म कहिले चेतिने होला ?
भरखरै वरिष्ठ साहित्यकार अनिल पौडेलको अतितको “विस्कुन” नामको आत्मसंस्मरण बजारमा आएको छ । जसलाई पाठकहरूले खुब रुचिकासाथ पढिरहेका छन् । त्यहाँ “बिहेको कथा” शिर्षकको संस्मरण छ । उनको विवाहको सन्दर्भको जसमा उनले नढाँटी नलजाई आफ्नो आर्थिक दुदर्शा उल्लेख गरेका हुन् । जसलाई नजिकबाट त्यो कुरा नबुझ्नेले अतिशयोक्ति पनि मान्न सक्छन् । तर उनको विवाहमा जन्ती गएका मेरा आफन्तहरूको कुरा अनुसार सबै सत्य हुन् मेरो विचारमा ।

जाँदो १४ कातिक बिहान टिभिको स्कोलिङ न्युजमा स्रष्टा जगदीश घिमिरे बितेको खबरमा मेरो नजर प¥यो । साहित्यमा पूर्णकालीन रुपमा मैले खुर धसेको ७ वर्ष टेक्नु लाग्दा रुचाएको स्रष्टा नबितेकोले स्रष्टाको मलामीमा जुट्ने मेरो धोको अपूरो थियो । उनको ‘अन्तर्मनको यात्रा’ र ‘सिर्जनामर्म र उँट’ लेखले म उनीबाट पट्टिनुको बाबजूद उक्त धोको पूरा गर्ने कुराले म दोधारमा रेटिनु थालेँ । जसको कारणहरु यी थिए— उनी माइलोमाले थलिएर ‘अन्तर्मनको यात्रा’ मा उनले प्रलाप गरेपछि उनलाई अनावश्यक धेर टिठ्याइयो भन्ने मैले तर्क ठड्याउनु, उनको आयु ४ वर्ष मात्र बाँकी रहेको जानकारी चिकित्सकले दिएकोमा त्यो अवधि नाघेकोले उनीप्रतिको मेरो सहानुभूतिको पारो घट्नु, उनले ‘अन्र्तमनको यात्रा’ को पृष्ठसङ्ख्या ३ मा यी पङ्तिहरुमा हरेस गनगनाउँदै सुस्केरा फुक्नु— “ब्यङ्ककको तीनजना प्रतिष्ठित विशेषज्ञहरुले मेरोजस्तै स्वास्थ्यसूचक भएका माइलोमारोगीहरुको औसत आयु ३—४ वर्ष हुन्छ भने ।
नेपाल भारत र बेलायतमा शिक्षा गरेका उहाँको २००२ साल चैत्र २८ गते मन्थली रामेछापमा जन्म भएको थियो ।
मैले कलिलै उमेरमा गाउँ घरमा गरिने व्यवहारिक कामहरू खेतीपाती, वस्तुभाउ र घरभित्र गर्नु पर्ने कामहरू सिकें । घरमा बिहान बेलुका गाईवस्तुको गोबर भकारा गर्नुपर्थ्यो । त्यसपछि घाँसका भारी बिसाएर मात्र स्कूल जान पाइन्थ्यो । खेतीपातीका बेला स्कूल बिदा बसेर काम गर्नुथियो । नियमित स्कूल जान नपाएपछि पढाइ राम्रो हुने त कुरै भएन । स्कूलको पढाइलाई छाँयामा पारेर केही राजनीतिक गर्ने व्यक्तिहरूको संगतमा परें । उनीहरू कमुनिस्ट भन्थे । राति राति हाम्रो घरमा आउँथे । मलाई तिनीहरूले चम्किलो रातो तारा भन्ने किताब दिए । नोरोदोम सिंहानुकको बारेमा पनि ताता-तुतु गरें । ती पढेपछि मेरो कलिलो मस्तिकमा कम्युनिस्ट शिक्षाले अर्कै प्रभाव पार्यो । कम्युनिस्टहरू धर्ममा विश्वास गर्दैनन्, उनीहरूको शब्दकोषमा भूतप्रेत भन्ने हुदैन भन्थे ।
(किरातराई लेखकसङ्घको दोस्रो स्थापनादिवसको उपलक्ष्यमा आयोजित कवितागोष्ठी तथा सम्मानकार्यक्रम)
