भाषा/साहित्य समीक्षा
‘मधुपर्क’ नेपाली वाङ्मयको अभिन्न अङ्ग
ठूलो उत्साह र उमङ्ग लिएर प्रकाशित हुनु अनि अल्प अवधिमा नै बिलाउनु नेपालका साहित्यिक पत्रिकाको साबिक रोग हो । वि.सं. १९५५मा प्रकाशित ‘सुधा सागर’ देखि लागेको यो सरुवा रोगले अहिलेसम्म साहित्यिक पत्रिकालाई गाँज्न छोडेको छैन । यस रोगको शिकार भएर कयौँ साहित्यिक पत्रिका हुर्कन नपाउँदै मृत्युवरण गर्न वाध्य भएका थुप्रै उदाहरण छन् तर वि.सं.२०२५ साल जेठदेखि प्रकाशन प्रारम्भ भएको ‘मधुपर्क’ अनेकौँ बाधा अवरोधका खाल्डा पार गर्दै आफ्नो निरन्तरता कायम राख्न सफल भयो र आज ५०० अङ्क प्रकाशनको स्थितिसम्म आइपुगेको छ ।
जासुसी साहित्य रुचि अझै घटेको छैन
हत्या, लुटपाट एवं अपहरणका घटनाहरू नेपाली समाजको लागि कुनै नौलो विषय रहेन । मर्नु, मार्नु वा हराउनु जस्ता घटनाहरू दिनहुँ कहिँ कतै घटित भइरहेकै हुन्छ । तर घटनाबारे जान्न सर्वसाधारणलाई घटनास्थलमै पुग्नुपर्ने आवश्यकता भने अब रहेन । समाजलाई आकषिर्त गर्ने धेरै कार्यक्रमहरू मध्ये रहस्य र रोमाञ्चले भरिएका चलचित्र, टेलिचलचित्रहरू पनि एक हुन् । ठूलो, सानो पर्दामा देखिने यस्ता रहस्यमयी शृ्ङ्खलाहरूले लोकप्रियता पाइरहेको समयमा पनि कागजी संस्करणमा प्रकाशित हुने जासुसी उपन्यासले भने खासै सफलता पाउन सकेनन् ।
नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
स्रष्टाहरू जीवितै छँदा उनीहरूको सम्मान गरिनुपर्छ भन्ने मान्यता धेरैको रहेको भए पनि यथार्थ चाहिँ अलि भिन्न छ । मान्छे कृति र कीर्तिले बाँच्छ, मरेर गएपछि सम्झिने कुरा यी नै हुन् भनेर चित्त बुझाए पनि पछि यिनै कुरालाई बेवास्ता गरेर धेरैको चित्त दुखाएका छौँ हामीले । उदाहरण अघि सार्नुपर्दा मनग्गे नाम आउँछन् यस सन्दर्भमा । नेपाली भाषा र साहित्यका सन्दर्भमा पनि यस्तै भएको छ । कतिपय स्रष्टाहरू योगदान र सिर्जनाका दृष्टिले अब्बल रहे पनि तिनको सम्झनासम्म गरिएको पाइँदैन । स्रष्टाहरूको जन्म शताब्दी मनाउने सन्दर्भमा पनि यस्तै भएको छ ।
तामाङ डाजाङ चिनारी
१. परिचय ः
“तामाङ डाजाङ”, २०५९ सालमा स्थापित साहित्यिक संस्था हो । हालसम्म यसले तामाङ भाषाको संरक्षण तथा साहित्यको विकासका लागि निरन्तर रुपमा विविध साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । डाजाङले प्रारम्भ देखिनै मासिक रुपमा निरन्तर साहित्यिक गोष्ठी (ग्योइकाइ गेताङ) को आयोजना र मासिक पत्रिका “तामाङ डाजाङ”को प्रकाशन गर्दै आइरहेको छ । एकल तथा विभिन्न तामाङ संघ संस्थाहरूसंगको सहकार्यमा तामाङ साहित्यिक पुस्तकहरूको प्रकाशन, तामाङ भाषा मानक सम्बन्धि राष्ट्रिय स्तरको छलफल तथा बहस, तामाङ सस्ंकृति, परम्परा तथा संस्कारहरूबारे छलफल र बहस गर्नुका साथै उच्चशिक्षामा तामाङ भाषा पठनपाठनका निम्ति राज्यलाई दबाव दिने कार्यहरूपनि गरेका छन । त्यसैगरि २०६१ देखि साप्ताहिक रुपमा रेडियो रेडियो सगरमाथाबाट तामाङ भाषामै सुचना संप्रेसन, जनचेतना अभिबृद्धि तथा तामाङ समुदायमाझ शिक्षामा जागरण गराउने उद्देश्यले तामाङ भाषाको कार्यक्रम “तामाङ काई” प्रसारण भैरहेको छ ।
