कहिल्यै सफल भएन। यहाँ दिन हप्ता महिना गरि बर्षहरु फेरिदै जान्छन् तर दिन उस

साविती बयान

हप्ता दिनदेखि हामीबीच बोलचाल थिएन ।

उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर मैले पनि सहमति जनाइदिएँ । कुनै असमञ्जस्यमा परिनँ । हर्षबढाइँ गर्न थालेँ । त्यसबेला उनको पराजय मेरो पुरस्कार थियो । उनको आँसुमा मेरो शक्ति लुकेको थियो ।

नर्कलोकको यात्रा

एकरात तराईको प्रचण्ड गर्मीमा शीतलता खोज्दै म मेरो घरको सिकुवामा झुल लगाएर डोरीको चौपाईमाथि सुतिरहेको थिएँ । हल्का च्यातिएको झुलको भ्वाङबाट मच्छरहरू छिरेर मेरा निद्रालाई बिथोलिरहेका थिए । गर्मीले गर्दा रातको अन्तिम प्रहरसम्म म निदाउन सकिरहेको थिइन । जब निद्राले मेरा आँखाहरू लोलाउन थाले मैले अचानक मेरो चौपाईका चारैपट्टी अग्ला अग्ला मानवाकृतिहरू उभिएको महशुस गरें ।

Evening waiting

साँझको पर्खाई

कलंकीमा मेरो घरसंगै दुईटा बोट छन् । छिमेकीकोमा नासपाती र मेरोमा अम्बा । नासपातीको बोट ठूलो र अम्बा अलिक सानो छ । लकडाउनले चारैतिर सुनसान छ । वरपर सन्नाटा अचेल यसरी छाएको छ कि पात हल्लिएको आबाज मेरो कोठासम्मै पुग्छ । बिहानै चराचुरुङ्गीको चिरिबिरी गजब सुनिन्छ । शायद कार्यालयमा संधै रात्रीकालिन ड्युटीले ढिलोे घर फर्किदा अबेरसम्मै ओछ्यानमा मस्त हुँदा वर्षौसम्म यो अवसरबाट बञ्चित थिएँ । बिहान, समाचारहरु सुन्न रेडियो त खोलिन्थ्यो, तर निद्राकै अंगालो प्यारो लाग्थ्यो । अचेल एफएम रेडियोसमेत बन्द गरेको छु । त्यहाँ सरकारको बेमौसमी बाजा बढी सुनिन्छ । जन–जनको आबाज कम र आबाज भएकाको आबाज बढी सुनिन्छ । त्यसैल

Bhagwan

जब उनले म तिमिसंगै बिहे गर्छु भनिन् !

अँ म त भगु संगै बिहे गर्ने हो साह्रै मन पर्यो भन्दै झन् गफ गर्न मच्चीइन उनि (मेरो नाम भगवान भएपनि मामाघर मा सबैले भगु भन्नुहुन्थ्यो) I मलाई भने यत्री ठुली केटि ले म जस्तो सानो केटासंग किन बिहे गर्छु भनेकी होलि भनेर मनमनै चिन्ता पर्न थालेको थियो,उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म भने एघार बाह्र को त्यै पनि अलिक होचै थिएँ I उसले माया गरेर दिएका पाकेका बेलौती पनि मलाई फकाउन दिएजस्तो लाग्न थाल्यो I मलाई त साँचै उसले मसंग नै बिहे नगरी नछाड्ने भै भने कसरि उसलाई दुलही बनाउने होला,दुलही भएपछी के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आइलागेको यो टेन्सन ले म भ

उज्याला दिनहरू

मधुमाया आग्रोभन्दा गाग्रो सुन्थिन् । त्यसैले उनलाई गुल्मीको थामडाँडामा सबैले गाग्री बजै भन्थे । उनको नाम मधुमाया हो भनेर पछिल्लो पुस्तालाई थाहासम्म थिएन । एक–दुईपल्ट जम्काभेट भएर उनीसँग कुरा गरेका मान्छेहरू उनलाई देखेपछि टाढैबाट बाटो मोड्थे । मान्छेहरूले उनलाई वास्ता नगरे पनि काले कुकुर, भैँसी, दुई–चार बाख्रा र तिनका पाठापाठी सधैँ उनका अगिपछि हुन्थे । उनी तिनीहरूसँगै सुख–दुःखका कुरा गर्थिन् । उनीहरूले जीउमा कन्याउन मुन्टो हल्याए पनि उनकै कुरा सुनेर सही थापेझैँ लाग्थ्यो उनलाई । त्यसैमा उनी खुसी हुन्थिन् ।

FB_IMG_1586516128411

राहत

लघुकथा ः राहत
“आमा आज चामल र दाल ल्याउने हो नि ?” राजनले आमालाई सोध्यो ।
“खै बाट्ने भनेका हुन् क्या र मालतीले जवाफ फर्काइन् ।”
राजनलाई दाल र भात औधी मन पर्छ । दश बज्नै लागेको थियो, मालती छिमेकीले हिजो छाक टार्नलाई दिएको चामल पकाउने तयारी गर्दै थिइन् । वडा कार्यालयले राहत स्वरुप केही खाद्यान्न दिने भनेपछि उनीलाई आज वडा कार्यालयतिर जान हतार थियो ।
श्रीमाङ्को मृत्यु पछि मालतीका सुखका दिनहरू कहिल्यै फर्किएनन् । घरको छाक टार्न उनी मजदुरी गर्दथिन् तर सरकारले गरेको लकडाउनले सबै काम ठप्प थिए । अब त सबै घरका भाडाहरू खाली छन् । साँझ खाए बिहान के खाने भन्ने कुराले पिरोल्छ उनलाई ।

धनपति काका

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेको छ । लकडाउनले ज्याला/मजदूरी गर्नेहरुको चुलो बन्द भएको कयौं दिन भइसक्यो । सरकारले राहत दिने हल्ला चलाएसँगै नाम लेखाउनेहरुको तछाड–मछाड शुरु भयो । हुनेखानेले समेत आ–आफ्नो नाम लेखाएका छन् । कतिपय स्थानमा राहत बाँड्न थालेपछि झडप र हानाहान समेत भएको छ । हाम्रा गाउँका छिमेकी धनपति पसले काका पनि राहत पाउँने दौडमा सामेल भएका छन् । उनी गाउँकै धनपतिमध्येमा पर्छन् । अहिले पाको उमेरका कारण उनी मरणासन्न अवस्थामा छन् । जीवनभरि उनी धनकै लागि दौडधूप गरिरहे । जीवनको अन्तिम अवस्थामा पनि उनलाई धनकै चिन्ता थियो । अँझ, सरकारी राहत पाए हुन्थ्यो भन्ने चाहना उ

HemRajSharma

खाेट

रातभरि कामको थकाईले बिस्तारामा भर्खरै पल्टेको थिए । म्यासेजको घण्टी बज्यो । हेरेको म्यासेञ्जरमा रहेछ ।

“अतित कता हो तिमी ?” समिक्षाले म्यासेज गरेकी रहिछ । समिक्षा र मेरो कुराकानी हुन थालेको करिब २ वर्ष जति हुँदै थियो । कहिले फोन कल हुन्थ्यो भने कहिले म्यासेञ्जरमा । अँझ भन्नु पर्दा हामी दुवै एक अर्कालाई माया गर्दथ्यौ । कलेजमासँगै भेट भएको हामी दुवै ।