Skip to content

लोकगीत

म त कोन को…………..

त्यती सारो छैन भो म खुनी
किन कुरा गरेको दिल छुनी
कहिले मरौ भो
आखिर तिमीले सोचेछौ म त कोन को…………..

कि त मलाई भुत्तुक्कै मार
तिर लागेको मृगा झैँ नपार
कहिले मरौ भो

झूठो कसम लौ मलाई चाहिँदैन

झूठो कसम लौ मलाई चाहिँदैन
दुईदिन हँसाइ जूनीभर
रुवानँलाई पाइँदैन
माया होइन पिपुलु पात झैँ
जता हावा उतै बसाइ सरे झैँ
बनकि चरीलाई झुठो जालमा नपार्नु
हजुर अर्काकी छोरीलाई

लोकलहरी

दुधको भारा आमालाई नतिरी
ए..होई.. मर्नु हुन्न स्वदेशमा नफ़िरी
जाउँ खोली तिरै तिर, बिदेशैमा लाली जोवान बित्योनी मन भरी पिरै पिर

स्वदेशमै पाए त राम्रो काम

फर्क परदेशी…….

भुल्यौ कि त तिम्ले गाउँबेशी
गा’को पनि बर्षदिन भा’छैन भनौ भने फर्क परदेशी l

साहुको रिनले परदेशी हुनु भो
एक्ली गाउँमा हाँस्नु कि रुनु भो
भुल्यौ कि त तिम्ले गाउँबेसी ………..l

सिरिमा सिरि

  • by

सिरिमा सिरि नि कान्छा बतासै चल्यो
बाबरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरो निरमाया

ढुंगाको छानु नि कान्छी टिनको छानु
नौतले घरको बाहसम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो माया लैजाऊँ कहाँसम्म सुन मेरी निर्मया

अर्को चिठ्ठी पठाउनुहोला

  • by

अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

जागिर खान जानुभयो घरबार छोडी
छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी
मरे-जिउँदो थाहा छैन भन्थे सधैंभरि
यसैपाला खबर पाएँ भेटेजस्तै गरी
अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

सुनपानीले छर्क मायालु

मान्छेभन्दा ठुलो जात कुन छ र?
मैले छुँदा पानी विष हुन्छ र?
जति सक्छ्यौ तर्क मायालु
मैले छुँदा छोइन्छ भने त
सुनपानीले छर्क मायालु

यानीमाया

  • by

यानीमाया उहिले उहिले कास्की जाँदा यानीमाया
यानीमाया देखें बैदाम ताल यानीमाया
यानीमाया पानी हेर्दा आफैंलाई यानीमाया
यानीमाया देखें तिम्रै मुहार यानीमाया
यानीमाया यानीमाया
यानीमाया यानीमाया देखें तिम्रै मुहार यानीमाया

स कर्णाली

स, जौका बारी, गौंका पुला कम्पनी
स, पुल बन्दी जया बैनै कम्पनी
स, हाँस्दै खेल्दै दिन काटम्ला कम्पनी
स, घरबार्या न भया बैनै कम्पनी
झल्काइदेऊ झल्काइदेऊ
गलैको कम्पनी माला झल्काइदेऊ

लेक फुल्यो लाली गुराँस

  • by

लेक फुल्यो लाली गुराँस बेसी फुल्यो टाँकी
हित्त चित्त मिलिसक्यो केमा रह्यो बाँकी
माया डोरीको
के लाउन साइनो बाहुको छोरीको

डल्ली मगर्नी

  • by

डल्ली मगर्नी हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्यासि
पीर पर्या सि हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्यासि

सिन्धुली गढी घुमेर हेर्दा

  • by

सिन्धुली गढी घुमेर हेर्दा सुन्तली मै
कतिमा राम्रो दरबार, मार्यो नि मायाले मार्यो
आजकालको जोबनमा हेर सुन्तली मै
कस्तो पो होला घरबार, मार्यो नि मायाले मार्यो