गजल
कुरी बसेको छु इशारा कसैको
पाउँछु कि भनी सहारा कसैको
खोज्दैछु बस्न अन्तरमन भित्र
बनेर चन्द्र अनि तारा कसैको
भुलेर सबथोक पनि भुलिएन
नजरै नजरका झटारा कसैको
प्यासीहरूले मेटाउँदैमा प्यास
रित्तिंदैन फेवा, रारा कसैको
भन्दैछ गरीब चाहियो राहत
भोभो पुग्यो अब नारा कसैको
बचाइ प्राण उम्किदैछ सिकार
चिनेर पासो अनि चारा कसैको
केदार थपलिया
नुवाकोट