Skip to content

गणतन्त्र गीत


आयो है नेपालमा गणतन्त्र आयो आयो
जनताले शासन गर्ने अब पालो आयो

सहिदको रगतले गणतन्त्र ल्यायो
जनताको मनमा, हेर भरोषा जगायो

राष्ट्रभक्त, श्रमभक्त सँगै हिँड्ने भए
नयाँ नेपाल निर्माणमा सबै जुट्ने भए

नेपाल हो रंगीचंगी जन फूलबारी
अनेक थरी फूलको राम्रो माला उनेसरि

सजाउनुपर्छ अब नेपाललाई हेर
पसिना र रगतलाई फाल्नुहुन्न खेर

हिमाल र तराईमा खुसी ल्याउनलाई
समृद्धिको नयाँ नेपाल बनाउनलाई

आफ्नो संविधान आफैं बनाउनुपर्छ
त्यसका निम्ति हामी सब एक हुनुपर्छ

मेची, काली, कोसी जलाधार हाम्रो
लुम्बिनीको ज्योतिजस्तै सगरमाथा हाम्रो

देशको रक्षा गर्न आज जनता जागेका छन्
गणतन्त्र ल्याउने सहिद अमर बनेका छन्।

शब्द : वामदेव गौतम
संगीत सुपरीवेक्षक : शम्भुजित बास्कोटा
संगीत : भूपेन्द्र रायमाझी
स्वर : समूह (रेडियो नेपालका कलाकार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *