Skip to content

गीत

उकाली ओरालीहरुमा

  • by

उकाली-ओरालीहरुमा, भञ्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा
जहाँ-जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला-खहरेहरुमा सम्झना बनी बगिरहन्छु

ईश्वर तैँले रचेर फेरि

ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे मलाई दिई कसरी पछारिस् ?

पर्खी बसे आउला भनी मेरो उठने पालो

  • by

पर्खी बसे आउला भनी मेरो उठने पालो
मेरो उठने पालो
कुर्दा कुर्दै जिन्दगी नै भै गएछ कालो कालो
भै गएछ कालो मेरो उठने पालो

यो गाउँको ठिट्टो म

  • by

पहराको छातीबिच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
यो गाउँको ठिटो म, कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम

मैले गीत छोडी आएँ फूलको तरेलीमा

मैले गीत छोडी आएँ फूलको तरेलीमा
कहाँ खोजूँ कहाँ भेटूँ, कसको परेलीमा
मैले गीत छोडी आएँ फूलको तरेलीमा

जंगी निशान

  • by

रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
जिउँदो रगतसरि यो बल्दो यो शान हाम्रो

हिमाल झैँ अटल यो झुकेन यो कहिले
लत्रेन यो कहिले जंगी निशान हाम्रो

कालीपारे दाई कति राम्रो

  • by

कालीपारे दाई कति राम्रो
ढाका टोपी काँधैमा गल्बन्दी

शिरमा लाउने शिरको टोपी
पाउमा लाउने जुत्ता
मन मेरो चाचल भयो
यता जाउँ कि उत्ता