Skip to content

संस्मरण

सरकारी शिक्षकको रूपमा पहिलो दिन

२०७१ भदौ ३ गते मङ्गलबारको दिन सबेरै आँखा खुले । भदौरे झरीले स्वागत गरिरहेको थियो । लामो समयको खडेरीले सप्तरीका कृषक आक्रान्त थिए । अब भने तिनीहरूमा उमङ्ग छाएको हुनुपर्छ । ढिलै भए पनि खेतीपाती लगाउन पाइयो भन्ने लागेको हुनुपर्छ । मनमा नाना थरीका कुराहरू खेलिरहेका थिए । त्यत्तिकैमा पल्लो कोठामा बस्ने शिक्षक मित्र अभितकुमार चौधरीले भने, ‘‘आज तपाईंको साइत बनिरहेको छ । नयाँ ठाउँमा नयाँ मान्छेलाई प्रकृतिले पनि स्वागत गरिरहेको छ ।’’ उनका कुरालाई सहर्ष स्वीकार गर्दै ‘तपाईंका मुखमा दूधभात परोस्’ भनेर जवाफ फर्काएँ ।

जगदीश घिमिरे: फूलजस्ता नरम र बज्रभन्दा कठोर

‘कसैको जीवनको टुङ्गो छैन तर मेरो जीवनको टुङ्गो छ । औसत दुई चार वर्ष हो –आगे उपरवालाको मर्जी । भविष्य चिन्ता व्यर्थ हो – आफ्नो नियन्त्रणमा छैन, सोच्नै नपाई आइसक्छ, मेरोजस्तो रोग । अनि चिन्ताले केही थेगिने पनि होइन । चिन्ता जानेलाई होइन नजानेलाई हुन्छ । मेरो जाने टिकट र भ्रमण आदेश आइसकेपछि अब केको चिन्ता ? सबैको जन्मँदै दुईतर्फी टिकट बनेको हुन्छ । फर्कने मितिमात्रै गोप्य हुने हो ।’ (‘अन्तर्मनको यात्रा’, शीर्षक अस्पतालमा स्वजन, पहिलो संस्करण, २०६४, पृष्ठ १६७)

मात्र एउटा अवकाश पत्र

मानिस जन्मेपछि मर्छ यो शाश्वत सत्यसँग कसैको दुई मत हुनै सक्दैन । तर एक दिन मरिन्छ भन्ने जान्दाजान्दै पनि मानिसले आफूले आफूलाई माया गर्छ आफ्नो कायालाई माया गर्छ, आफ्नो छायाँलाई समेत स्नेह गर्छ जबकि उसलाई थाहा छ जीवनमा एक दिन काया, छायाँ, माया, धन, दौलत, प्रियजन सबै छाडेर अनन्त यात्रामा निस्किनै पर्छ तैपनि मृत्युपर्यन्त ऊ लोभ, मोह र क्रोधबाट पृथक रहन सक्दैन । किनभने संसार मायावी छ र मायावी संसारको मोहबाट जोगीहरूले मुक्त हुने भरमग्दूर प्रयत्न गरे तापनि भोगीहरू मुक्त हुन के सक्थे र यही मायावी समुद्रको म पनि एक थोपा हुँ । म पनि परम्पराबाट हटेर पृथक हुन कसरी सक्थें र ? कसरी सक्नु र ?

एस.एल.सी यात्रा

‘यो रेडियो नेपाल हो । राति नौ बजेको समाचारमा स्वागत छ म कोमल वली । सबैभन्दा पहिले यस प्रसारणका प्रमुख समाचारः परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एस. एल. सी. परिक्षाको परिक्षाफल प्रकाशित गरेको छ, ……..’

