को कसको हो, को कसको हो कसले चिन्न सक्छ र
सिंदुर हो या धुलो हो जीवन कसले भन्न सक्छ र
आँखा नै हो मीठो सपना देख्नु गल्ती हैन
मुटु नै हो चोखो माया गर्नु गल्ती हैन
बितिसकेका रहरहरुलाई कसले साँच्न सक्छ र
देखिएको आफ्नो हैन लेखिएको नै हो
खोजिएको आफ्नो हैन भेटिएको नै हो
बगिसकेको आँसुलाई कसले थाम्न सक्छ र
शब्द – किरण खरेल
स्वर – नारायण गोपाल
संगीत – गोपाल योन्जन
चलचित्र – सिंदूर
अहिले उज्यालोमा प्रकास
अहिले उज्यालोमा प्रकास सायमीको कार्यक्रममा आइरहेको छ, गुगल गर्दा मजेरिमा भेटियो । सारै मन छूने गित ।