Skip to content

भाषा/साहित्य समीक्षा

आत्मपरकताको उत्कृष्ट नमुनाः निबन्ध विशेषाङ्क

  • by

निबन्ध साहित्यकै कान्छो विधा हो, आत्मपरकता झनै कान्छो होला । सिर्जनात्मक लेखनमा सबभन्दा गाह्रो लेखन आत्मपरक निबन्ध लेखन नै हो । हुन त लेख्नेहरूले आत्मपरकताका नाममा प्रशस्तै लेखेका देखिन्छन् तर मनमुटु छोएर मनै जित्ने रचना लेखिएका कमै देखिएलान् । एक त अनुभवको क्षितिज वृद्ध नभई निबन्ध लेखिँदैन ।

नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू

  • by

वि.सं. २००२ सालमा समालोचनाको सिद्धान्त लेख्तै गर्दा यदुनाथ खनालले नेपाली साहित्यमा जस्तो उपन्यासले स्थान लिन नसकेको देखेका थिए तर आज ६५ वर्षपछि उनी भइदिएका भए पक्कै पनि भन्ने थिए होलान् नेपाली साहित्य पढ्नु भनेको उपन्यास पढ्नु भएको छ । हो, आजभोलि साहित्यका पाठक भनेका उपन्यासका पाठक भन्ने कुरा स्थापित हुन थालेको छ ।

नेपाली निबन्धमा आत्मपरकताको सन्दर्भ

  • by

सिर्जनात्मक अभिव्यक्ति हृदय र मस्तिष्कसँग जोडिएको हुन्छ । हृदयसँग जोडिएको अभिव्यक्ति आत्मपरक वा व्यक्तिनिष्ठ (SubjectÈve) हो । मस्तिष्क या बुद्धिपक्षसँग जोडिएको अभिव्यक्ति परात्मक वा वस्तुनिष्ठ (ObjectÈve) हो । व्यक्तिगत अनुभूतिको प्रत्यक्षीकरणमा आत्मपरकता वा व्यक्तिनिष्ठता (SubjectÈvÈty) हुन्छ भने वस्तुगत तटस्थीकरणमा वस्तुनिष्ठता या वस्तुपरकता आउँछ । साहित्यिक अभिव्यक्ति यी दुवै पक्षसँग सम्बन्धित हुन्छ ।

नेपाली आत्मपरक निबन्धको विश्लेषण

  • by

निबन्ध साहित्यको कान्छो विधा हो । गद्यशैलीमा आधारित यस विधाको आगमनसँगै साहित्यस्रष्टाहरू आफ्नो लेखनको उद्दे्श्य, शैली र औचित्यबारे खुलस्त हुन थालेका हुन् । यथार्थमा निबन्ध लेखन लेखकीय कसीका रूपमा परिचित छ ।

नेपालभाषाका निबन्ध र केही निबन्धकार

  • by

लिच्छविकालीन नेपालका २०० वटा जति शिलापत्रमा भेटिने २४८ वटाजति असंस्कृत शब्दहरू नेपालभाषामा अद्यापि प्रयुक्त र व्यवहृत भएका पाइनाले त्यतिखेर नेपालभाषा प्रचलित भइरहेकोको सङ्केत मिल्छ । धेरै वर्षको अन्तरालपछि ने.सं. २३५ वि.सं. ११७२ ओकुबहाल पाटनको एक ताडपत्राभिलेखमा तद् विहारको गुठी सम्बन्धि नियम नेपालभाषा गद्यमा लेखिएको पत्तालागेको छ ।

सम्झनाः निबन्धसङ्ग्रहमा पहिलो

  • by

नेपाली साहित्यमा निबन्ध/प्रबन्धको सुरुवात भैरव अर्यालले भनेझै भएको देखिन्छ । उनका अनुसार नेपाली निबन्धको इतिहास पनि नेपाली पत्रपत्रिकाको इतिहाससँगै जोरिएर सुरु भएको छ । निबन्ध वा प्रबन्धको नाम नलिएर पनि गोरखापत्रका प्रारम्भिक वर्षहरूमा र सुन्दरी एवं माधवीमा गद्यमा चाखलाग्दा टुक्राहरू प्रशस्त पाइन्छन्, वा पूरै अंशमा निबन्ध भन्न सकिने गद्यांश चन्द्रिकामा शम्भुप्रसाद ढुङ्गेलले नै लेख्नुभएको देखिन्छ र नेपाली साहित्यमा निबन्ध एक सिंहावलोकन, साझा निबन्ध, २०३० ।