“लौ तेरो रिजल्ट आएछ । अब पास भैहाल्लास क्यार कुन डिभिजनमा हो त्यै थाहा पाउने त होला नि । अहिले थाहा पाउने केही उपाय छैन, भोलि बिहान दुध लिएर तँ बजार जा, म चाहि गोरु लिएर खेतमा जाउँला ।

मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

अाज ठ्याक्कै २६ बर्ष भएछ । अामा र मेराे भेट नभएकाे पनि । श्रावण महिना मेराे लागि कालाे महिना हाे । अझ श्रावण महिनाकाे १३ गते महाकालाे दिन । हरियाली हुनुपर्ने बन उजाड देख्छु। डढेलाे लागेकाे पाखा जस्तै । लाग्नु स्वभाविक हाे । यही महिना यही दिन मेराे खुसी लुटिएकाे थियाे । करिब ४ बर्ष… Read More »मेरो खुुसीकाे हत्यामा ईश्वरको संलग्नता

कन्चटमा पेस्तोल तेर्छिएकाे त्याे दिन

घटना घटेको अवधिपछिका निकै वर्ख बिते । उहाँकरुको भाटे कारबाहीबाट कारबाहीको प्रक्रिया अलिक बेग्लै हुन थालेको थियो । देशै भरिका गाविसका कार्यालय भवनहरु ता धेरै नै ध्वस्त गरिसक्नु भएको थियो । सेना र पुलिस चौकीहरुमा पनि उहाँहरुले हमला गर्न थालिसक्नु भएको थियो । त्यसबाट देशमा जनताहरुका छोराछोरीहरु पनि निकै नै सोतर पारिसक्नु भएको थियो । मेरो माओली दाजुकी छोरी आठ कक्षामा पढ्दा पढ्दै सामन्तवादी दलाल पुँजीपति र साम्राज्यवादी नोकरसाहीहरुको विरुद्धमा उहाँहरुको डफ्फामा लागेर देशलाई जनगणतन्त्र बनाउन लागिसकेकी र सेनाको हातबाट मारिइ पनि सकेकी थिई । यो ता एक उदाहरण मात्र थिई । यस्तै धेरै बालबालिकाहरु शोषक, साम

चाेर राघी गाई

यस अघि पनि मैले कतै राघी गाईको कथा भनेको छु ।

फेरि आज पनि । २०, २२ सालतिरको कुरा हो । हाम्रो राघी गाई चोर्नमा रिपु थियो । गोठालाले ऐचन नसक्ने खालको थियो । दाम्लो पनि कसरी हो खुस्काउँथ्यो । गाईलाई फाले लाउनु हुन्न भनेकोले फाले लगाइन्नथ्यो । भोकाएपछि थलैबाट अघि बारीमा पसेर डम्म पेट पारेर फेरि थलैमा गएर मचमच गरेर गाज काढ्दै उघ्राइरहेको हुन्थ्यो अाँखा छलेर। हामी तिनछक्क पथ्र्याैं । जंगलमा चराउन लगे पनि घर फर्कने बेलामा त्यसले बाटामा पर्ने छरछिमेकीहरुको बालीनालीमा पसेर नलुँड्याएको दिनै हुन्नथ्यो । आँखा छलेर अघि कताकताबाट त्यसले गोठालाको दोहोलो काढ्थ्यो ।

त्यो पल….

मेरो अगालोमा कसिएर धरधरी रोएको मेरो आँखा बाट हटेको छैन छोरा ! म अबको हरेक पल हरु तिम्रै खातिर हुनेछु अनि तिम्रो प्रगतिमा रमाउने छु ।
बस, तिम्रो खुसिको लागि म कुनै पनि जोखिम लाई सामन गर्न तयर छु छोरा मलाई माफ गर सक्छौ भने ।

मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ


म गत २०६९ बैशाख ३ गते बिहान कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा थिए । त्यहाँ म त्यसै गएको होइन मलाई गत चैत्र २९ गते बर्दियाको गुलरियामा लायन्स क्लव अफ बर्दिया र सहिद गंगालाल हृदयरोग केन्द्र काठमाण्डौद्धारा संचालित हृदयरोग तथा मधुमेह सम्बन्धी एक दिने शिबिरबाट फिजियोथेरापी गर्न एवं रगतमा बिबिध जाँच गर्न भनी रिफर गरिएको थियो ।Read More »मैले कोहलपुर मेडिकल कलेज अस्पतालमा जे देखेँ

विद्यालयको स्मृति

  • by

मेरो छोरा अभय बालप्रतिभा आवसीय स्कुलमा पढछ । संधैको झैं खानापछि हाम्रो उही वार्तालाप चल्दै थियो । छोराको जाँच, रिजल्ट, आउँदो परीक्षा, ट्युसन आदि इत्यादि । छोरा भन्दै थियो,”भोलि पढाई हुन्न तर सघाउन स्कुल जानुपर्छ। ” स्काइपमा छोराको आवाज पछिल्तिरबाट आइरहेको थियो। मैले सोधी हालें,”के भन्दैछ छोराले?” अन्जनालाई थाहा भैसकेको रहेछ, पर्सी स्वरस्वती पूजा ।
२०५१तिर सरस्वती पूजा हुँदा मेरो जस्तो दिन हुन्थ्यो २०७१मा उस्तै छ छोराको आज । छुट्टी त छँदै छ त्यस माथि स्कुल गएर बुनिया, उखु, मेवा, टुक्र्याएको केरा आदि मिलेर बनेको सरस्वती माताको प्रसाद। सार्है मिठो। फरक यती छ उु अहिले राम्रो लुगा लगाएर स्कुल जान्छ, म पुरानो पाइन्ट अनि धोएर चटक्क परेको पुरानो सर्टमा स्कुल जान्थे, पूजा गर्न भनौं या प्रसादको लोभमा ।

कविशिरोमणि लेखनाथ पौडेलको दुई शतबार्षिकीको स्मरण

कविशिरोमणि लेखनाथको दुई शतबार्षिकीको बारेमा साहित्यकार मुक्तिराम ढकालले कविशिरोमणि लेखनाथको व्यक्तित्व, कृतित्व माथि प्रकाश पार्नुभएको थियो । साहित्य आफ्नै गतिमा बढ्छ, साहित्यले मानवलाई सिर्जनशील बनाउँछ, समाजको परिवर्तनलाई समाउँछ र आधुनिकता दिन्छ भन्दै लेखनाजीको बहुआयमिक व्यक्तित्वको बारेमा प्रष्टाउनु भएको थियो ।

ShivaSharmaChanchal

बाको कोरा बस्दा

ठ्याक्कै पाँच महिनादेखि बाको बोली नै फुटेन । बासँग हाम्रो दोहोरो कुराकानी हुन सकेन । मुटुको धडकन चल्नु बाहेक शरीरको कुनै पनि अंग सक्रिय भएन । बाको यो हालतले एक वर्ष देखि नियमित महिनामा तीन– चार पटक पोखराबाट गाउँ पुग्नु पर्थ्यो मलाई । तन पोखरामा भए पनि बाको हालतले गर्दा मन सधै गाउँमै डुल्थ्यो ।

एक्ली आमालाई बाको स्यारसुसार गर्नु कम्ती मुस्किल थिएन । बिरामी बाको हेरचाह आमाले पाँच वर्षदेखि गर्नुभयो । होसले हो या केल्ले बाले संसार छाडनु दस दिन अघि दाइ र मेरो नाम लिएर एक/एक पटक बोलाउनु भएको रहेछ । अनि आमाले डाकेर त्यसपछि म दाजुसँग घर पुगे ।

20141019_AnujKulung

यूवाहरुको उत्प्रेरक श्रोतः सरीता गुरुङ

फेसबुकमा जानेर नजानेर जसरी भए पनि मलाई केही त्यस्ता साथीहरूसँग जोडिदिए । जोसँग मेरो मनोभावनाहरू एकिकृत भइदिन्छ । अनि म पुग्छु । ती व्यक्तिहरूको निकट । र म खुशी हुन्छु । उनीहरूसँग निकटतामा बाधिन पाउदा । त्यस्तै निकटतामा फेसबुकले मलाई जोडिदिएको एक साथी हुन् यूवा बर्गहरूको एक प्रेरणाको श्रोत समाजसेवी सरीता गुरुङ । संभवत फेसबुक नभएको भए मेरो सरीतासँग परिचय नहुन्थ्यो होला । भनौ उनीसँग एक त्यस्तो सामिप्यता नबढ्थ्यो होला ।

वृहस्पति (The Jupiter)

That’s Jupiter. The bigger one is Jupiter and others are its moons. ऊ धाराप्रवाह रुपमा व्याख्या गर्दै थियो । उसका कुनै कुरा मैले बुझेँ, कुनै बुझिन । कारण थियो उसको खगोलशास्त्रीय शब्दहरूको प्रयोग । बिचबिचमा yes भन्दै र टाउको हल्लाउँदै १/२ मिनेट जुपिटर अर्थात वृहष्पति ग्रह र त्यसका देखिएका चारवटा चन्द्रमा नियालिरहेँ । ऊ भन्दै थियो, “Jupiter has 11 moons …………… blah blah…….”। म अब टेलिष्कोपबाट आफ्ना आँखा मोडेर आकाशमा दृष्टि लगाउँदै थिएँ । ऊ प्रत्येक चम्किला पिण्डहरूलाई ग्रह, उपग्रह र ताराहरूमा विभाजन गर्दै मलाई बताइरहेथ्यो । म बुझे झैँ टाउको हल्लाउँदै उसका औँलाका इसारामा आँखाहरू दौडाउँदै थिएँ ।

बहुभाषिक राष्ट्रिय कविता गोष्ठी

म भर्चुअल लाइफमा बढी रम्ने मान्छे । बाध्यता, विवशता अथवा समयको माग भनौंबन्द कोठामा बसेर विश्व परिक्रमा गर्न मन पराउने म एउटा जीव । तर यही समयकहिलेकाहीँ मलाई उडाउँछदुरदराजमा, अनन्त यात्रामा र पुर्याउँछफ्ल्यास ब्याकमा ।

लगभग एक वर्ष अगाडि एउटा सन्देश प्राप्त गरेकी थिएँ फेसबुकमा। सन्देश प्रवाहकहुनुहुन्थ्यो हेटौंडाको प्रतिभाशाली गजलकारभाइ धर्मराज स्याङ्तान र सन्देश् थियो-दिदी नेपाल प्रज्ञाप्रतिष्ठानको सहकार्यमाहेटौडा शक्ति एफएमले आयोजना गरेको बहुभाषिक राष्ट्रिय कविता गोष्ठी आयोजनागर्दैछ। नेपालभरिबाट अन्य प्राय सबै भाषामाकविताहरू प्राप्त भैसक्यो तर तामाङभाषाको भने एउटा पनि आएन। हाम्रोसमुदायको तर्फबाट तपाँईले एउटा कविता पठाएर प्रतिनीधित्व गरिदिनुपर्‍यो ।

सौतिनी बाटो

सौतिनी आमा, सौतिनी बाबु, सौतिनी पेच, सौतिनी डाहा, सौतिनी माम्लो सर्वत्र सुनिएको हो। चिरपरिचित शब्द सुनेकै अनि बुझेकै पनि हो। तर, सौतिनी बाटो- सुन्दा पनि अचम्म? नयाँ शब्दैजस्तो, नयाँ कौतूहल नै सलबलाएजस्तो।

दु:खको मध्यान्तरमा

कोसौं टाढा हिँडेर आइपुगेका थियौं हामी। हामी भन्‍नाले मेरो कलेजका अग्रज उदितनारायण झा र म। हामी दुवै भोकै, दुवै लखतरान।

अफ्रिकाको कम्पाला – नैरोवीका केही महत्वपूर्ण स्थानहरुको यात्रा संस्मरण

अफ्रिका महादेशमा थुप्रै देशहरू छन् । केही देशहरू मोजाम्बिक, रुवाण्डा, कंगो, सोमालिया, शेरालियोन, लाइबेरिया, सुडान जस्ता देशहरूमा आन्तरिक वा जातीय दङ्गाका कारण राजनीतिकअसन्तुलनका कारण संयुक्तराष्ट्र्संगमार्फत मिशन संचालन गरी रुवाण्डा, शेरालियोन, मोजाम्बिक जस्ता देशमा पुन शान्ति कायम भइसकेको छ भने लाईबेरिया, सुडान, चाड जस्ता देशहरूमा अँझै मिशन कायमछन् । सुडानको डारफरमा पनि UNAMID (युनाईटेड नेशन हाइब्रिड मिशन एण्ड अफ्रिकन मिशन इन डारफर) संचालन भएको छ ई सं २००७ देखी यसै शिलशिलामा विश्वका विभिन्न देशका प्रहरी, आर्मी तथा सिभिलयनहरू सहभागी हुन आएका हुनछन् ।

नेपाली आधुनिक सङ्गीतका शिखर साधक भक्तराज

२०३९ सालको असार महिनाको एक बिहान, ललितपुरको चक्रपथ क्रस गरेपछि करिब एक मिनेटको दूरीमा बाटोको बायाँतर्फ रहेको एउटा घरमा म पुग्छु ।