डाजाङ आफ्नो यात्रालाई विशुद्ध साहित्यिक मात्र नभई सदियौंदेखि राज्यबाट हुदै आएको शोषण, दमन र उत्पीडन विरुद्धको आन्दोलनसँग पनि एकाकार गर्दै अगाडि बढ्यो । यो क्रममा भाषिक आन्दोलन, नेपालमा जारिरहेको जातिय पहिचानको आन्दोलन, निरंकुश शाहीशासनको विरुद्ध चलेको जनआन्दोलन —२०६३ मा डाजाङको पनि उपस्थिति रह्यो । र ऐतिहासिक संविधानसभा निर्वचनमा समेत आम तामाङमाँझ तामाङ जातिका उम्मेदवारहरूको विजयका लागि सक्दो प्रयास भयो ।
बदाम छोडाउँदै बुनेको साहित्यिक अवधारणा अनवरत ९१ औ अंकमा
युलठिम स्होला बिबा म्हाङरी रो
गोबोन जति काइब्लोन दोपारी रो
ह्युलठिम ब्रिला बिबा गोबोनकादेसे
ह्युल्बाकादे सुत्तै तिनी म्लेजि रो
तामाङ भाषाको कान्छो कविताको छोटो अंश हो काभ्रे जिल्ला मेच्छेका भीमबहादुर थिङको । कान्छो यो अर्थमा कि, तामाङ युवाहरू जो अध्यायनको शिलशिलामा काठमण्डौं वरिपरि, हाल तामाङहरूले दाबी गदै आएको ताम्सालिङको विभिन्न जिल्लाबाट उपत्यकामा झरेका थिए, उनीहरूले रत्नपार्कमा बसेर बदाम छोडाउदै गर्दा बुनेको साहित्यिक अभियानको सपना र त्यसै सपनाको साकार रुप जो चल्दैछ अनवरत ग्योइकाई गेताङको नाममा । यसकै ९१ औं शृंखलामा बचित कविता हो ह्युलठिम शिर्षकको, भीमबहादुर थिङ बल्ल ९१ औं ग्योइकाई गेताङमा आइपुगेका हुन । त्यसैले उनको कविता कान्छो भन्दा फरक नपार्ला । कान्छोको अर्थ अन्तिम, तर अन्तिमको अर्थमा होइन, यो भन्दा अगाडि धेरै आएका थिए बर्तमानमा क्रम जारी छ आउने, जुन क्रममा सबभन्दा नयाँ र ताजा हो । यस्ता नयाँ अझै धेरै आउँदैछ र आउनु पर्छ पनि ।
साहित्यिक पुरस्कार र पद्मश्रीको शाख
बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएपछि भाषासाहित्यको क्षेत्रमा दिइने पुरस्कार र सम्मानको सङ्ख्या अकल्पनीय रूपमा बढेका छन् । व्यक्तिगत रूपमा पुरस्कार दिने परम्परा निकै अघिदेखि चल्दै आएको भए पनि संस्थागत रूपमा भने वि.सं. २०१० बाट सुरु भएको पाइन्छ । नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठले स्थापना गरेको ‘श्रेष्ठ सिरपा’ पुरस्कार नै नेपालको पहिलो पुरस्कार हो ।
केही पढ्नैपर्ने आख्यान
