Skip to content

भाषा/साहित्य समीक्षा

‘दोषी चस्मा’ प्रतीकात्मक अभिव्यक्ति

  • by

सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘दोषी चस्मा’ नामक कथाको शीर्षक नै स्वयंमा प्रतीकात्मक छ । यसले केशवराजको दृष्टिकोणलाई प्रतीकात्मकरूपमा प्रष्ट्याएको छ । कथामा केशवराजले चस्मामाथि पोखेको रिस, कोठामा पुगेर उनले लुगा फुकाल्न लाग्दा टिमिक्क परेको सुरुवाल उनको गोडाबाट हत्तपत्त निस्कन नसकेको अवस्थामा उत्पन्न हुनपुगेको उनको रिसको आवेग आदि विविध पक्षले उनीभित्र समाहित हीन मनोग्रन्थी सम्बद्ध जटिल समस्याको गहनतालाई प्रतीकात्मक रूपमा प्रष्ट्याउने काम गरेको छ ।

नेपाली हास्यव्यङ्ग्य निबन्ध र दिवङ्गत स्रष्टाहरू

  • by

मास्टरसाहेब (२०३५), घुयेँत्रो (२०५५), झटारो (२०५५) र जिउँदो मान्छेको फेला (२०६१) जस्ता कृतिमार्फत नेपाली हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा योगदान पुर्याउने सूर्यबहादुर पिवा सशक्त हस्ताक्षरका रूपमा परिचित छन् । उनले आफ्ना हास्यव्यङ्ग्य निबन्धमार्फत नेपाली जीवनका विविध क्षेत्रमा विद्यमान अनेकानेक कमी–कमजोरी एवं विसङ्गत पक्षलाई सम्बन्धित क्षेत्रसम्म पुर्याउने प्रचेष्टा गरेका छन् ।

शुभसङ्केत होइन – भाषाविवाद

  • by

मानिस सामाजिक प्राणी भएकाले समाजमा बस्दा ऊ आफ्नो परिवेश तथा वातावरणबाट घेरिएको हुन्छ । मानिसले जे देख्छ, सुन्छ, बुझ्छ र अनुभव गर्छ, त्यसलाई अभिव्यक्त गर्छ । यस अभिव्यक्तिको प्रक्रिया नै ‘भाषा’ हो । कुनै पनि मुलुकको परिचय भौगोलिक सीमाले मात्र दिँदैन, त्यस सीमाभित्र बसोबास गर्ने मानव जातिको भाषाले पनि विश्वलाई मुलुकको पहिचान गराउँछ । मानव जातिको मौलिक पहिचान नै भाषा हो । मानिस आफ्नो जातीय, राष्ट्रिय एवं मानवीय धरोहरको सुरक्षा भाषाकै माध्यमबाट गर्छ । संस्कृति, सभ्यता, परम्परा, कला, ज्ञान, विज्ञान सबै मानवीय तथा बहमूल्य सम्पत्ति भाषाद्वारा नै सुरक्षित छन् ।

आजको सन्दर्भमा गजलकारहरूले गजलमा खेल्नु पर्ने भूमिका

मोतीराम भट्टले वि. सं. १९४० को दशकमा गजलजस्तो लालित्य युक्त नौलो काव्य रचनाको आयामलाई नेपाल भित्रयाएर त्यस समयको साहित्यिक परिवेशमा एउटा नौलो काव्यिक विधाको बीजारोपण गरेका थिए । त्यसपछिका दिनहरूमा मोती मण्डलीमा रहेका नरदेव पाँडे सुधा शम्भुप्रसाद ढुङ्गुल लक्ष्मीदत्त पन्त इन्दु रत्नलाल रत्न गोपीनाथ लोहनी भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर मियाँ अमजद हुसैन अन्जान गजब आदि नाम गरेका स्रष्टाहरूमार्फत् नेपाली साहित्यको इतिहासमा नौलो आयाममा गजल कायम गरेको हुनाले आजको परिवेश भित्र नेपाली साहित्यमा गजल काव्य-विधा निकै लोकप्रिय बनेको छ भनेर भन्दा त्यति अत्युक्ति नहोला ।

लिम्बू, लहरा र देश

  • by

तिमीलाई यो अस्ताउन लागेको कलिलो घाममा भेटेँछु । तिमी मेरो सिकुवा र सङ्घारमा बिहानको घाम भई खस्छ्यौ । लुङ्गा, तिम्रो र मेरो प्रेम खोलाको त्यो नभाँचिने लहराजस्तो अजरअमर छ । सबै संसार निदायो । परस्पर समुद्रहरू पनि निदाए, पर्बत पनि निदाए ।

प्रतीक्षा अर्को युगको !