कुरा केही बर्ष अगाडिको हो । जे जे भन्थिन उनी म मान्दै जान्थे । आज्ञाकारी बालक झै, नमानौ पनि कसरी एक अग्रज, अनुभवी, साहित्य आकाशमा एक नारी हस्ताक्षर पनि साथै अभिभावक जस्तो मान्छे । स्वविवेकले केही गर्न पाउन्नथे, आiफ्नो मनको मालिक आफै भएर नि मनको कुरा गर्दिनथे उनले आह्राएको, खटाउको गर्ने आदत बस्याथ्यो मलाई, भने बमोजिम गर्न बाध्यता त थिएन मनमा डरले घर बनाएको थियो कराउली, रिसाएलीन भनेर हुन पनि मान्यजनको कुरा कसरी काट्नु तर कहिले लाग्दैनथ्यो कठपुतली भएछु, हर आदेश आज्ञा पालना गर्थे कुनै कुरा नकाटी, अटेर, विरोध नगरी ।
२८ अगस्त २०१० जिन्दगीका नरमाइला दिन मध्यको एक थियो । पुरा ३८ दिनको छुट्टिसकेर कर्मथलो(इजरायल) फर्किएको दिन । पछिल्लो पटक न्यानो र कसिलो अंगालो छुटाएर बाबा-छोरालाई अन्तिमपटक बिदाइका हात हल्लाएर लागेँ सामान चेकइनतिर । सपनाको मोती टिप्ने अनन्त रहरमा लामबद्द थिए अनगिन्ती नेपाली छोराछोरिहरू त्रिभुबन अन्तरराष्ट्रिय बिमानस्थलको बहिर्गमन बिभागमा । फेरि पछाडि फर्केर हेरेँ बाबा छोरा अँझै शिशामा आँखा टाँसेर मलाई हेरिरहेका रहेछन् ।
बिक्रम सम्बत २०३३ साल जाडो महिना मंगसिरको सुरुवातसँगै हामी हिमालय माध्यमिक विद्यालयबाट एस.एल.सी. परिक्षाको तयारीको लागी संयुक्त पढाइ कार्यक्रम चलाउने उद्धेश्यले म, प्रकाश बुढाथोकी, सर्वधोज निरौला अनि कृष्णलाल मिश्र मिलेर चौहान बाको चारधुरे घरमा डेरा लिएर बस्यौं । किनभने मेरो घर हालको वार्ड न. १४ को पुछारमा थियो, सर्वधोजको बाघखोर र कृष्णलालको १५ न. वडामा थियो प्रकाशको घर वडा न. १० भए पनि त्यो बेला यातायातको असुविधाको कारणले ट्युसन आदि पढ्न संयुक्त राम्रो हुन्छा भन्ने बिचारले डेरा लिएर बसियो । घर छोड्ने रहर, बजार बस्ने रहर अनि साथीभाइको महत्वको उमेरले पनि होला हामीलाई कहिले घर छोडौ जस्तो पनि भएको थियो ।
गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकको र मेरो राजनीतिक आस्था उत्तरदक्षिण जस्तो विपरीत भए पनि नेपालमा जन्मीहुर्की साहित्यसाधनामा घोटिएको किरात राई जातिमा मेरो लागि उनी सबभन्दा (उमेर र कृतिले) जेठो र सम्मानित व्यक्तित्व हुन् । त्यसैले समको १०६ औँ जन्मजयन्ती सिद्धिएपछि उनको नक्सालस्थित डेरातिर हानिएँ ।
भर्खरै दशैँ, तिहार, छठलाई बिदा गर्दै आँगनको डिलभरि गोदावरी, सयपत्री ढकमक्क फुलेको छ । सरद ऋतु घमाइलो मौसमसँगै एकपछि अर्को गर्दै आएका चाडपर्वले गाउँघरका सबै रमाइरहेका छन् । हरिबोधिनी एकादशीको लागि हजुर आमाले आमालाई तुलसीको मोठ सिगार्न लगाउदै हुनुहुन्छ भने भाउजू खाजाको लागि सकरखण्ड, फर्सी, आलु उसिन्दै हुनुहुन्छ । दाजु बगैँचामा लटरम्म फलेका सुन्तला डालाभरि टिपेर पिँढीमा राख्दै हुनुहुन्छ । बाबा उखुका लाक्राहरू अँगालोभरि लिएर गोठतिर जादै हुनुहुन्छ ।