पढेकामध्ये बिर्सी नसक्नु किताब थुप्रै हुन्छन् तर आत्मीयता अनुभव हुने निकै कम । म्याक्सिम गोर्कीका उपन्यास ‘आमा’, ‘बाल्यकाल’, ‘जीवनको मार्गमा’, ‘मेरा विश्वविद्यालयहरू’, मिखाइल सोलोखोबको ‘मान्छेको भाग्य र दोनका कथाहरू’, गुस्ताब फ्लुबर्टको ‘म्यादम बोभारी’, गाबि्रयल गार्सिया मार्खेजको ‘क्रोनिकल अफ अ डेथ फोरटोल्ड’, मिलान कुन्देराको ‘जोक’, नाथानियल हाथोर्नको ‘स्कारलेट लेटर’, मिलारोद पाभिचको ‘ल्यान्डस्केप पेन्टेड विथ टी’, मोपासाँ, चेखब, गोविन्द गोठाले, उदयप्रकाश, मनु ब्राजाकीका कथाहरू अविस्मरणीय लाग्छन् ।
नेपाली लधुकथा परम्परा र वर्तमान
साहित्यको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध मानव समाज, सभ्यता र इतिहाससँग रहेको हुन्छ । मानिसले मानवीय जीवन र इतिहासका घटना, प्रसङ्ग आदिलाई कलात्मक किसिमले प्रस्तुत र सम्प्रेषण गर्न थालेबाट नै साहित्यको शुभारम्भ भएको हो । यसरी श्रुतिपरम्पराबाट सुरू भएको लोकसाहित्य हुँदै लिखित साहित्यसम्म आइपुग्दा साहित्यका क्षेत्रमा पनि धेरै विकास भएको छ । समय, परिस्थितिअनुरूप अघि बढ्दै जाँदा साहित्यिक क्षेत्रमा पनि नयाँनयाँ मूल्य-मान्यताहरू स्थापित भएका छन् । यसरी स्थापित भएका मान्यताहरूमध्ये लघुकथासम्बन्धी अवधारणा पनि एक हो ।
बुद्धि तामाङ र उत्तरआधुनिक आयाम
बुद्धि तामाङले पठाउनुभएको । ‘उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण’ पुस्तकका विषयगत शीर्षकहरूले उत्सुकता जगाए । ‘उत्तर आधुनिकता’ पश्चिमी जगतमा पुरानिन लागे पनि नेपालका लागि नयाँ विषय बनेको छ । यसका व्याख्याताहरूका मतभेद र बाझाबाझ पत्रपत्रिकाहरूमा पढ्दै आएकोेले यस पुस्तकले त्यसबारे स्पष्ट धारणा व्यक्त गर्छ कि भन्ने आशा जाग्यो । विषय शिर्षक पढ्दै जाँदा यो कृति सकारात्मक र नकारात्मक सोचहरूको व्यापक निवेचनद्वारा मानिसमा सकारात्मक सोच विचार र प्रवृत्ति बढाउन सघाउने ध्येयले लेखिएको खुलासा हुँदै गयो । यस कृतिमा ‘उत्तर आधुनिकता’ शीर्षक परेपनि पूर्वेली, पश्चिमी सकारात्मक विचार र व्यवहारका विषयका साथै आदिम युगदेखि अहिलेसम्मका र सिङ्गो विश्वदेखि नेपालभित्रका विभिन्न समुदायका विचार र प्रवृत्ति कोट्याइएका रहेछन् ।
लेखकको मृत्यु
व्यक्तिगत जीवनका दुःख-पीडा र समस्याहरूमा समाजलाई जोडेर वा समाजका अप्ठ्याराहरूलाई व्यक्तिमा जोडेर सिर्जना गरिन्थ्यो, काव्य-कृति। अझ आख्यानको त्यति विकास नभएको काव्ययुगमा सबै कुरा उपदेशात्मक र कारुणिक बनाउन कविहरूले प्रशस्त मेहनत गरेका हुन्थे। पूर्वीय साहित्य काव्यात्मक छ। काव्यकै माध्यमबाट आख्यानको व्यवस्थापन गरिएको हुन्थ्यो। ती काव्यहरू अत्यन्त भावुक र कारुणिक हुन्थे। एउटा पात्रको जीवनमा सिङ्गै समाजलाई प्रतिस्थापित गरिन्थ्यो, त्यस्तै परम्परा बस्यो।
दसैँ स्रष्टाको कलममा
जता जाउँ उतै भन्छन्
दसैं आयो । दसैं आयो ।
यही आनन्द वर्षाले