  • by

०३६ को कालखण्डपछि ‘६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रिमालको ‘एक जुगमा…’ र ०३६ सालको हरभिक्तको ‘बन्धन र बाध्यता’पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको ‘बिसे नगर्ची…’ ।

हास्यव्यङ्ग्यात्मक लोककविताका रूपमा उल्टी सवाई

  • by

नेपाली लोकसाहित्यको फाँटमा अनेक बान्कीहरू उपलब्ध छन् । यसको आदिरूप अभिलेख परम्परासँगै वा अझ अघिदेखि नै प्रचलित भएको मानिन्छ । (सुवेदी, २०६०ः१९) । यही परम्परामा ‘उल्टी सवाई’ पनि गाँसिन आइपुगेको छ । उल्टी सवाई हास्यव्यङ्ग्यले भरिएको लोककविता हो । यसका विभिन्न पाठहरू लोकजीवनमा प्रचलित छन् ।

लेखकको जन्म पाठकको गर्भबाट

  • by

हामीहरू उज्यालोका उपासक हौँ । रात नबितीकन उषाको आगमनको इच्छा राख्नु भुल हुन्छ । रातको सन्त्रासयुक्त कहर काटेपछि मात्र दिन पाउने रहर पूरा हुन्छ ।

कथा दादाको

  • by

‘दादा’ को पनि एउटा कथा छ । तर यो कथा– किस्सा कहानी होइन, विस्थापित या स्थापित हुँदाको व्यथा हो ।

एकैसासमा विस्थापित र स्थापित भएको भन्न पाइन्छ ? पाइने देखेँ मैले यही दादाको कथा हाल्दा । नेपालीमा दादा शब्द छ कि छैन ? भए कताबाट आयो ? कि कतैबाट नआएको रैथाने शब्द हो यो ? खोजिपस्ने काम विद्वान्हरूको हो । यहाँ त कुरा उप्काइदिएको मात्र हो, बसिबियाँलो । भए पनि; कुरा उप्काएपछि अलि बाटो पनि लगाइदिनुपर्छ, नत्र कसैले चाख लिँदैनन् । त्यसैले म अलिकति छामछाम छुमछुम गर्दैछु यस विषयमा ।

नयाँ नेपालको नयाँ भाषिक नीति

  • by

अचेल दिनहुँ जस्तो संविधानसभामा भाषा नीतिबारे चर्काचर्की र चियाचर्चा हुनु सर्वथा स्वाभाविक हो । राज्यको पुनर्संरचना हुनुछ, नयाँ संविधानको निर्माण हुनु छ र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ । यी प्रश्नहरू यक्ष प्रश्नहरूको रूपमा राष्ट्रको सामूमा प्रस्तुत छन् । अर्कोतिर सशस्त्र समूह देशको भाषा र भूगोलको विभाजनको बुलन्द नारा लगाइ राखेका छन् ।

देशको छ चिन्ता, तिमी माया माया भन्छौं

  • by

‘आज बाल वृद्ध युवक नरनारीहरूले भेला भएर जुन आदर प्रकट गर्नुभयो यसले मेरो मन आश्चर्यचकित गद्गद छ । यत्रो आदर गर्न योग्य म छैन तर जनताको भावनाले नै ढुँगोले पनि देवत्व प्राप्त गर्दछ । यसबाट देशमा एकता बढ्ने छ । राष्ट्रभाषाको सेवा गर्दै आएको छु र शक्तिले भेटेसम्म गर्दै रहनेछु । सरकारतर्फबाट प्रधानमन्त्रीज्यूले जुन ५ हजार दिनु भयो सो साहित्य भवनका निम्ति अर्पण गर्दछु । आवाल वृद्ध सबैलाई धन्यवाद छ ।’

