Skip to content

बालकबाट बृद्दसम्म उमेर सरे जस्तै
झर्छ जीवन बोटबाट फूल झरे जस्तै

सुखदुःख जीवनमा आउनेजाने हुन्छ
हरेक दिन साँझ,बिहान,रातपरे जस्तै

संतुष्टी र खुशियाली भर्दै जानु पर्छ
कुवाबाट गाग्रीभित्र पानी भरे जस्तै

विश्वास र भरोसालाई छरौं जताततै
किसानले अनाजको बीउ छरे जस्तै

भाग्नु हुन्न डराएर जीवनको दुःखबाट
जंघारबाट पार लागौं खोला तरे जस्तै

केदार थपलिया
नुवाकोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *