Skip to content


पानी तिरतिरे
लेऊ भन्थे बाबैले मार्यो पिरतीले
शिरमाथिको छायाँ
कुन दैवले छुटायो जुनीभरको माया

चरी ज्यानकी माया
गाई रैछ बनैमा माया छ मनैमा
पानी सललल
बाँचुञ्जेल आशै छ मरे गिरानीमा

जून टहटह
लाइरै’छ धरतीमा मनमा अँधेरी छ
झिलिमिली तारा
उजेलीमा बिलाई गो मनमा झन् तिर्सना

शब्द, स्वर – अमृत गुरुङ (नेपथ्य)
एल्बम – भेडाको ऊन जस्तो

Leave a Reply

Your email address will not be published. Required fields are marked *