सबै सङ्कट बिर्सायो ।
नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड विजयादशमी आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रतपूणिर्मासम्म मनाइन्छ । अश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चारदिनको यो महापर्व सम्पूर्ण हिन्दूहरूले अत्यन्त खुशीयालीपूर्वक मनाउँछन् ।
सबै राम्रा सबै ठाँटी
सबै नाना तमासामा
सबैका माथमा जौका
पहेला अङ्कुरा लामा
कवि शिरोमणि लेखनाथ पौडेलले भनेजस्तै राम्रा-राम्रा पहिरनमा सजिएर निधारभरि दही अक्षताको राता टीका लगाएर शिरमा जमरा सिउरिँदै मान्यजनबाट टीका र आशीर्वाद थाप्न जानेहरूको यस अवसरमा विशेष चहलपहल देखिन्छ । त्यसैगरी ठाउँ-ठाउँमा लिङ्गे र रोटे पीङहरू हालेर त्यसको चहचहमा रमाउनेहरूको भीडले दसैंलाई थप आकर्षण प्रदान गरेको हुन्छ । भनिन्छ-दसैँ भनेको आपसी मित्रता, भेटघाट, सौहर्द्रता, मान्यजनप्रति सम्मान-सद्भाव र प्रेमजस्ता कुराको समष्टि स्वरूप नै हो ।
प्रगतिवादको इतिहास र नेपाली धर्तीमा प्रगतिवाद
“मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन । मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो । मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।”- म्याक्सिम गोर्की
अ) विषय प्रवेश ः
साहित्यमा देखिएका गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर नगरी सामन्ती सोचले दवाइराखेका क्रान्तिकारी आवाजहरूले मूर्तरुप लिन र न्याय समानता र स्वतन्त्रताले भरिपूर्ण समाजको स्थापना गर्न सक्दैनन् । प्रगतिवादले मार्क्सवादी दर्शन र चिन्तनको विशिष्ट विचारधारासँग सम्बन्ध राख्दछ जुन राजनीतिमा साम्यवाद कहलाउँछ, सामाजिक एवं आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद कहलाउँछ भने त्यही साहित्यमा भने प्रगतिवाद कहलाउँछ । जीवन र जगतका वस्तु-सत्यलाई यथार्थ तवरले उद्घाटित गर्ने काम यस वादमा हुनेगर्छ । भनिन्छ प्रगतिवाद आत्मा साम्यवादमा प्रेरणा राजनैतिक अनुशासनमा र कल्पना सर्वाहाराको सत्ता प्राप्तिमा राखेर अघि बढेको हुन्छ । यसले मानवको शक्तिलाई सर्वोपरी ठान्छ । पूँजीवाद सामन्तवादजस्ता वर्गप्रति झुकाव राख्ने क्रियाकलापको घोर विरोध गर्छ र वर्गसंघर्षको साम्यवादी विचारधारानुकूल साहित्य रचना गर्ने अभीष्ट यस वादले लिएको हुन्छ । मूलभूतरुपमा सामाजिक यथार्थवादी दृष्टिकोण देशभित्र र बाहिरका चेतनामूलक विचारहरू शोषकलाई घृणा र शोषित वर्गप्रति हार्दिक सहानुभूति विकृति नाश गरी सकारात्मक परिवर्तनमा उग्र चिन्तन नारी हक हितप्रति सचेत ईश्वर धर्म आत्मा स्वर्ग नरकजस्ता कुराहरूप्रति वेवास्था गरेर संघर्षशील जीवनलाई उच्च कदर गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ । मूलभूतरुपमा प्रगतिवादी साहित्य मार्क्सवादी दर्शन र चिन्तनबाट प्रेरित र प्रभावित हुन्छ । समतामूलक समाजको स्थापनाको आग्रह सहित वर्गीय दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । पुराना मक्किएका विचार र नयाँ अग्रगामी चिन्तनले प्रेरित विचारका बीच द्वन्द्व हुन्छ । यो काल्पनिक आदर्श र खोक्रो नैतिकताको विपक्षमा उभिन्छ । मूल्यसहितको जीवन जिउने सोचको विकास विद्रोही एवं क्रान्तिकारी अभिव्यक्तिमा जोड र सरलतामा सलल बगेको जनबोलीको प्रयोगजस्ता पक्षलाई जोड दिई अग्रगामी आवाजलाई गुाजायमान गर्ने काम प्रगतिवादी साहित्यमा हुन्छ ।
तीनपाते हाइकु मन्त्र काव्य, सन्दर्भ जापान: सिर्जना नेपाली
हाइकु हुर्कने परिवेश
नेपाल उचाइ भौगोलिक विशेषताले जैविक एवं सांस्कृतिक विविधायुक्त छ। हिमाली क्षेत्रको हावापानी, वैदिक र वौद्ध सभ्यताले नेपालीमा सिर्जनाको जवानी अत्यन्त उर्बर बनाएको छ। एशियाको सभ्यतामा हिमाली क्षेत्रको विशिष्ट योगदान छ र हिमाली क्षेत्र नेपालमा अत्याधिक एवं महत्वपूर्ण भाग समेटिएकाले यहाँका बासिन्दा सौभाग्यशाली छन्। तर हजारौं वर्षदेखि आकर्षणको केन्द्र रहेको यो भाग अझैं नेपाली साहित्यले छिचोल्न सकेको छैन। सय वर्षभन्दा अघि नेपाल पस्ने जापानी भिक्षु इकाइ कावागुचीले पोखराको सौन्दर्यपान गरेर मुक्तकण्ठले प्रशंसा गरे झैं नेपालका विभिन्न क्षेत्रका विशेषतापूर्ण स्थानहरूमा अबका पिढीले यात्रा गरी साहित्यको सिर्जना गर्नु वान्छित छ। यात्रा साहित्य केही जुर्मुराए पनि यात्रा काव्य फस्टाउन सकेको छैन। जापानी परम्परामा माचुओ वासोले यात्राकाव्य सिर्जनामा नयाँ आयाम थपेर नयाँ स्थलको भ्रमण अनुभूतिका केही विवरण सहित छोटो कविता लेख्ने साहित्यको प्रभावकारी शैली विकास गरेर साहित्यमा विशेष योगदान गरेका छन्। नेपालमा एउटा सानो चिनारी स्वरुप १७ कविहरूले ततस्थानीय अभिव्यक्ति स्वरुप नयाँ वातावरणमा जुन सिर्जना गरे त्यो “अन्धगल्छी”का रुपमा आएको छ। हुन त चार दशक अघि नै जापानबाट भित्रिएको छोटो मीठो प्रशिद्ध हाइकु शैलीको कविता नेपाली साहित्यिमा अपरिचित छैन तापनि बीचको शीथिलताले यसले पनि गति लिन पाएन र उल्लेख्य रुपमा आउन सकेन। आजको नेपालमा अब ओझेल नपर्ने गरी हाइकु अधिराज्यव्यापि बनिसकेको छ। यो बाढी जस्तै उर्लिएको छ र केही समयपछि सङ्लँदै सुन्दरतम सिर्जना हुन सक्ने अनुमान स्वत: लगाउन सकिन्छ। नेपालको प्रकृति र संस्कृति जापानी वातावरणसँग अत्यन्त सान्निध्य राख्ने हुँदा हाइकु फस्टाउन खास मलजल दिन नपरे पनि सुरुमा केही रेखदेख नगरी हुर्काउन कठिन हुन्छ। अत: हाइकुका बारे आधारभूत कुराहरूको सामान्य जानकारी जो कोहीलाई हुनु वान्छित छ।
