Skip to content

संस्मरण

तराईका ती दशैँहरू

पुस्तक पढ्नुभन्दा प्रकृति पढेर धेरै गुणा फरक ज्ञान हाँसिल गर्न सकिँदो रहेछ । अँझ लेखनकलालाई आफ्नो वृत्ति बनाएका लेखकले त आफ्ना बाल्यवयका परिघटनाहरूलाई लेखेर कहिल्यै नसक्ने रहेछन् । यस्ता ज्ञान ममा आएको धेरै भएको छैन । कहिलेदेखि आयो त्यो झट्टै सम्झन सकिरहेको पनि छैन ।

स्मृति र विस्मृतिका सुनामीमा फँसेको छु –म यतिखेर ।

दाहाल बाबैको जडी ओखती

अघिल्लो रचनाहरूमा पनि मैले भनिसकेकै छु, मेरो बाल्यकालका खेल खेल्ने साथीहरू भनेका घोर्ली बाख्रोका पाठाहरू बाहेक कोही हुन्नथे । अरु मेरो समवयका साथीहरू ओरिपरि थिएनन् कोही सानै थिए, कोही अलि ठुला भइसकेका थिए । उनीहरूसँग खेल्न मिल्दैथ्यो ।

एक दिनको कुरा हो । घोर्ली बाख्रालाई घरमुनिको कोलडाँडामा चराउन लगेंछु कि भन्छु, अहिले खास कुराको बढै हेक्का छैन । हाम्रो बारीको पुछारमा कोलडाँडो भन्ने ठाउँमा बाख्राका पाठा सहित बाख्रो लिएर म पुगेको सम्झन्छु चउरमा । यो सायद दसदेखि बार वर्षको बेलाको कुरा हुनुपर्छ ।

आज ता मेरो एक जना दाजु अचानक दुई जना भएको कुरा पो लेख्नु पर्यो

मलाई आज कुन कुरा लेखौं भनेर गिदी भरी मथिङ्गल भरिएको छ । यो लेखौं कि त्यो लेखौं भनेर सोचिरहको छु । पुराना कुराहर तँछाड् मछाड् गर्दै आइरहेका छन् मानौं पहिले बाहिर को फुत्किले भनेर । तर म यिनलाई छाँटेर आज अर्को एक रमाइलो प्रसङ्गतिर लाग्छु । हुन ता यस मुलेका गनथन कति सुन्नु भन्ने पनि लाग्दो होला यहाँहरूलाई । तर यसमा यहाँहरू स्वतन्त्र हुनुहुन्छ मन लागे पढे भो नलाने पाना पल्टाए पनि भो । त्यति हो पढिदिनु भयो भने मैले श्रमपूर्वक यसरी लेखेको कुरा कसैले ता पढिदियो भनेर चित्त बुझाइ हुनेछ नपढे पनि चित्त दुखाइ हुनेछैन । अँ अचानक मेरा एक जना दाजु दुई जना हुनु भएको कुरा पो लेख्नु पर्यो ।

कालका मुखबाट आएका दाजुहरू

अरु केही नभए पनि मान्छेले कतिसम्म दुःख गरेका हुँदा रहेछन् भनेर बुझियोस् भनी म आफ्नै जीवनका विगत पचास वर्ष पुराना कुरा उधिनी उधिनी कोट्याएर लेखिरहेको छु । कसैलाई गनथन पनि लाग्न सक्छ । उहाँहरूसँग अग्रिम रुपमा क्षमा माग्छु ।

धेरैतिर भनिसकियो ताङ्सेको भिरको कुरा । यो भिर अहिले पनि छँदैछ तर अहिले उस बेलाको जस्तो रहेनछ । हामी यसै भिरमा बाबियो काट्न जान्थ्यौं, यसै भिरमा भोर्लाका पात टिप्न जान्थ्यौं, यसै भिरबाट भोर्लाको पाट काडेर ल्याउँथ्यौं अनि भोर्लाका टटलाको बियाँहरू पोलेर खान्थ्यौं ।

