सांस्कृतिक समीक्षा
पुराणको अन्यायमा परेका इन्द्र
हिन्दुहरूका एउटा देवताको नाम इन्द्र हो । इन्द्रको सामान्य चिनारीमा उनी असुरपुत्री शचीका पति हुन् । शचीलाई पनि उनले अपहरण गरेरै ल्याएका होलान् । उनी असाध्यै स्त्रीलम्पट पनि छन् । स्वास्नीमान्छे देख्नै नहुने । उनी अत्यन्तै काँतर पनि देखिन्छन् हिन्दी टेलिशृङ्खलामा । जहिले पनि असुरहरूले अमरावतीमा आक्रमण गर्ने, इन्द्रलाई पराजित गरेर भगाउने र अमरावतीका अप्सराहरूको भोग गर्ने कथा हिन्दु समाजमा छ्यास्छ्यास्ती छरिएका छन् ।
नेपाली रङ्गमञ्चको मौलिक पहिचान
नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ । हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१ मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ । लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ ।
अनेक आयाम छन् किराँत चाडका
अढाइसय वर्ष लामो सामन्ती एकात्मक शासन ढलेर मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको तीन वर्षपछि किरात जातिले धूमधामसँग मनाउँदै आएको किरात चाडले पहिलो पटक उमुक्ति पाएको छ राष्ट्रिय चाडको रूपमा । नेपालको एकीकरणको महान् यज्ञमा तत्कालीन समयका विभिन्न जातजातिले आफ्नो राज्यसँगै आˆनो भूमि, शासन व्यवस्था, सभ्यता र संस्कृति पनि चढाए ।
देवत्व
हाँसेको प्रकृतिमा देवत्व हुन्छ । सुन्दर प्रकृति, सुकोमल हृदय मानवीय चेत प्रष्ट पारेर देखाउने देवत्वका प्रमाण हुन् । देवत्व मुस्कुराउँछ विशेष गरी बाल मुस्कानबाट । बाल मुस्कानमा सहज, सहृदयी भाव हुन्छ किनकि ऊ मुस्कानमा मात्र हुन्छ । कपट हुँदैन, उसले झापट पनि दिँदैन । कपट बोकेको कालो अनुहार भित्र राक्षस हुन्छ । राक्षसी प्रकृतिको राजकाजले देवत्व मुस्कान दिन सक्ला तर त्यसभित्र देवत्व हुँदै हुँदैन । हुने, छुने सहज प्रकृतिमा हुन्छन् ।
एउटै देवीका थरीथरी नाम, थरीथरी नामका थरीथरी अर्थ
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
श्री दुर्गासप्तशती ।
अर्थात् जयन्ती, मंगला, काली, भद्रकाली, भद्रकाली, कपालिनी, दुर्गाक्षमा, शिवा धात्री, स्वहा, स्वधा नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ ।
नयाँ नेपाल निर्माणको नारा र धार्मिक-सांस्कृतिक परम्पराहरू
विश्वसामु हाम्रो देश नेपाल र हामी नेपाली भनेर गर्व गर्ने आधारहरूमा माटो र भूगोल मात्र नभई हाम्रा भाषा, साहित्य, कला र संस्कृतिहरू पनि उत्तिकै बलिया आधारस्तम्भका रुपमा रहेका छन् । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रका रुपमा आˆनै मौलिक पहिचानका पर्व, परम्परा र संस्कृतिहरूका विशेषताहरूले परिपूर्ण छौँ हामी । धार्मिक, सांस्कृतिक र सामाजिक सहिष्णुतामा बाँधिएको हाम्रो आˆनोपन नै हाम्रो राष्ट्रिय गौरव हो ।
नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति
नेपालमा मौलिकरूपमा दुईवटा संवतहरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल (काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवतहरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आफ्नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् ।
च्याब्रुङ र सम्झनाहरु
अँगेनोमाथि धूवाँको मोसोले खाएको च्याब्रुङ -ढोल) र ढ्याङ्ग्रो । छेउमा पुरानो नेसनल पानासोनिक रेडियो । चुल्होमा थुपारिएको दाउरा छेउ राघे बिरालो आँखा तिखारिरहेको छ । हालैको दिन सोलुखुम्बुको दुर्गम मैदेल गाउँवासी ६३ वर्षे कवीरमान थुलुङको घर पस्दा एकैपटक यी दृश्य देखियो, ग्यालरीमा झुन्ड्याएको पूर्ण कोलाज चित्रजस्तै ।
ऋग्वेदमा देवीदेवता
म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।
पाणिनि र पणेना
संस्कृतभाषा र साहित्यको क्षेत्रमा पाणिनीय अष्टाध्यायी -व्याकरण को स्थान शरीरमा प्राण जत्तिकै गहन र अन्योन्याश्रति छ । अझ साँच्चै भन्ने हो भने केही समयका लागि प्राणविनाको शरीरको त कल्पनासम्म गर्न सकिएला । तर पाणिनीय अष्टाध्यायीविनाको संस्कृतभाषा साहित्यको त त्यतिसम्म पनि सकिन्न । महामुनि पाणिनिद्वारा विरचित अष्टाध्यायीमा आठ अध्याय, प्रत्येक अध्यायको चारचार पाउले गरी ३२ पाउ र तीनहजार ९९५ सूत्र छन् र यिनै सूत्रभित्र नै संस्कृतभाषाका सबै शब्द अडेका छन् ।
कौण्डिन्य गोत्रको प्रारम्भ द्वापर युगमा
ज्ञान मण्डल लिमिटेड वाराणसीद्वारा प्रकाशित ‘वृहत हिन्दी कोश’मा कौण्डिन्य भनी कुण्डिन ऋषिको गोत्रमा उत्पन्न व्यक्ति भनेको छ । त्यस्तै वामन शिवराम आप्टेको स्तरीय र मान्य भनी विद्वानहरूले स्वीकार गर्दै आएको ‘संस्कृत हिन्दी कोश’ले एक ऋषिको नाउँ भनी कौण्डिन्यको व्युत्पत्ति भनेर कुण्डिन±ष्यञ दिएको छ । ‘नेपाली वृहत शब्दकोश’ले भने कौण्डिन्य भनी पराशर र कौण्डिनीबाट जन्मिएका गोत्र प्रवर्तक ऋषि भनेको छ ।
बालन नाच – लोप हुनबाट जोगाउने कि !
खासगरी ब्राहृमण-क्षेत्री समाजमा बालन गायन र त्यसको लयसागै नाच्ने परम्परा धेरै पुरानो हो । ब्राहृमण-क्षेत्री समाजमा प्रचलित रहेको हुनाले यसलाई ‘बाहुननाच’ पनि भनिन्छ । बालन, नेपाली संस्कृतिको एक महìवपूर्ण पक्ष हो । पश्चिमा संस्कृतिको प्रभावसागै केही यता बालन गाउने र नाच्ने चलनमा कमी मात्र आएको छैन, यो चलन झण्डै लोप हुने अवस्थामा पुगेको छ ।
- « Previous
- 1
- …
- 7
- 8
- 9