आत्मकथाको बढ्दो मोल
नेपाली साहित्यमा यस्ता जीवन, आत्मकथा, दैनिकी (डायरी) संस्मरण लेख्ने चलन प्रारम्भदेखि नै हुँदै आएका छन् । सिधै नलेखेर कतिपयले पत्रात्मक, यात्रा वर्णनका रूपमा तथा कतिपयले कवितात्मक रूपमा पनि यसलाई अङ्गिकार गर्ने गरिएको पाइन्छ । नेपाली साहित्यमा पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’लाई आत्मकथाको प्रथम कृति मान्ने गरिन्छ । यो स्वयम् बडामहाराजाले नलेखेर अरूलाई भनेर लेखाइएको कृतिका रूपमा लिइएको छ ।
पुस्तक समीक्षाका सन्दर्भमा
नेपालमा लोकतन्त्रको प्राप्तिपश्चात पुस्तक प्रकाशनका क्षेत्रमा स्वर्णयुग नै आएको छ भन्दा यथार्थताको नजिक पुगेको मान्न सकिन्छ । दिनहुँजसो हुने विमोचन तथा समीक्षा गोष्ठीहरूले पनि यो तथ्यको पुष्टि गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालयका पाठ्यक्रम र सरकारी अर्धसरकारी संस्थानहरूले लिने प्रतियोगितात्मक परीक्षालाई हेरेर निकालिएका पुस्तकहरूको त कुरै छाडौँ ती बाहेक लेखक तथा प्रकाशकका रुचि अनुसारका अन्य पुस्तकहरूको पनि प्रकाशन सङ्ख्या बढ्दो छ ।
नेपाली वाङ्मयमा पुरस्कार परम्पराको क्रमिकता
मान-सम्मान, पदक र पुरस्कारले सम्बन्धित क्षेत्रका व्यक्तित्व, साधक र प्रतिभाहरूलाई आ-आफ्नो फाँटमा रही बढी संवेदनशील हुन, साधनारत रहन, सिर्जनशील बन्नका साथै योगदान समर्पण गर्न समेत अभिप्रेरित गर्दछ । कुनै पनि समाजमा पुरस्कार, सम्मान, पदक र उपाधि आदिको स्थापना र सफल वितरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
नागालैण्डमा कट्टुजात्रा
लेख्नेहरू हृवात्तै बढेका छन्, हास्य व्यङग्य लेख्नेहरू चाहि स्वात्तै घटेका छन् । हास्य व्यङग्यमै नाम कमाएर राम्रो ठाम पाएकाहरू नै यसैमा लागिरहन सकेनन् । हास्य व्यङग्यमै मात्र लागिरहने स्रष्टा खोज्नुपर्दा त उही बासुदेव लुइँटेल, सूर्यबहादुर पिवा, श्याम गोतामे, प्रकाशपे्रमी आदि जस्तालाई मात्र अघि सार्दा हुने अरू त … यी पनि बितिसके । हास्य व्यङग्यमै नाम कमाएका भैरव अर्याल, केशवराज पिंडाली, श्रीधर खनाल, रामकुमार पाँडे आदिजस्ता स्रष्टाले पनि कसैले कविता, समालोचना, कसैले उपन्यास, पत्रकारिता त कसैले भूगोल र अन्य क्षेत्र समातेर फुल टाइमर हास्य व्यङग्यकार हुन सकेनन् । र पनि अझै पनि भैरव अर्याल, केशवराज पिँडालीको नाम अब्बल नै ठहराइन्छ ।
भाषाको प्रगतिशील पक्ष
कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ । यसै पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ । नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न । उहाँको पातलो “सर्मावाद” नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरह्यो ।
