आज पुरा १९ महिना बितेछ, मैले लेख्न पढ्न छाडेको । यस अवधिभरिमा “हाय! हाय !लोकतान्त्रिक न्याय” शीर्षकको एउटा मात्र वास्तविक घटनामा आधारित कथा लेखी अन्तमा अलिकति काल्पनिक कुरा जोडे । २०७१ साल असार २४ गते साँझ ७:३० बजे जग्गा जमिनको साध सीमानाको निहुँमा छिमेकीसँग मेरो छोरा विष्णुको नराम्रोसँग झडप भयो । छोराले गुहार ज्यान बचाउँ भनेपछि छुट्याउन जादाँ हामी बुबा आमा समेत काटिएर सक्त घाइते भयौँ ।
उक्त घटनामा गम्भिर रुपमा पीडित हामीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यलय संखुवासभाले जिल्ला सरकारी वकिल कार्यलय चैनपुरमा ज्यान मार्ने उद्योग जस्तो गम्भिर आरोप लगाई हामी एकाघरका ४ जना परिवार ९दुई छोरा हामी दम्पति समेतलाई एघार वर्षको जेल सजया माग गर्दै मुद्दा पेश गर्यो । जसको बारेमा तथ्य कुरा प्रकाश पार्दै मैले एउटा कथा लेखे जसको शिर्षक थियो “हाय हाय लोकतान्त्रिक न्याय” । त्यसलाई मैले आफ्नो नामबाट नलेखी शान्तिराम ज्यामाऊ नामबाट लेखेको थिए । किनभने त्यस समयमा मेरो मुद्दा अदालतमा विचाराधिन थियो र हाल पनि छ भन्दा पनि हुन्छ । तर पनि जिल्ला अदालत संखुवासभा चैनपुरको २०७२/२/२६को फैसलाले त्यो ज्यान मार्ने उद्योग नठहर्ने निर्णय गरेको थियो जसलाई पुनरावेदन अदालतल धनकुटाले मिति २०७२/१०/०४ गतेको फैसलाले सुरु जिल्ला अदालतको फैसला सदर गरिसकेको अवस्था छ ।
नैसिंगे नियाँ अठार ओलिको विवाह भन्छन् बुढापकाहरू, नजाने अँझै कति के हुनुछ । हामीलाई बल्ल १९ महिना पछि मात्र वारिस राख्न पाउने अवसर मिल्यो । नत्र भने ७ दिने १५ दिने वाहेक महिना महिनामा दुर्गम मकालु गा.वि.स.मा कार्यरत शिक्षक म के कस्तो उपायले त्यसरी चैनपुर, धनकुटा सपरिवार तारेख धाईयो कि त आफैलाई कि मेरा घरमा बाँधिएका, थुनिएका कुखुरा, बाख्रा गाईवस्तु कि त विधातालाई थाहा होला ।
पाठकवृन्द, तपाईलाई शिर्षक एकातिर गन्थन अर्कोतिर भएको अनुभुत भइरहेको होला हैन त ? म अब शिर्षक तिरै फर्कन्छु त्यस दिन मेरो छोरा विष्णु संयोगले मात्र बाँच्न पाएको हो भन्ने डा. दिपक बन्जाडेको मिति २०७१/३/२५को घाँ जाच केश फाराम रिर्पोटले प्रष्ट पार्छ । जस अनुसार टाउको जस्तो शंवेदनशिल अंगमा ४, ४इन्च लम्वाई तथा एक एक इन्च गहिरो दुई वटा खुकुरीका चोटहरू छन् । तत्काल राम्रो अस्पतालमा उपचार पाएर मात्रै नत्र भने ज्यानै जान सक्थ्यो । एता वारदातबाट छोरो छुटाउदा हाम्रा विपक्षी नेपाल सरकारका जाहेरवालाका पनि टाउकामा एक इन्च लामो छाला खुईलिएको चोट थियो । त्यति नै चोट पनि जि. प्र.का. संखुवासभाका तत्कालन कार्यलय प्रमुख डि.एस.पि. कमल थापालाई हामी उपर ज्यन मार्नै उद्योग मुद्दा दर्ता गर्ने हतियार बन्यो । चाहे जे होस् हामी अदालतमा उपस्थित भयौँ । अदालतमा प्राय जसो अपराधीहरू नै बढी उपस्थित हुन्छन् कि क्या हो ? निरपराधिहरू पनि परिवन्दबस् प्रहरीको फन्दामा परेका हुनसक्छन् भनी न्यायधिसभन्दा मुनिका कुनै कर्मचारीहरूले सोचेको हुदो रहेनछ किनभने विना अपराधमा कठाघरामा उभ्याइएका एकाघरका हामी चार जना न्यायलयको सादर मानी भकानिएर वाक्य फुटाउन नसकि वयान दिन अत्यान्त कठिनाई भई रोइरहदा समेत कतैबाट सहानुभूतिका शब्दहरू नपाउदा हामीलाई सुत्केरी भएकी मृगिणीले मेरा बालबच्चा मर्छन् मलाई नखानुस् भनी भोकाएको बघिनिलाई विन्तिगर्दा मृगिनिले ज्यान माफि पाएको र्धािर्मक कथाको झल्झलि सम्झना आइरहेको थियो ।
