Skip to content

भाषा/साहित्य समीक्षा

वर्ण विन्यासः पदयोग र पदवियोग

  • by

वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । लेख्य भाषाका आफ्नै विशेषताले गर्दा लेखाइमा अनेक त्रुटि हुनु, प्रयोक्तालाई कठिनाइ पर्नु स्वाभाविक हो । यी कुराहरूप्रति सचेत हुनु सम्बद्ध पक्षको जिम्मेवारी हो । भाषाको आधुनिकीकरण र मानकीकरणको प्रयास सँगसँगै हुनु वाञ्छनीय छ । भाषालाई सबल र गतिशील बनाउन यस्ता प्रयास निरन्तर हुनुपर्छ । नेपाली वर्ण विन्याससम्बन्धी मान्यता सबैका लागि स्वीकार्य र सरल हुनुपर्छ ।

देवकोटालाई “महाकवि” दिने ईश्वर बराल थिए

  • by

१९८० सालको कात्तिक ९ गते सिराहा जिल्लाको बस्तीपुर गाउँमा जन्मेका ईश्वर बरालको वास्तविक नाउँ लीलानटेश्वर बराल हो । पिता पं. देवीरञ्जन बराल तथा माता भुवनेश्वरीदेवी बरालका सुपुत्र ईश्वर बरालका एक छोरा किरण र दुई छोरी ज्योति र द्युति छन् ।

गजलमा प्रयोग हुने बहरको बारेमा छोटो चर्चा – २

यसअघि नै यसै मझेरी डट कमबाट गजलका २१४ ओटा बहरको सूत्र नमूना (गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी”) प्रकाशन भैसकेको छ । मझेरी डट कमको लेखक-सूचीभित्र प्रवेश गरेर गोर्खे साइँलोको लेख अध्ययन गर्नुहुन र यी तल दिइएका थप ४० ओटा सूत्रसमेतको अध्ययन गर्नुहोला । केही पुराना हिन्दी उर्दू र फारसीका पुस्तकहरू उपलब्ध नभएर यहाँ पनि पुरा हुन सकेको छैन । पृय पाठकवर्गले झन्झट नमानीकनै यो मझेरी डटकम हेर्दै रहेमा एकदिन अवश्य पुरा हुनेछ ।

हाई ! हाई !! अङ्ग्रेजी

  • by

६०-६५ वर्षअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाले अङ्ग्रेजी भाषाको चर्को मागका विषयमा एउटा टिप्पणी गरेका थिए- ‘अङ्ग्रेजी पढ्नेलाई कुलिनका छोरी छन्, बाबुसाहेबका घरमा मेच, स्कुलमा छडी, कलेजमा गाडी, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ अङ्ग्रेजी !

महाकवि देवकोटा चित्रकला महोत्सव

  • by

विश्वका नामुद कलाकारहरूले व्यक्तिचित्र बनाएर ख्याति कमाएका छन् । यसक्रममा लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको व्यक्तिचित्र अहिलेसम्म पनि सर्वाधिक चर्चित रहेको छ । हाँसो र आँसुको सङ्गमको रूपमा रहेको उक्त चित्र पेरिसको लुभ्रमा छ । बर्सेनि लाखौँलाख कलापारखीहरू लुभ्र पुगेर मोनालिसा अवलोकन गर्छन् ।

महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद

  • by

मान्छे होस् या प्राणी, मृत्यु कसैको पनि सुखद हुँदैन । हाम्रो हिन्दू संस्कारअनुसार पनि अग्रज वा आफन्तजन मृत्युको दिनलाई शोकको रूपमा लिइन्छ । मृत्यु र त्यसपछिको एक वर्ष चोखोनितो भई बरखी बारेर मृतदेह (मृतआत्मा होइन, किनकि हिन्दू धर्मग्रन्थहरूका अनुसार आत्मा मर्दैन)प्रति सम्मान प्रकट गर्ने गरिन्छ ।

नेपाली साहित्यमा बेलायती सक्रियता

  • by

वर्षदेखि बेलायत बस्दै आइरहनु भएका हरिसिंह थापा यतिखेर नेपाल आउनुभएको छ । देशविदेश धाउने र आवतजावत गर्नेहरूको उल्लेख गरिरहन आवश्यक छैन । तर हरिसिंह थापा जस्ता मान्छेहरू आवतजावत गरेको पनि उल्लेख गर्नुपर्ने हुन्छ । देशको लिएर भन्दा देशलाई दिएर जान सक्नेहरू नै उल्लेख गर्न लायक हुन्छन् ।

