Skip to content

सांस्कृतिक समीक्षा

गौरवशाली परम्पराका धनी आदिवासी तामाङ

  • by

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा सरकारले सूचीकृत ५९ आदिवासी जनजातिमध्ये ठूलो जनसङ्ख्या भएको सबैभन्दा पुरानो आदिवासी जनजाति हो तामाङ । नेपालमा भाषिक वक्ता सङ्ख्याको आधारमा तामाङभाषा चौथो ठूलो जनसङ्ख्याले बोल्ने भाषा हो । बुद्धको जन्मभूमि नेपालको बौद्धधर्म मान्ने आदिवासी जनजातिमध्ये सबैभन्दा पुरानो र ठूलो बौद्ध जनसमुदाय पनि तामाङ नै हो ।

देउता रिसाउने डरले अरूलाई दूध नदिने चलन

  • by

तपाईं सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङको दहबगर पुग्नुभयो भने त्यहाँ दूध र दही खान पाउनु हुने छैन ।

सामाजिक सद्भावको प्रतीक मिथिला पञ्चकोशी परिक्रमा

  • by

मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाइन्छ । मन्दिरमा होस् अथवा कुनै पनि पूजापाठ पश्चात मन्दिरको एक फन्को घुम्नु नै परिक्रमा हो । परिक्रमा निश्चित ठाउँको गर्ने गरिन्छ । मिथिलामा विवाहदेखि मृत्युपर्यन्त परिक्रमा गर्ने गरिन्छ । विवाहमा वरवधूले वेदीको वरिपरि घुम्ने गर्छन् त्यो पनि परिक्रमाको प्रतीक हो । यस्तै परिक्रमा मिथिलाञ्चलमा सदियौंदेखि मनाइँदै आएको छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पञ्चकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ ।

अंग्रेजीको मुहुनी लागेर

  • by

शिवरात्रिको अवसरमा कसरी अर्को शिवरात्रि पर्व उठयो ! तीन दिन तीन रात, अङ्ग्रेजीको धुनी जगाउन आएकाहरू, ताप्न आएकाहरू । भारत र बङ्गलादेशबाट, पाकिस्तान र श्रीलङ्काबाट मात्र होइन ! टाढाटाढाबाट जापानका एक हूल, उता हङकङ, युनाइटेड अरब इमिरेटस्, कतार, इरान मात्र होइन परपरका बेलायत र अमेरिकादेखिका अङ्ग्रेजीप्रेमीहरूको हूल काठमाडौं ओर्लियो । नेपालका ४६ जिल्लाबाट धारो लाग्यो- सात सय अङ्ग्रेजीप्रेमी तीन दिन तीन रात, कत्रो पर्व ! प्राथमिक तहदेखि विश्वविद्यालयसम्मैका कुनै विषयमा नेपालमा यत्रो सम्मेलन भएको थाहा छैन !

आफ्नैपनमा रमाएको जाति ल्होमी

  • by

संखुवासभा जिल्लाको हटिया,चेपुवा, किमाथांका र पावाखोला गाविस र पहिला नेपालकै भूभाग हाल तिब्बतमा पर्ने डेन्दाङ, च्याँगा र नादांग गरी करिब २ दर्जन गाउँ बस्तीहरूमा बसोवास गर्ने हिमाली जातीको नाम हो ल्हंोमी ।

धार्मिक पर्यटन र शिवरात्रि

  • by

ॐ नमः शिवाय, छैनन् अरु कोही प्रभु सिवाय । कल्याण एवं सुखका मूल स्रोत मङगलमय सदाशिव भगवान् अज्ञेय र अगम्य हुनुहुन्छ । उहाँको गुण तथा लीलाको वर्णन गर्न सरस्वती मातासमेत समर्थ हुनुहुन्न भनिएको छ । भगवान् शिव समस्त प्राणाीका अधीश्वर, व्रम्हदेवका अधिपति, साक्षात् परमात्मा हुनुहुन्छ । यहाँ यिनै परम उपास्य भगवान् सदाशिवको महिमा, स्तुति तथा कल्याणबारे सङक्षेपमा चर्चा गरिन्छ ।

तीजको महत्त्व

  • by

धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुस“ग गरििदने बचन दिएका थिए । उक्त कुरा पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगलमा गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्षपूरा भयो तैपनि विजयको लक्षण देखापरेन । एकदिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । पार्वतीको कठोर व्रतको प्रभावले शिवजी प्रकट भै चिताएको कुरा पुगोस् भनी आशर्ीवाद दिनुभयो । त्यसपछि शिव-पार्वतीको विवाह भयो ।

सीमित राजवंशी असीमित संस्कृति

  • by

नेपालमा बसोबास गरिरहेका ६१ वटा जनजातिहरू मध्ये राजवंशी पनि एक हुन् जसलाई कोचे पनि मानिन्छ । वि. स. २०५८ को राष्ट्रिय जनगणना अनुसार १ लाख २९ हजार ८ सय २९ कूल जनसङ्ख्या रहेको राजवंशी जाति नेपालको कूल जनसङ्ख्याको ०.५७Ü रहेको छ । मेची अञ्चलको झापा र कोशी अञ्चलको मोरङ्ग सुनसरी प्रमुख बासस्थान रहेको यस जातिको प्राचिन उदगम स्थल भारतको असम र वङ्गालबीचको ‘जलपाइर्गुड्डी’ भन्ने ठाउँमा रहेको पाइन्छ ।

राशिफलको बेग्लै संसार !

  • by

समाजमा राशिफल सुन्ने, सुनाउनेक्रम जुगौँ अघिदेखि चल्दै आइरहेको छ । पत्रकारिताका क्षेत्रमा पनि यसले अभिन्न स्थान ओगटेको छ । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, त्रैमासिकलगायत विभिन्न छापामा त राशिफल देख्दै आइएकै छ, साथमा रेडियो, टेलिभिजन कार्यक्रममा समेत यसले विशेष समय ओगट्दै आएको देखिन्छ । देशी, विदेशी अखबार, पत्रिका तथा टेलिभिजन च्यानल, रेडियोबाहेक इन्टरनेटमा समेत राशिफल दिनेक्रम बढ्दो छ ।

हाम्रो राष्ट्रिय पोसाक

  • by

हरेक राष्ट्रको आ-आफ्नो मौलिक पहिचान हुन्छ । आफ्नो कला, संस्कृति तथा परम्परामा राष्ट्रको पहिचान भर पर्छ । धेरै समयअघिदेखि नै कालसापेक्ष भई वैचारिक, आन्तरिक तथा परम्परागत रूपमा विकसित हुँदै आएको रीतिथिती, रहनसहन, चिन्तन मनन, राष्ट्र, समाज तथा जातिको मान्यता, भौतिक आवश्यकता आदिको स्वरूप हो- संस्कृति । व्यक्ति, पारिवारिक, सामाजिक, धार्मिक, राजनीतिक तथा जातीय जीवनलाई सुचारुरूपले परिचालन गर्न युगौंदेखि परिमार्जन गर्दै भोग्दै यहाँसम्म पुर्‍याएको संस्कार हो- हाम्रो संस्कृति । दौरा, सुरुवाल, टोपी, फरिया तथा चौबन्दी हाम्रो सांस्कृतिक जातीय जीवनको अभिन्न अंग हो ।

माघेसङ्क्रान्ति र लिम्बूको नववर्ष

  • by

मन्त्रिपरिषद्ले -पुस २३, २०६५) थारू जनजातिले माघी पर्वका रूपमा मनाई आएको माघेसङ्क्रान्ति पर्वलाई मगर जनजातिको पनि राष्ट्रिय चाड भनेर राष्ट्रिय पर्वको रूपमा मान्यता दियो । यसपछि सो दिनलाई राष्ट्रिय बिदा घोषित गरेको छ -गोरखापत्र, पृ.३, आइतबार, पुस २३, २०६५) । नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले देशभित्रका विभिन्न जातजाति र आदिवासी जनजातिले मान्दै आएको चाडबाडलाई सरकार र राज्यले मान्यता दिन थालेर सबैलाई समानताको आधारमा समावेशी व्यवहार गर्न थालेको स्वागतयोग्य कुरा हो ।