भाषा समस्या मेटी सद्भाव बढाऔँ

  • by

नेपालले सबै क्षेत्रमा परिवर्तन चाहेको छ र समतामुखी समाजको स्थापना गर्ने लक्ष्यतिर अग्रसर छ । विगत कालदेखि अवलम्बन हुँदै आएको एक भाषा नीति असफल भइसकेको छ । अतएव भावी संविधानले भाषा सम्बन्धमा नयाँ सोच अवलम्बन गरी त्यसको स्वरूप निर्धारण गर्नुपर्दछ । अन्तरिम संविधानसम्म पनि नेपालीलाई राष्ट्र भाषा, सरकारी कामकाजको भाषा तथा शिक्षा माध्यमको भाषाका रूपमा मान्यता दिइएको छ । प्राथमिक तहसम्म मातृ भाषामा शिक्षा दिने मातृभाषालाई स्थानीय तहमा व्यवहार गर्नसक्ने जस्ता प्रावधान राखी मुख्यतः एक भाषाका वर्चस्व कायम राख्ने र यस नीतिलाई निरन्तरता दिने प्रयासमात्रै भएको छ ।

स्तर नेपाली साहित्यको

  • by

अचेल बेलाबेला जमघट, छापा वा केही सभा समारोहहरूमा उठ्ने गरेको प्रश्न हो- नेपाली साहित्यको स्तर कति र के कस्तो छ ? प्रश्न सरल र उत्तम छ, तर हेर्दा र गुन्दा भने त्यति नै हास्यास्पद र निरर्थक देखिन्छ, जति मान्छेको मूल्य पशुसँग दाँज्नु । यो तिक्तता होइन, यथार्थ हो । हामीले नेपाली साहित्यको स्तर दाँज्ने हो भने सर्वप्रथम त्यस्तो एउटा मापदण्ड तयार गर्नुपर्छ, जसबाट सजिलै साहित्यिक विधागत मूल्याङ्कन गर्न सकियोस् । त्यस्तो छैन भने यसको मापन कसरी गर्ने नेपाली साहित्यको स्तर कति छ ?

खल्तीबाटै चल्छन् साहित्यिक पत्रिका

  • by

एक सय ११ वर्ष भनेको एउटा युग । एउटा सिड्ढो युग हाँकेर यहाँसम्म आइपुगेको साहित्यिक पत्रकारिता अझै धरमरको स्थितिमा छ । समय प्रवाहसँगै प्रगति हुने हो भने साहित्यिक पत्रकारिताको स्थिति अहिले अत्यधिक प्रगति भएको अवस्थामा हुने थियो । जति जति समय बढ्दै गयो साहित्यिक पत्रकारिता त्यति त्यति दुर्गतितिर उन्मुख भइरहेको छ । न सरकारी नीति न सकारात्मक दृष्टिकोण, न कुनै सहयोग । मानौँ साहित्यिक पत्रकारिता भनेको त्यसका सम्पादक र प्रकाशकको रूचिको मात्र विषय हो । यसबाट मुलुकलाई केही लिनुदिनु छैन ।

भाषिक नीति आदिवासी जनजातिको जिम्मेवारी

  • by

ठूलो सङ्ख्यामा मानिसहरुको सामूहिक हत्या गरेमा त्यसलाई नरसंहार, कुनै खास जातिका धेरै मानिसको एकसाथ हत्या गरिँदा जातिसंहार भनिएजस्तै कुनै भाषा बोल्नेलाई प्रत्यक्ष हत्या नगरी पहिले तिनको भाषालाई मार्ने र त्यसको परिणामस्वरूप सो भाषाका वक्ताहरूको अस्तित्व नाश गराउने नीति लागू गरेर केही देशका सरकारहरूले भाषिक संहार गरिरहेको पाइन्छ, यसैमा नेपाल सरकार पनि पर्दछ ।