महाकविः अमेरिका र वेद मेहता

  • by

सन् २००२ को कुनै महिना वाशिङ्गटन डी.सी.को जर्ज टाउनमा अवस्थित वर्निस एण्ड नोवल पुस्तक गृहमा भारतीय अमेरिकी लेखक वेद मेहतासँग भेट गर्ने अवसर जुरेको थियो । उनको नव प्रकाशित पुस्तकको बजारका लागि पुस्तकाश पढ्ने सिलसिलामा । कार्यक्रम सकिएपछि मैले उनीसँग कुरा पनि गर्ने अवसर पाएँ । मैले आफ्नो नाम बताएर म नेपाली हुँ भन्ने बित्तिकै उनले मेरो हात समातेर भने- ‘मैले नेपालको महाकवि देवकोटालाई भेटेको छु । उनको बारे पुस्तकमा लेखेको पनि छु । ‘

कालजयी खण्डकाव्यः मुनामदन

  • by

नेपाली काव्य साहित्यमा स्वच्छन्दतावादी भावधारालाई प्रवेश गराउने महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) को ‘मुनामदन’ खण्डकाव्यलाई सबैभन्दा बढी मन पराइएको कृतिको रूपमा लिने गरिन्छ । उनका ‘लुनी’, कुञ्जिनी, ‘म्हेन्दु’ आदि अन्य खण्डकाव्यहरू पनि उत्कृष्ट र पठनीय छन् तर पनि यी खण्डकाव्यहरूका तुलनामा नेपाली समसामयिक समाजको समग्र पक्षको स्वच्छ चित्रण एवं देश, काल र वातावरण सम्बद्ध यथार्थको प्रकटीकरण जति र जुन मात्रामा ‘मुनामदन’ मा पाइन्छ, त्यति उनका अन्य खण्डकाव्यमा पाउन सकिँदैन ।

‘पागल’को परिमार्जन र महाकविप्रति मनपर्दी !

  • by

महाकवि देवकोटा आफ्नो लेखनलाई परिमार्जित गर्ने, परिष्कार गर्ने कुरामा सहमत हुँदैनथे । लक्ष्मी निबन्धसङ्ग्रहको ‘श्रीगणेशायनमः’ शीर्षक निबन्धमा उनी भन्छन्- “म कुनै शैलीका निम्ति लेख्तिन… मन जसरी डुल्यो जस्तोझुल्काझुल्की फेला पर्यो उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत प्रयासले मनुष्यको कला बिग्रन्छ । … म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् ।

देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति

  • by

देवकोटाको शतवाषिर्की समारोह उत्साहपूर्वक देशमा मनाइँदै छ । विश्वमा नेपालीलाई चिनाउने श्रद्धेय कवि हुन् देवकोटा । असङ्ख्य कृतिहरूका स्रष्टा, अद्वित्तीय काव्यप्रतिभाका धनी प्रकृति र विद्रोहका कवि महाकवि देवकोटा हाम्रा गौरव हुन् ।

महाकवि विषयमा मेरो विद्यावारिधि

  • by

वि.सं. २०३१ साल चैतमा मित्र वासुदेव त्रिपाठीको लामो भूमिकासहित मेरो महाकवि देवकोटा र उनका महाकाव्य सहयोगी प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो । त्यतिबेला म त्रि-चन्द्र क्याम्पसमा पढाउँथेँ । मेरो औपचारिक शिक्षा संस्कृतमा दर्शनशास्त्री, अङ्ग्रेजीमा बी.ए. र नेपालीमा एम.ए. थियो । खास गरेर एस.एल.सी. कोर्स पढ्न सुरू गर्दा अर्थात् वि. सं. २०१५ सालतिर कोर्समा समाविष्ट महाकवि देवकोटाका दुई कविता ‘यात्री’ र ‘मार्ग’ पढेपछि म देवकोटाप्रति निकै आकषिर्त हुन थालेको थिएँ ।

महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो

  • by

नेपालका अधिनायक शासकहरूले यहाँका स्रष्टाहरूप्रति देखाएको व्यवहार, स्रष्टाहरूप्रतिको कठोरता, असहिष्णुता आदिका अनेक उदाहरणहरू हाम्रा अगाडि छन् । मकैको खेती लेखेबापत कृष्णलाल अधिकारीले जेलमै प्राण विसर्जन गर्नु परेको थियो । धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवालीले लामो अवधिसम्म निर्वासित भएर रहनु परेको थियो । सोमनाथ सिग्देल, शम्भुप्रसाद ढुङ्गेल, बाबुराम आचार्य, चित्तधर हृदय, चक्रपाणी चालिसेदेखि यता आएर स्रष्टा दमनको लामो शृङ्खलाले लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, चन्द्रमान मास्केसम्म पुगेर कठोर निरङ्कुशताको अरू अनेक नमुनाहरू प्रस्तुत गरेको थियो ।

देवकोटाद्वारा रचित विश्वसाहित्य ‘शाकुन्तल इपिक’

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटा साहिँलो छोरो हुनुहुन्थ्यो । उहाँको जेठो दाजु लेखनाथ देवकोटा ‘जिन्सीअड्डा’ भन्ने सरकारी कार्यालयमा काम गर्नुहुन्थ्यो । त्यो अड्डको मुख्य काम नेपालबाट विदेशतिर वस्तुहरूको निकासी र पैठारी गर्ने जिम्मा पाएको थियो । त्यो अड्डाको मुख्य हाकिम अर्थात् आजको भाषामा डाइरेक्टर जनरल प्रधानमन्त्री चन्द्रशमशेरको साहिँलो छोरो केशरशमशेर जङ्गबहादुर राणा थिए तर मैले बाल्यकालमै थाहा पाएअनुसार तिनी कहिल्यै पनि जिन्सी अड्डामा हाजिर भएनन्, अड्डाका हाकिम र सबै कर्मचारीहरू निजको घर केशरमहलमा सातामा एकपटक जाने गर्दथे ।

लेखनमा इर्ष्या

  • by

दाजुको नाम पत्रिकामा छापिएको देखेपछि लेख्न हौसिने कृष्णचन्द्र सिंह प्रधानको सह-लेखनमा सँगै यात्रा गर्ने टुकुराज पद्मराज मिश्रको सन्दर्भ जोड्दा पनि हुने सम र पुष्कर शम्सेरलाई सम्झँदा पनि हुने । मातृका

नेपाली साहित्यः हिजो, आज र भोलि

  • by

नेपाली साहित्यका विविध विधाका सम्बन्धमा इतिहास खोज्ने, तिनीहरूको वर्तमान अवस्था केलाउने र ‘बिहानीले नै दिउँसो कस्तो होला भन्ने सङ्केत देखाउँछ’, भनेझैँ यसैका आधारमा भोलिको अनुमानित मूल्याङ्कनको आकलन गर

प्रभु, सर्कार, तपाईं, तिमी र तँ

  • by

बङ्गालको विभाजन भएर भारत र पाकिस्तानबीच बाँडिएको भन्दा ठीक वर्ष दिन पहिले ब्रिटिस सरकार मातहत बङ्गाल एउटा प्रदेश थियो । सन् १९४६ अगष्टतिर बङ्गालका मुख्य गभर्नर एच.

गजलको चुलिँदो लगाव

दक्षिण एसियाली मुलुकहरूको तेस्रो सार्क सम्मेलन नेपालमा आयोजना हुँदा कार्यक्रमको थालनीमा दीप प्रज्ज्वलनलगत्तै गजल वाचन भएको थियो। त्यतिवेला गजल सुन्नेहरूमा सार्क मुलुकका तत्कालीन राष्ट्रप्रमुखहरू बेनजी

गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी

नेपालमा गजलको सुरुआत विकास र प्रवाहलाई नियाल्दा वि.सं. १९४० को दशकतिर एउटा नयाँ र अनौखा काव्य विधाकोरुपमा युवा कवि मोतीराम भट्टले नेपालमा प्रवेश गराएका गजललाई सबै नेपाली कवि एवम् साहित्यकार स्रष्टाहरूले गजल लेखन कार्यको थालनी गरेको देखिन्छ । उक्त समयमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्ग्याल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुँसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा गजलविधालाई सहजरुपमा स्वीकार गरेको पाइन्छ । त्यसैको उपज नै आज पनि नेपाली साहित्याकाशमा गजल निकै लोकपृय बनेकॊ छ भनेर भन्दा त्यति अतियुक्ति नहोला । हुन त गजलसँग सम्बन्धित कुनै पनि लेख रचनाहरूकोसुरु गर्दा यिनै शब्दहरू पटक-पटक दोहोरिने गर्दछ । तापनि विगतका गजल इतिहास सम्बन्धी लेख-रचनाहरू र वर्तमानको धरातलमा उभिएर हेर्दा युवा कवि मोतीराम भट्टले त्यतिखेर वनारसबाट नेपाल आएर धेरैथरि साहित्यिक आयामहरूको थालनी गरेको देखिन्छ । तरपनि विशेषतः रुपमा फस्टाउँदै गएका काव्यहरूमा भने कवितासँगै गजललाई नै प्रथम स्थानको शिखरमा पुर्याएको पाइन्छ । मोतीराम भट्ट र मोतीमण्डलीको समयावधि वि.सं. १९४० को दशकबाट १९९६ सम्म चलेको पाइन्छ । जुन समयलाई अग्रजहरूले कालखण्ड भन्ने गरिएकॊ पाइन्छ । यो समयको अन्तरालमा गजलका कृतिहरू प्रकाशनतर्फ नियाल्ने हो भने त्यस समयको समसामयिक र सामुहिक परिवेशमा प्रकाशित भएको एउटामात्र कृति सङ्गीत चन्द्रोदय वि.सं. १९६९ सम्मको नै प्रथम गजल सङ्कलित कृति हो ।

त्यस समयमा प्रकाशन भएको उक्त सङ्गीत चन्द्रोदय नामक कृतिमा मोतीराम भट्टदेखि शम्भुप्रसाद ढङ्ग्यालसम्मका गजलहरू समावेश गरिएको पाइन्छ । त्यसपछि भने वि.सं. १९९३ मा आएर अर्थात २४ बर्ष पछि मात्र भीमनिधि तिवारीले बयासी र बीस गजल मेरी नामक गजलसङ्ग्रह प्रकाशनमा ल्याएपछि उपेन्द्रबहादुर जिगरले एक सय एक गजल नामक गजलङ्ग्रह वि.सं. १९९६ तथा नेपाली शिक्षा परिषद् काठमाण्डौँद्वारा प्रकाशनमा ल्याइएको मोतीराम भट्टका गजलहरू २०३८ पाइन्छ जुन नेपाली शिक्षा परिषद् काठमाडौँले प्रकाशनमा ल्याएको देखिन्छ । त्यस पछिका दिनमा नेपालमा विभिन्न गजलकार कविहरूले प्रसस्तै गजलसङ्ग्रह प्रकाशनमा ल्याएका हुन् । आजको गजलयुगमा आईपुग्दा नेपालमा यतिधेरै गजलका पुस्तकहरू बाहिर आएकाछन् कि ति सबै गजलसङ्ग्रहका पुस्तकहरूलाई यो पङ्तिकारले लिपबिद्ध गर्न असमर्थ छ । यसरी दिनानुदिन लोकपृयता बढदै गएको गजललाई जानिफकारहरूले पत्र-पत्रिका एवम् ऐतिहासिक आलेखहरूमा उल्लेख गरे अनुसार गजललाई दुई किसिममा वर्गीकरण गरिएको पाइन्छ ।

डडेलधुराली लोकसाहित्यमा धमारी

  • by

धमारी शब्दको व्युत्पत्ति धमार+ई बाट भएको देखिन्छ । धम+आरबाट व्युत्पन्न भएको धमारी शब्दमा धमले एक किसिमको आवाजलाई सङ्केत गर्छ भने धमार शब्द सङ्गीतशास्त्रमा निकै प्रचलित शब्दको रूपमा रहेको पाइन्छ । धमारी शब्दले एक किसिमको गेयात्मक रागलाई बुझाउँछ भने लोकप्रचलनमा धार्मिक तथा अन्य विभिन्न उत्सव तथा पर्वहरूमा गाइने गीत विशेषलाई पनि सङ्केत गर्दछ ।