स्वस्थानी व्रतकथाको अन्तःवस्तु

शक्तिमाथिको विशेष प्रकारको श्रद्धा बोकेर रमाइलो मान्दै धेरैपल्ट स्वस्थानी कथा पढियो, तर अहिले सम्झँदा लाग्छ, कथा त फगत पढिएछ मात्र । कथाभित्रको घटनाक्रम, परिवेश, पात्रहरूबीचको लिङ्गीय सम्बन्ध र कथाले दीर्घकालीन रूपमा दिनखोजेको सन्देशबारे आफूभित्रै र सामूहिक रूपमा कुनै पनि प्रकारको चिन्तन, बहस, छलफल र विमर्श नै गरिएनछ । कथाभित्रका यस्ता केही विशिष्ट सन्दर्भ र घटना जसले दिएको निष्कर्ष र सन्देश पूर्णरूपमा गलत, असान्दर्भिक र अन्यायपूर्ण छन् ।

भोजपुरको खुकुरी चैनपुरको करुवा

  • by

करुवा भन्नै बित्तिकै सबैलाई कल-कल पानी पीएको तिर्सना गराउँछ । गर्मी होस या जाडो करुवा र पानी पीउने रहर सबैलाई हुन्छ । आˆना घरमा आएका पाहुनाहरूलाई काँसको करुवामा पानी दिएर इज्जत गर्ने चलन छ । धेरैलाई थाहा नहुन सक्छ आफैँले पानी पीउने करुवा र आङ्खोरा कहाबाट ल्याईन्छ र कसरी बनाईन्छ भन्ने । पाल्पाको ढाकाटोपी, भोजपुरको खुकुरीले इज्जत धाने जस्तै सङ्खुवासभाको इज्जतचाँही चैनपुरे करुवाले धानेको छ ।

श्रीपञ्चमीः शुभैशुभको मुहूर्त

  • by

माघ शुक्ल पञ्चमी तिथिका दिन घुमघामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेषगरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव जीवनमा ज्ञानको विशेष महìव हुने भएकोले यस पर्व अन्धकारबाट उज्यालोतर्फ लाग्नका लागि प्रेरणा दिने उत्सवको रूपमा पनि लिइन्छ । कुनै पनि मानवको आत्मिक प्रगति सामाजिक सम्वृद्धि एवं एकले अर्काप्रति परस्परमा स्नेह र सद्भाव कायम गर्न ज्ञान वा शिक्षाप्राप्तीको सर्वोपरी महत्व रहन्छ ।

सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

  • by

राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ ।

नापित जातिको उत्पत्ति र रहनसहन

  • by

‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ । कपाल काट्ने पेशा अवलम्बन गर्नेहरू नै ‘नापित’ हुन गएकाले यो जातिको न्वारान पेशाबाट हुन गएको मान्नुपर्दछ ।

स्वस्थानी कथाको सन्देश के हो ?

  • by

माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । तर यसमा के सन्देश समाहित छ भन्नेकुरा साधरण जनमा बोध्य छैन । यीनका धार्मिक पक्षले मात्र महत्ता पाइआएको छ ।

लोप हुँदै लोकसंस्कृति

  • by

नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

अबधि लोककला

  • by

अवधि भाषा नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया तथा कही मात्रामा कैलाली तथा कञ्चनपुरमा बोलिने गरिन्छ । यही भाषाभाषीहरूका बीच पाइने लोककलालाई अवधि लोककला भनिन्छ । ‘लोककला लोक’ र कला’ मिलेर बनेको छ । ‘लोक’को अर्थ सहर र गाउँमा फैलिएका त्यो विशाल जनसमुदायसित सम्बन्धित छ जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।