दलित साहित्यको सौन्दर्य

  • by

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको चौथो बृहत राष्ट्रिय सम्मेलन वैशाख १ र २ गते काठमाडौंमा सम्पन्न भयो । निनु चापागाईद्वारा लिखित ‘नेपालीमा दलित साहित्य र समस्या’ कार्यपत्र प्रस्तुत तथा दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि छलफल सम्मेलनको सार थियो । कार्यपत्रमा उल्लेखित ‘नेपालमा दलित साहित्यको मूल्याङ्कन पारम्परिक मानदण्डहरूका आधारमा हुन सक्दैन र पारम्परिक सौन्दर्यशास्त्रका मानदण्डहरूभन्दा भिन्न दलित साहित्यका निम्ति अलग्गै खालको सौन्दर्यशास्त्रको आवश्यकता पर्दछ भन्ने धारणाले टाउको उठाईसकेको छैन’ भन्ने अंशले अब नेपाली दलित साहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि बहस भएको छ ।

अध्ययन र समर्पण

  • by

अध्ययन र समर्पण दुई भिन्न विषय जस्ता देखिन्छन् । यसो भए पनि एकले अर्कोलाई अर्थात् अध्ययनले समर्पणलाई र समर्पणले अध्ययनलाई विकसित गर्ने कुरामा यी दुई विषय अभिन्न पनि छन्, सहयोगी पनि हुन् ।

साहित्यिक पत्रकारिताको कष्टकर यात्रा

  • by

साहित्यिक पत्रकारिताले नेपाली पत्रकारिताकै प्रारम्भ गर्ने जस पाएको छ तर एक शताब्दीभन्दा लामो यात्रा पूरा गरिसक्दा पनि यसले शारदाकालीन समस्याबाट समेत पूर्ण मुक्ति पाउन सकेको छैन । संस्थागत विकास र विक्री-विज्ञापनका दृष्टिले यो क्षेत्र न हिजो आत्मनिर्भर बन्न सक्यो, न आज यसले अपेक्षित विज्ञापन र पाठक पाउन सकेको छ । सङ्ख्याका दृष्टिले असन्तोष मान्नुपर्ने ठाउँ नरहला ।

नेपालको मैथिली भाषा-साहित्यमा नाटकको विकास

  • by

प्राचीन मिथिला राज्य (त्रेतायुगीन)को राजधानी जनकपुरधाम रहेको र राजषिर् जनक त्यस पौराणिक राज्य मिथिलाका राजा रहेका र उक्त स्थान नेपालमा नै रहेको पुष्टि उपनिषद्कालीन विभिन्न महाकाव्यहरू- वाल्मीकिरचित रामायण, गोस्वामी तुलसीदासकृत रामचरित मानससमेतबाट भएको छ । राजर्षि जनक र उनकी सुपुत्री जगतजननी सीता नेपालका अग्रणी राष्ट्रिय विभूति रहेकोबाट समेत यो छर्लङ्ग हुन आउँछ तर मैथिली भाषासहितको विकासको दृष्टिकोणबाट हेर्ने हो भने नेपालमा हरिसिंहदेवको १३२४ ई. मा आगमनपश्चात् कर्णाट शासनकालमा मैथिली भाषा-साहित्यका विद्वान्, कवि, साहित्यकार आदिले पर्याप्त आदर प्राप्त गरेका थिए ।

संस्कार, सुन्ने र पढ्ने

  • by

एक जना परिचितको पुर्ख्यौली घरमा गएको बेला अचानक धेरै पुरानो एउटा साहित्यिक पत्रिका फेला पर्न गयो। २०२१ सालमा निस्किएको तुवाँलो नामक त्यो मासिक पत्रिका प्रेम कोइराला र चैतन्य देवकोटको सहसम्पादनमा प्रकाशित भएको रहेछ। त्यो तुवाँलोको चौथो अंक रहेछ। त्यति पुरानो साहित्यिक पत्रिका देख्दा उत्पन्न भएको स्वाभाविक कौतुहलताले गर्दा सर्र पानाहरु पल्टाउँदा त्यसमा डा. परशु प्रधानको धारावाहिक उपन्यास, माधव घिमिरे र पारिजातको कविता जस्ता केही कृतिहरु रहेछन्।