निबन्धका प्रकारः सैद्धान्तिक स्वरूपमा

निबन्ध शब्द अङ्ग्रेजी Essay शब्दको नेपाली रूपान्तर हो । संस्कृतको ‘बन्ध’ धातु धञ् प्रत्यय लागेर ‘बन्ध’ शब्दको व्युत्पादन हुन्छ र त्यही ‘बन्ध’ शब्दमा संस्कृतकै ‘नि’ उपसर्ग लागेपछि ‘निबन्ध’ शब्दको व्युत्पादन हुन्छ । निबन्ध तत्सम शब्द हो र यसले बाँध्नु भन्ने अर्थ दिन्छ । अङ्ग्रेजी Essay शब्दले पनि छरिएर रहेका भावहरूलाई एकै ठाउँमा बाँध्नु भन्ने अर्थ दिन्छ । साहित्यका सन्दर्भमा यो अर्थ साभिप्राय पनि देखिन्छ ।

विदेशमा नेपाली भाषा र साहित्य

  • by

नेपाली भाषा र साहित्यका क्षेत्रमा वि.सं. २०६६ चैत ५-९ मा आयोजित ‘अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन’ अत्यन्त महत्त्वपूर्ण र उपलब्धिमूलक सम्मेलनका रूपमा सम्पन्न भएको छ । त्रिमूर्ति निकेतनद्वारा स्थापित ‘लक्ष्मीप्रसाद देवकोटा शतवाषिर्की समारोह समिति’ले ‘महाकवि देवकोटा शताब्दी महोत्सव’ भव्यरूपमा मनाउनेक्रममा वर्षको अन्त्यतिर सम्पन्न भएको यो सम्मेलन नेपाली भाषा-साहित्यको इतिहासमा ‘कोशेढुङ्गा’को रूपमा स्थापित हुनेछ ।

शिशिरमा फुलेको गुराँस, आधुनिक र उत्तरआधुनिक समालोचनाका पाटामा

  • by

आधुनिक र उत्तरआधुनिक समालोचनामा के फरक छ ? डा. युवराज सङ्ग्रौलाद्वारा लिखित ‘शिशिरमा फुलेको गु्राँस’ (२०६४/२००८) नामक उपन्यासको समीक्षामा त्यस कुराको स्पष्टीकरण वाञ्छनीय छ ।

मगर भाषा साहित्यको वर्तमान अवस्था

  • by

हरेक समुदायको पहिचानको प्रमुख माध्यम भाषा हो भन्ने कुरामा कसैको विमती हुन सक्दैन । मगरजातिको भाषाहरूमा पाल्पादेखि पूर्वी भेकका मगरहरूले मगर ढुट (भाषा) बोल्ने गर्छन् भने पाल्पादेखि पश्चिम भेगका रुकुम, रोल्पालगायत आथार मगरात क्षेत्रका मगर खाम-पाङ बोल्ने गर्छन् र डोल्पाको सहरतारा, टुपतारा र ताराकोट गाउँका मगरले मगर काईके बोल्ने गर्छन् । कतिपय ठाउँका मगरहरूले भने राज्यको दबाब र विभेदका कारण ३ वटै मगर भाषा बोल्दैनन् ।

‘मनका तूलिकामा स्मृतिका बिम्ब’का समष्टिचेत नियात्राकार

  • by

सीमा र परिसीमनले अथाह यथार्थलाई अल्पीकृत गर्ने भएकाले सम्भावनाको सकारात्मक विस्तारणमा शाश्वत जीवनको सुख अन्तर्निहित छ । सुधिजन र यायावरहरूको नवदिशीय परिभ्रमण र नियात्राले यस्तै परिसूचकको जानकारी दिने गर्दछ । थल, जल र आकाशपरक यातायात र सञ्चार प्रविधिले व्यावहारिक जीवन साँगुरिएकोले सङ्क्षेप तया सबै जना धेरथोर विश्वग्रामका वासिन्दा बनेको देखिन्छ ।

आभाको छोटो आयु र साहित्यिक योगदान

  • by

२०२६-०२७ सालतिर काठमाडौँबाट निकै नै साहित्यिक पत्रपत्रिकाहरू विनादर्ता समसामयिक सङ्कलनका रूपमा प्रकाशित हुने गर्थे । त्यतिखेर पत्रपत्रिका दर्ता प्रक्रिया कठिन भएर पनि यस्तो प्रवृत्ति भएको हो । अर्को कारण समसामयिक पत्रिकाहरू विज्ञापनको अवसर छोप्न पनि बढी लालायित देखिन्थे । अक्सर यसको बाढी चाडपर्वमा देखिने गरिन्थ्यो । केही सामयिक सङ्कलकहरू स्तरीयरूपका भए पनि अधिकांशचाहिँ विज्ञापनरूपी हुने भएकाले स्तरीयताको नामोनिसान हुने थिएन । यिनै कारणले गर्दा तत्कालीन सरकारले समसामयिक पत्रपत्रिकामाथि रोक लगायो । त्यतिखेर प्रकाशित स्तरीय र गहकिला पत्रपत्रिकाहरूका सम्बन्धमा केही चर्चा गर्नु आवश्यक देखिन्छ । यसक्रममा ‘आभा’ मासिक पत्रिकाबाट चर्चा गर्ने उद्देश्य लिएको छु ।