माताश्रीको ताडनाबाट बनेको मेरो भाग्गे

परिवार नै गरिब निर्धो र छोराछोरीलाई एक पेट खुवाउन नसक्ने र एक धरो लगाइदिन नसक्ने परिवारमा जन्मे हुर्केको । दुःख के हो मलाई थाहा छ । म सानैदेखि दुःख पाएको मान्छे । यसमा अब मलाई ढाँटढुँट गर्नु छैन । साथै सानैदेखि कुटाइ खाएको मान्छे । चौध वर्षदेखि भने कुटाइ खाइएन । यो पनि नढाँटीकन भन्छु । यसमा पनि ढाँट्नु छैन । पितामाताहरू स्वर्गीय भइसक्नु भो उहाँहरूको बदनाम होला भन्नु पनि छैन । उहाँहरूको चिन्ताका पछिको कारण गलत थिएन भनेर म अहिले पनि भन्छु र सधैं भन्छु ।

सुर्ती लागेकोलाई एेंसेलु

गोले कान्छाको बारीमा तोरी सारै फल्थ्यो । उनको घरमाथि र उनको बारीसिरानको भित्ता अलिक सेपिलो ठाउँ छ । त्यो आज पनि सेप सेप परेकै छ । त्यहाँ अझै पनि चैत बैशाखतिर एेंसेलु निकै पाक्छन्, झुप्पाका झुप्पा । अलिक माथि काफल पनि यसै बेलामा पाक्थे तर अब दाउरा काट्नेले काफल समाप्त पारेछन् । हामी त्यहाँ गाई… Read More »सुर्ती लागेकोलाई एेंसेलु

फरक छ, मरेपछि पनि बाँच्नु

सानो हुँदा र पढ्ने रहर जाग्दा हिन्दीमा कतै पढेको थिएँ –बिती हुई कल । मानिसको जीवनमा उसको बितेर गएको समयले निकै माने राख्छ । अहिले सम्झँदा त्यो कुराको वास्तविकता बुझिँदैछ । बाल्यवस्था र वाल्यजीवन बाँकी जीवनका लागि सम्झँदै बाँच्नका लागि पूँजी हुन्छ –हरेक मानिसका लागि । मानिसलाई उसले विगत्मा बिताएका पलको असाध्यै माया र खसखस लाग्छ । समय हो । आफ्नो बुतामा नरहने । समयसँगै हिँउद्वर्षा गरी परिवर्तन हुनै पर्ने । जीवनको सोपानमा चढ्दा उमेर र ऊर्जाका पाइलाहरू बदलिँदै पनि जाने । नदी रहेछ जीवन । कहिलेकाहीँ ती बितेका जीवनका पाइलाहरू सम्झँदा पनि नोष्टाल्जिक हुन पुग्छु ।

आँखाको भाषा

हाम्रा लागि त्यो घर अपरिचित थिएन । हामी त्यो घरमा जान थालेको धेरै भइसकेको थियो । त्यो घरको चहलपहल बाहिरबाटै देखिन्थ्यो । त्यो घर–परिवारमा सबैको सक्रियता र व्यस्ततालाई घरभित्र र बाहिरको चहलपहलले पनि बताउँथ्यो ।

सूर्य, पृथ्वी अनि दिन र रातलाई धन्यवाद

धन्य सूर्य, धन्य पृथ्वी, धन्य दिन, धन्य रात । यी सबैलाई किन धन्यवाद दिए ? साच्चै प्रश्न उठ्न सक्ने कुरो हो । यहाँ प्रश्न उठ्न सक्ने कुरो पनि छ । वास्तवमा सूर्य, पृथ्वी, दिन, रात सबैलाई धन्यवाद दिनै पर्छ । सृष्टिलाई निरन्तरता दिन यी सबैको भूमिका त्यति नै महत्वपूर्ण रहेको छ । चाहे त्यो बोट विरुवा होस् वा जीवजन्तु वा मानव नै । सूर्यको प्रकाशले उज्यालो दिन्छ र दिन हुन्छ । दिनमा मानवले आफूलाई आवश्यक पर्ने वस्तु जुटाउने, उत्पादन गर्ने भनौ आफ्ना आवश्यकताका पूर्तिका लागि उपभोग गर्दछ । त्यो कहाँ गर्दछ त ?

