वर्ण विन्यासः पदयोग र पदवियोग
वर्ण विन्यास लेख्य भाषासँग सम्बन्धित विषय हो । लेख्य भाषाका आफ्नै विशेषताले गर्दा लेखाइमा अनेक त्रुटि हुनु, प्रयोक्तालाई कठिनाइ पर्नु स्वाभाविक हो । यी कुराहरूप्रति सचेत हुनु सम्बद्ध पक्षको जिम्मेवारी हो । भाषाको आधुनिकीकरण र मानकीकरणको प्रयास सँगसँगै हुनु वाञ्छनीय छ । भाषालाई सबल र गतिशील बनाउन यस्ता प्रयास निरन्तर हुनुपर्छ । नेपाली वर्ण विन्याससम्बन्धी मान्यता सबैका लागि स्वीकार्य र सरल हुनुपर्छ ।

नेपालमा गजलको सुरुआत विकास र प्रवाहलाई नियाल्दा वि.सं. १९४० को दशकतिर एउटा नयाँ र अनौखा काव्य विधाकोरुपमा युवा कवि मोतीराम भट्टले नेपालमा प्रवेश गराएका गजललाई सबै नेपाली कवि एवम् साहित्यकार स्रष्टाहरूले गजल लेखन कार्यको थालनी गरेको देखिन्छ । उक्त समयमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्ग्याल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुँसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा गजलविधालाई सहजरुपमा स्वीकार गरेको पाइन्छ । त्यसैको उपज नै आज पनि नेपाली साहित्याकाशमा गजल निकै लोकपृय बनेकॊ छ भनेर भन्दा त्यति अतियुक्ति नहोला । हुन त गजलसँग सम्बन्धित कुनै पनि लेख रचनाहरूकोसुरु गर्दा यिनै शब्दहरू पटक-पटक दोहोरिने गर्दछ । तापनि विगतका गजल इतिहास सम्बन्धी लेख-रचनाहरू र वर्तमानको धरातलमा उभिएर हेर्दा युवा कवि मोतीराम भट्टले त्यतिखेर वनारसबाट नेपाल आएर धेरैथरि साहित्यिक आयामहरूको थालनी गरेको देखिन्छ । तरपनि विशेषतः रुपमा फस्टाउँदै गएका काव्यहरूमा भने कवितासँगै गजललाई नै प्रथम स्थानको शिखरमा पुर्याएको पाइन्छ । मोतीराम भट्ट र मोतीमण्डलीको समयावधि वि.सं. १९४० को दशकबाट १९९६ सम्म चलेको पाइन्छ । जुन समयलाई अग्रजहरूले कालखण्ड भन्ने गरिएकॊ पाइन्छ । यो समयको अन्तरालमा गजलका कृतिहरू प्रकाशनतर्फ नियाल्ने हो भने त्यस समयको समसामयिक र सामुहिक परिवेशमा प्रकाशित भएको एउटामात्र कृति सङ्गीत चन्द्रोदय वि.सं. १९६९ सम्मको नै प्रथम गजल सङ्कलित कृति हो ।