महिलालेखन र नारीवादी नेपाली उपन्यास

साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् ।

TankaPrasadNeupane

हङकङेली नेपाली भाषा र साहित्य

  • by

अहिलेका लोकतान्त्रिक युगमा संसारभरि सबै किसिमका एकल पहिचान, एकल चिन्तन, एकल दर्शन, एकल शासकीय राजनीति वा एकल अस्तित्वको अन्त्य भएका लहरले अवशिष्ट क्षेत्रहरूलाई पनि छोइसकेको छ । हरेक समाजमा शुद्धतावाद प्रतिगामी हुन्छ, यसले पुरातनमार्गतिर मानवीय सभ्यतालाई तान्दै अग्रगमनतिर जान रोक्छ । विविधता नै प्रकृति हो। सयौँ किसिमका चराचुरुङ्गीहरूका कलरवले, रङ्गीचङ्गी वनकुसुमले नै वनजङ्गलको छटा आच्छादित हुन्छ । उन्नत समाजको प्रकृति पनि विषमरूपी हुन्छ । यहाँ बाहुन, छेत्री, लिम्बू, राई, मगर, नेवार, सुनुवार, तामाङ जस्ता सयौं थुङ्गाबाट नेपाली समाजको माला बुनिएको छ । यी सबैको आफ्नो पहिचान हुँदाहुँदै पनि यिनीहरूका समष्टिबाट एउटा देश बन्छ, नेपाल बन्छ, बनेको छ । नेपाली आफैंमा एउटा मौलिकपन हो । जहाँ विभिन्न जात, जाति, जनजाति, रहन्छन्, त्यहीं नेपाली मौलिक परिचयले बाँचेका हुन्छन् । यस्तै बहुलवाद र बहुकेन्द्रबाट देशको निर्माण हुन्छ । हङकङेली नेपाली समाज पनि लाग्दछ, नेपाल जस्तै बहुजाति, बहुसंस्कृति र बहुभाषाबाट बनेको एउटा विषमरूपी समाज हो ।

प्रयोग र साहित्य

  • by

साहित्यमा प्रयोगको स्थान, उपस्थितिलाई लिएर एकथरिका साहित्य समालोचकहरू हिलो छ्यापिरहेछन्, वितण्डता मच्चाइरहेछन् । उनीहरू प्रयोगको प्रवेशलाई जर्मनको पर्खाल उभ्याएर निषेधको चेष्टा गरिरहेछन् । जर्मनको पर्खाल त ढलिसक्यो तर यी एकथरिका समालोचकहरूको दिमागी पर्खाल भने अझ ढलेको छैन, यथावत नै छ । कति दुःखलाग्दो ! हास्यास्पद पनि । कुपमण्डूकजस्तो उनीहरू आत्मलाप गाएर बस्छन्, कुप बाहिरको संसार देख्न अस्वीकार गर्छन् ।

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र [गजल संवन्धित बहसको नियमित स्तम्भ ]

अरवीक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवि रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको नेपाली गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो ।

साहित्य र संगीत

मान्छेको मन सबै भन्दा धेरै संगीत र साहित्यमा अडेको छ नारायण गोपाल का गीत होस या लाक्पा शेपाको झस्केर दुख्छ यो मुटु मेरो.. होस सदावाहार रुपमा अहिले पनी उतिकै सुन्नमा आउछ जसको कुनै अन्त छैन त्यस्तै जब मनमा भक्कानो फुट्छ अनी संगीत को सहाराले केही हद सम्म टाल्ने गर्छन मानिसहरु त कतिले साहित्य मा रुमल्लिएका हुन्छन प्रेमिकाका गन्थन रच्नको लागि l

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

आज भोलि गजल लेखनको एउटा लहर नै चलेको छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन ।

पाश्चात्य साहित्यमा नीतिपरक काव्यविधानको प्रयोजन

  • by

प्राचीन युनानी सभ्यताकालदेखि नै काव्यलाई धार्मिक सिद्धान्तसँग जोडेर धर्म-प्रचार वा मानव-कल्याणको साधन मान्दैआएको पाइन्छ । साहित्य वा कलाका सम्बन्धमा पश्चिमी जगत्मा विभिन्न सम्प्रदाय र मतमतान्तर पाइन्छन् । सभ्यताको विकासका साथै मानव विचार र दृष्टिकोणमा परिवर्तन आउनु स्वभाविक मानिन्छ ।

एक सुन्दरी च्यामिनीप्रतिको सिर्जनात्मक अनुराग

  • by

मान्छे मान्छे बीचको वर्णभेद, विभेद र श्रेणीकरण सामाजिक जीवनको सर्वाधिक कुरूप कुरीति हो । आस्थागत र नैतिकरूपमा जेसुकै भए पनि पूर्वीय दर्शनको कतिपय सुन्दरतालाई यसले प्रभावित गर्दछ । एक्काइसौँ शताब्दीमा समेत दक्षिण एसियाली परिवेशमा जातिवादका जुन दुष्परिणाम छन् त्यसले भविष्यको लामो कालावधि अझै ग्रस्त हुने लक्षण छ ।