Skip to content


के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ

अँध्यारो देख्छु मुहार तिम्रो बादल छाए झै
सुस्केरा सुन्छु चैतमा आँधी बेहेरी आए झैँ
एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि
बसन्त नआई जीवनमा तिम्रो वर्षात आयो कि
के भुल भयो प्रिया मसँग बोल्दिनौ

सुन्य छ मेरो संसार तिम्रो उज्यालो नपाउँदा
अन्धकार छाउँछ जसरी राति जून नआउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको कुरा नफक्री झर्छ टाढिन नखोज
के भुल भयो प्रिया मसँग बोल्दिनौ

शब्द – कृष्ण हरि बराल
स्वर – नरेन्द्र प्यासी
संगीत – मदन दिपविम
एल्बम – कि त तिमी मन पर्छ्यौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *