Skip to content

कथा

वेदान्त

आठ कक्षामा नयाँ विद्यार्थी पसेपछि सबैले मुखामुख गरेर हेरे । नयाँ विद्यार्थी पछिल्लो बेन्चमा गई टुसुक्क बसे ।

कक्षाकै हुल्यहाँ विद्यार्थी रघुले हकार्दै भने–“यो बेन्च हाम्रो हो । अर्को बेन्चमा गएर बस् ।”

नयाँ विद्यार्थी अर्को बेन्चमा गएर बसे । रघुले फेरि भने–“यो पनि मेरो साथीको बेन्च हो, अर्कोमा बस् ।”

कर्ण

एउटा असुर थियो दम्बोद्भव । उसले सुर्यदेवको अत्यन्तै ठूलो तप ग¥यो । सुर्यदेव प्रसत्र भएर प्रकट भएर वरदान माग भन्दा उसले ‘अमरत्व’ को वरदान माग्यो । सुर्यदेवले यो सम्भव छैन भने । तब उसले माग्यो कि उसलाई एक हजार दिव्य कवचको सुरक्षा प्राप्त होस् । यीमध्ये एउटा पनि कवच मात्र उसले तोड्न सकोस् जसले एक हजार वर्ष तपस्या गरेको होस् । जसै कोही यसरी कवच तोड्न सक्छ उसको पनि तत्कालै मृत्यु होस् ।

कुकुरको बुद्धि

धनराजले भोटे कुकुर पालेको थियो । सधैँ कुकुरलाई बाँध्थ्यो । कुकुर फुत्केर वरपर चहार्न चाहन्थ्यो । एक पटक त्यसले साङ्लो खुस्काएर बन्धनमुक्त हुन पायो ।

त्यो बाहिर आयो र चारैतिर दगुर्न थाल्यो । झुन्ड्याएका लुगापाटा र बारीका स–साना बोटबिरूवा चिथोर्न थाल्यो । सारा दृष्य धनराजले देख्यो । र, कुकुरलाई बोलाउँदै पक्रन दौडियो । कुकुर भाग्दै गयो ।

शिवनारायणको व्यथा

ऊ र ममा कुमार र नारायणको फरक थियो । ऊ कृषि पेशामा थियो । म भने प्रहरी सेवामा थिएँ । ऊ सप्तरीको दक्षिणी भागको यादव थियो । म उत्तरी भेगको यादव थिएँ । नाम पनि उस्तै थियो । एक समय हाम्रो मन पनि उस्तै थियो । जिल्ला एउटै भए पनि आफू बस्ने समूदाय फरक पर्दा र अपनाएको पेशा अलग हुँदा विचारमा अलिक फरक पर्दै जाँदै थियो । यद्यपि म भनेपछि शिवनारायण यादव हुरुक्क हुन्थ्यो ।

क्षतिपूर्ति

सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।

उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।

घरबेटीकी छोरी

“इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी,” भातको कुकरमा सिटि लगाउनसमेत अल्छी लाग्ने मलाई अचार-तरकालीको स्वाद चखाँउने ऊ नै त हो। आहा, कस्तो मिठो पकाउँछे; घरबेटीकी छोरीले ।

अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखैअगाडि उसले मुख कुचुक्क पार्दै हात नचाँई। सेतो दाद आएछ।

DilThapa

चरित्रहिनहरूभित्रको एउटा चरित्र

ऊ मेरो घरमा तीन दिनअगाडि आएको थिए। मसँग एक रात बिताएर गयो। आजभोलि मेरो दुख बुझ्ने पनि सुख बुझ्ने पनि ऊ नै हो। अर्थात सुदिन । सुदिनले मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी माया गर्छ। हेरचाह पनि गर्छ। मेरो मनोविज्ञान पनि बुझ्न प्रयास गर्छ। मलाई खुसी हुन सिकाउँछ । पीडाहरुलाई भुलेर हाँस्न पनि सिकाउँछ । जीवनको यथार्थ धरातलमा टेकेर जीवन जिउन पनि सिकाउँछ । कहिलेकाहीं रुन पनि सिकाउँछ। तर उसले मेरो आँसु आफ्नो हातबाट भुँईमा झर्न दिएको मलाई त्यस्तो सम्झना छैन ।