स्मृतिभित्रको पोखरा

धेरै परिवर्तन भएछ, धेरै वर्षपछि फर्कदा गरेको अनुभव हो यो । हरेक दश–दश वर्षमा परिवर्तन आउँछ भन्ने कथन पनि छ । त्यसैले पनि यो कुरालाई स्वीकार्न बाध्य भए । तीसवर्षको पंचायत काल पछि आएको बहुदलीय प्रजातान्त्रिक व्यवस्था अनि राजतन्त्रात्मक बहुदलीय व्यवस्थामा आएको कमी कमजोरीलाई पनि पन्छाउँदै आएको संघीय गणतन्त्रलाई पनि परिवर्तनकै रुपमा लिनु पर्दछ ।

जगदीश पछ्याउँदै मन्थली

साहित्यकार जगदीश घिमिरेका विविध सम्झनाहरू लेख्नका लागि ममा धेरै विषयहरू छन् । अँझ खासगरी जगदीश दाइसँगका बसाइहरूलाई कुनै लेपन नै गर्नु पर्दैन साहित्यिक लेखको गुत्थी दिन । जबजब जगदीश दाइ हिउँद्का चिसा दिनमा आफ्ना लेखनका कामहरू लिएर मन्थली आउनु हुन्थ्यो म वहाँलाई पछ्याइ हाल्थेँ । कहिले अलि कडा मिजासमा त कहिले अलि नरम मिजासमा मसँग वहाँ वार्ताका लागि सहज रूपमै प्रस्तुत हुनुहुन्थ्यो । मैले करिब आधा दर्जनपटक वहाँसँग भलाकुसारी अँझ साहित्यिक वार्ताहरू गरेको रहेछु । ती सबैजसो कुनै न कुनै पत्रिकामा छापिएका छन् ।

हारभित्र लुकेको जीत संस्मरण

आज पुरा १९ महिना बितेछ, मैले लेख्न पढ्न छाडेको । यस अवधिभरिमा “हाय! हाय !लोकतान्त्रिक न्याय” शीर्षकको एउटा मात्र वास्तविक घटनामा आधारित कथा लेखी अन्तमा अलिकति काल्पनिक कुरा जोडे । २०७१ साल असार २४ गते साँझ ७:३० बजे जग्गा जमिनको साध सीमानाको निहुँमा छिमेकीसँग मेरो छोरा विष्णुको नराम्रोसँग झडप भयो । छोराले गुहार ज्यान बचाउँ भनेपछि छुट्याउन जादाँ हामी बुबा आमा समेत काटिएर सक्त घाइते भयौँ ।

20160203_MohanRajBaralMoon-Lekh

विपत्तिसँग सामाना गर्न फेसबुकले लगाएको गुन

वैशाख १२ को महा-भूकम्पपश्चात सदा झै सामाजिक संजाल फेसवुकमा आँखा डुलाउदै थिए । यो प्राकृतिक विपत्ति क्रुद्ध थियो । झन यस लगत्तैको लगातारको पराकम्पनले मन भरि मुटु भरि छटपटी भइरहयो । फेसवुकको न्यूज फिडमा गएर रिफ्रेस गरिरहदा ती सुन्न र हेर्न मन नलाग्ने भिडियो, खबर र फोटाहरू पोष्ट भइरहेका हुन्थे ।