न्यायधीशको इजलासमा मुद्दा पुगुन्जेलसम्म पनि पर्खन ज्यादै मुस्किल हुदो रहेछ मुद्दामा फसेपछि । सायद यो कानूनि बाध्यता हुन सक्ला । मेरो मुद्दा ठिक १२ महिना पछि २०७२ साल जेठ २६ गते मात्र निर्णय बिन्दुमा पुगेर जिल्ला न्यायधिस समक्ष पेश भयो । जुन समय सम्ममा हाम्रो परिवार अर्धविक्षिप्त असामान्य मनस्थितिमा पुगिसकेको थियो । हामीलाई हाम्रो असामान्य मनस्थितिलाई सामान्य सन्तुलनमा ल्याउनकालागि कुनै मनोवैज्ञानिक परामर्सको आवश्यकता रहेछ अहिले हामीले बुझ्दा । जो हामीलाई न्यायलयबाट प्रदान हुन सकेन त्यसबेला । म आशा गर्दछु, आगामी दिनमा आउने निरपराधिहरूले त्यस्तो भोग्नु नपरोस् । अपराधीहरूलाई पनि यस्तो सजया दिईयोस जसको कारणले अपराधी आफ्नो अपराध महसुस गरी पश्चताप मानोस् तथा सजायाँको कारण सच्चिएर आगामी दिनमा लायक नागरिक बनी जीवन यापन गरोस् ताकी लाखोस् यस आरोप त मुक्त हुँ, अनि देखा जाला भनी कसैलाई दागा धड्ने खालको सजयाँ कसैलाई नहोस् । प्रस्तुत सम्बन्धमा पुनरावेदन अदालत धनकुटाले साह्रै राम्रो विचार पुर्याएको अनुभव मैले बटुल्न सके ।
कुरा २०७२ साल मंशिर २४ गतेको हो हामी चारै जनालाई प्रस्तुत ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालतबाट झिकाइयो । हाम्रो होस् हवास उडेको थियो, कतै मुद्दा उल्टियो भने हाम्रो गति के होला ? साच्चै भन्नु पर्दा हामी त्यस समयमा स्वस्थ्व दिमागले सोच्न नसकेका थियौ । त्यस अदालते हामी उपर गरेको ब्यवहारले पुरै आशावादी बनायो । त्यसमा पनि खास गरी त्यस अदालतका वाहालवाला रजिष्टार जितेन्द्रवावु थपलिगया लगायत सम्पूर्ण माननीय न्यायधिसज्यूहरूको सामुहिक परामर्शले हामी आशावादी भयौँ, न्याय मिल्ने छनक पायौँ, शान्ति मिल्यो । यहाँ सम्मकी हामी ज्यान मार्नै उद्योग जस्तो गम्भिर अपराधमा आरोपित चारै जनालाई राम्रो मनोवैज्ञानिक उपचार गरे सरह भयो । जसको कारण हामीलाई पर्ण रुपमा सफाई दिदाँ मुद्दा सायद सर्वोच्चमा जानु पर्थ्यो होला जो हाम्रो पहुँचमा थिएन । यदि मुद्दा उल्टिएर हमी पूर्ण रुपमा सफई पउनुभन्दा पनि सुरु अदालते मुद्दालाई ज्यान मार्ने उद्योग नठहराई कुटपिट तर्फ लगि जाहेरवालाई वादि पक्ष कायम गरिदिने गरी गरेको ठहरलाई नै सदर गरिदिनु हाम्रो लागि हितकर ठहरियो । किनभने जिल्ला अदालतको निर्णयको पेशीमा पुग्न हामीलाई १२ महिना लगातार तरेख धाउन पर्यो । पुनरावेदनको निर्णायक पेसीमा पुग्न थप ७ महिना लाग्यो भने विधाता ! सर्वोच्चको पेसीमा पुगुन्जेल सम्ममा हाम्रो हविगत कस्तो हुन्थ्यो होला ? त्यसैले पुनरावेदन अदालतले हाम्रो माग दावि अनुसार जहेरवाला प्रतिवादीहरूलाई हामीलाई कुटपिट गरे उपर कुनै सजायाँ नगरी तथा पूर्ण रुपमा हमीलाई सफाई पनि नदिई सुरु अदालतको निर्णय सदर गरी हमीलाई हराउदा पनि हमीलाई जीतेको अनुभुत भइरहेको छ । न्याय सर्वसुलभ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । अस्तु
जय बहादुर घिमिरे
ज्यामाउ माल्टा संखुवासभा
२०७२ माघ २४