बाढी

पुल छोप्ने गरी खोला बढ्यो ।
(सबैजना आत्तिएर चिच्याइरह्या ।)
हाम्रोमा बाँध छैन नि त्यसैले
हरेक साल यस्तै त्रास छ
ब्यारेजको ढोका खोल्नु नि फेरि विस्तारवादको अनुमति चाहिने होला फेरि
निन्द्रामा पनि ऐठन हुन्छ साला
अब तमासा नदेखाऊ
बाँध बनाऊ ठीक हुन्छ, ब्यारेज खोल ठीक हुन्छ
एक वर्षमा राहत सामग्रीले जत्ति पनि पर्याप्त छ
यो साललाई भयो भयो अर्को साललाई गर सालाहरु
हेरहेर वस्ती नै बगाए जस्तो छ
पलङ, बाइक, गुन्द्री, गाइभैँसी, खतारा पार्टस,
हेर हेर मान्छे पनि थुप्रै पौडन नजान्नेहरु बगाए्
पौडन नजानेर होइन थला परेर हो
कति त निन्द्रामै थिए होलान् त्यसैले होला

दाउरे

दामा र हडिया खोलाको बीचमा रहेको मझुवा झोडामा एउटा दाउरे परिवार बस्छ। बाँसको टाटीमा माटोले लिपेको भित्ता र भित्तोमा रातोमाटो र कमेरोले पोतेको अनि बाबियोले छाएको छानोको झुपडीमा परिवारका तीन सदस्य बस्छन। झुपडी नजिकै एउटा गाईगोठ र बाख्राको खोर पनि देखिन्छ।आँगनमा कुखुरा क्याऊँ क्याऊँ गर्दे चारो खादै गरेको, गोठमा गोरु ड्वाँ ड्वाँ गर्दै डुक्रेको आवाजले ग्वाम बहादुरको दिउसोको भाते निद्रा खल्बलिन्छ।

मृत्यु उत्सव

“छोरा तँ किन सधैँ निन्याउरो देखिन्छस् ?” रघुकी आमाले दिक्क मान्दै रघुलाई मनको वह पोख्नुभयो । रघुको चेहरामा शङ्का, आक्रोश र एकोहोर्याइँदो भावको दुखद् मिश्रण छ । घरको सिकुवामा गुन्द्रीमा बसेर अगाडिका बाख्राको पाठो नाचेको देखेर ऊ पनि नाच्न चाहन्छ । निकै बेरको मौनताका कारण रघुकी आमा आखिर छेउमै आएर बस्न विवश बनिन् । दुई हात टेकेर बसेको छ । उसका खुट्टा सिकुवादेखि तल झारेको छ । छोरोको मौनता, त्यसमा पनि अनुहारको अलिअलि आक्रोशले रेखा देखिन्छन् । रघुकी आमालाई ममताको एउटा मुटु प्रेमसागरमा हालेर पस्कने चाहनाले दौडाइरह्यो ।

गाउँलेको नाटक

उदयपुरमा बेलका तरी नामको एक वन थियो । त्यस वनका उपभोक्ताहरू वरवरका गाउँलेहरू थिए । तिनै गाउँको हरिया खेतीपाती गरेर गुजारा गर्थ्यो । उसकी श्रीमती प्याकुलीसँग ठाकठाकठुकठुक परिरहन्थ्यो ।

हर्दमको लोग्नेस्वास्नीको रडाकोले गाउँलेहरू आजित थिए । उनीहरूले हरियाको परीक्षा लिने विचार गरे । सके उसलाई सुधार्ने नसके पनि अत्याउने भनेर कामको विभाजन गरे ।

पुरुषार्थी

आँगनमा टन्नै भरिभराउ मान्छे । चोटा, कोठा, बार्दली सबै पाहुनाहरुले भरिएका । पञ्चे वाजाको झ्याँई झ्याँई । कोही नाचिरहेका, कोही गीतमा ताल मिलाइरहेका, कोही खाइरहेका । चिनिमायालाई फुर्सदै छैन । पाहुना, आउने जाने इष्टमित्र स्वागत सत्कार आदि ईत्यादि ।