स्मृतिमा मगर्नी

गोल गोल पुक्क पुक्क परेका गाला, हल्का चिम्सा दुई आँखाबीचको चेप्टो नाक, सानो गोलो ओठ र अगाडिको पुरै कपाल उचालेर भुक्क पारेको कालो कपाल सहितको फराकिलो निधार, छोटा छोटा पोटिला हातसहितको होचि होचि तर सग्लो आकृतिकी एउटी मगर्नी अर्थात बिजमाया मगर मेरो स्मृतिमा आज पनि मस्त, निर्वाध ओहोर दोहोर गरिरहन्छे । अँझ विशेषत हिउँदका दिनहरूमा ऊ बढी चलायमान रहन्छे मेरो मष्तिस्कमा । चिसा शारदीय दिनहरूमा न्यानो प्रेम बोकेर मलाई पछ्यौराले बेरिदिने मगर्नी आजभोलि कसलाई प्रेमले घनिभूत पार्दै होलिन् ?

20151213_NandaLalAcharya-ArticleOnPurushottamYadav

प्रकृतिमा विलिन विज्ञान–गुरुको सम्झनामा

एक साँझ फेसबुकमा शिक्षक मित्र प्रकाशचन्द्र यादवले मुटु मिचेर लेखे– ‘लामो समयदेखि नोबेल अस्पतालमा उपचारार्थ रहनुभएका हाम्रा अभिन्न मित्र पुरुषोत्तम यादवको स्वाथ्यलाभको कामना गर्दछु । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको खबरले मर्माहत तुल्याएको छ । उहाँसँग सहकार्य गरिरहने सौभाग्य प्राप्त भइरहोस् भनी परमात्मासमक्ष प्रार्थना गर्दछु ।’ फेसबुक खोलेर पढ्नुपर्ने कुरा पढे पनि र सेयर गर्न मन भएका कुरा सेयर गरे पनि प्रकाशचन्द्र सर कहिल्यै कसैका लागि केही लेख्नुहुन्नथ्यो । भनौँ उहाँको लेख्ने बानी थिएन । उहाँले लेखेका ती सन्त्रस्त शब्दहरूले अनिष्टको सङ्केत गरिसकेका रहेछन् । साथै, अन्य थुप्रै शुभेच्छुक फेसबुके साथीहरूले उहाँको शीघ्र स्वास्थ्यलाभको कामनामा आफ्ना शब्दहरू खर्चेका थिए । दुर्भाग्य ! ती सबैका शुभेच्छालाई तिरस्कार गर्दै प्रकृतिको अदालतले उहाँलाई आफूमै समाहित गर्ने निर्णय गर्यो । त्यो दुष्ट दिन थियो– २०७२ साल श्रावण ७ गते बिहीबार साँझ ६:४० ।

20151206_NandaLalAcharya_Lekh

आउँदा केही छैन, जाँदा भने रुवावासी

उद्घोषकको हैसियतले परिस्थितिलाई कार्यक्रमको गन्तव्यअनुकूल पारिराख्न मलाई हम्मेहम्मे पर्यो । लामो समयदेखि शिक्षणसिकाइ कार्यकलापमा सहकार्य गर्दै आएकी सुचिता कुमारी देवले यत्तिञ्जेलको गल्तीलाई माफ गरिदिनुस्भन्दा विशिष्ट अतिथिसमेत रहेका शिक्षक रामदेव रजक भक्कानिए । उनीहरूका बीच लामो समयसम्म सहकार्य गर्दा कहिलेकाहीँ तँछाडमछाड भएको हुनसक्छ । त्यो एकोहोरो नभई दोहोरो नै हुनसक्छ । अब ती दिन पुनः फर्कने सम्भावना विल्कुलै न्यून थियो । हुँदा केहीजस्तो नलाग्ने तर नहुँदा केके न बितेजस्तो हुने वातावरण थियो । सबैको मन मलिन थियो । कसैको जीवन नै गुमाउनु परेको जस्तो भान हुन्थ्यो ।