Skip to content


अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

जागिर खान जानुभयो घरबार छोडी
छुट्टिएर बस्नुपर्यो हामी दुवै जोडी
मरे-जिउँदो थाहा छैन भन्थे सधैंभरि
यसैपाला खबर पाएँ भेटेजस्तै गरी
अर्को चिठ्ठी पठाउनुहोला बिरहमा झलझली हेर्नलाई

तपाईंले कमाएका ती ढुङ्ग्री र बाला
त्यै बेचेर दशैं मान्यौं नराम्रो छ चाला
स्याँस्याँ गर्छन् केटाकेटी लाग्ने रुघाखोकी
यो सालको तुषाराले सिध्याइदिने हो कि?
दिउँसो लाको छिट्को टालो राति पनि फुकाल्छु ओढ्नलाई
यतातिर सन्चै छौं हामी कैले केही नहोस् है हजुरलाई

‘केवलपुरे किसानका गीत’ पृ ९३,९५

Leave a Reply

Your email address will not be published. Required fields are marked *