आज हरिकृष्ण अर्थात चिनिमायाको लोग्नेको विवाह तर चिनिमायाको होइन । चिनिमायाको त छ साल पहिले नै बिहे भएको । वावुआमाले मनले खाएको त्यही हरिकृष्णसँग ।

ओझेल

सपनाको भट्टीनजिकै पुगेपछि प्रायः सबै तन्नेरी र वृद्धहरूको आँखा पनि टक्क अडिन्थ्यो । चाहे सद्भावनाले होस या प्यासले । नअडियोस् पनि किन सपना अति सुन्दर मानौँ परीजस्तै थिई । गोरो बाटुलो बान्की परेको अनुहार थियो । रगत चुहिएलाजस्तै थिए दुवै गालाका पाटाहरू, आँखाहरू त्यस्तै ठुलाठूला सुन्दर थिए । अनारको दानाहरूझैँ मिलेका दाँतहरू थिए । पुष्ट छाती, हलक्कै बढेको शरीर उसको आकृति हेरेपछि धित मार्न सबैलाई हम्मेहम्मे नै पर्थ्यो ।

धुम्रपान मुक्त नगर

लघुकथाः धुम्रपान मुक्त नगर

धमाधम गरेर कान्ताले लुगामा आइरन गरेर तयार पारिदिइन् । दयारामले हतारहतार चिया नास्ता गरे । लुगा फेर्दै चुरोट तान्न खोजेको चुरोट सकिएको ता उनलाई बल्ल पो थाहा भो ।
“ए सपना !” काम गर्ने केटीलाई कराए । तुरुन्त हाजिर भई ।
“जा त, चुरोट किनेर ले सकिएको रहेछ ।” आदेश अनुसार केटी दोकानतिर लागी ।
भुराभुरीलाई चुरोट खैनी किन्न बेच्न नपाइने सरकारी नियमलाई उनले दोकानेसँग सम्झौता गरेका छन् उनी ता जनप्रतिनिधि न हुन् । नियम भनेको त सर्वसाधारणलाई न हो । यसैले दयारामकोमा काम गर्ने सानी केटी सपनालाई दोकानेले अलिक लुकाएर चुटोट दिने गरेको छ ।

RajKamal1

खुट्टा (अनुदित लघुकथा)

बस बिसौनी मा बसिरहेकी त्यो नवविवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई । अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो-मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।

NavinKafleAbhi

गैरी खेत

“ए हरि, त्यो बिउ फाल् त, यता मेरो मेलो पछाडि परिसक्यो,” ठुल दिदी माथिल्ला गडाबाट कराइन्।

जेठको २५ लागिसकेको थियो। वर्षाले त्यो वर्ष समयमै किसानहरुलाई उर्जा प्रदान गरिदिएको थियो। गाउँभरिको मुलघर प्रधान ठुला-बाको थियो त्यसपछि हाम्रै घर थियो। मेरा बा गाउका मुखिया थिए। मुखियाको रोपाइँ भएर होला सायद त्यो बेलामा गाउँभरिका प्रत्येक घरबाट एक जनाका दरले रोप्नेरी पठाई दिने चलन थियो।

प्रियसी को डायरी भाग – १

सँगै रहेको मोवाईलमा अचानक हिन्दी गीत वज्यो, तेरे साथ विना…..

सधैँ साईलेन्ट हुने मोवाईलमा अचानक गीत वज्दा तर्सिएँ । वहिनी हरुले मोवाईल चलाँउदै थिए गीत वज्ने वनाइदिएछन् । मोवाईल हातमा लिएँ टचस्क्रिनमा उही नाम थियो कोड भाषामा उल्लेखित उही नाम जुन नाम देख्नासाथ मुटुको गति अचानक बढ्छ स्वास रोकिएला जस्तो लाग्छ ।

बहिनीलाई मोवाईल जिम्मा दिएँ भन्दे दिदी बाथरुम गाकी छे । बहिनीले आदेश पुरा गरी ।