Skip to content

सांस्कृतिक समीक्षा

‘ल्होछार,’ ‘ल्होसार’ तथा ‘लोसार’ होइन ‘लोशर’

  • by

एसिया महादेशका विभिन्न भूभागहरूमा विशेष गरी भारतीय उपमहाद्वीपमा बसोबास गर्ने शेर्पाहरूले आदिमकालदेखि प्रचलनमा ल्याएको संवत्सरको उत्सवलाई शेर्पा भाषामा ‘लोशर’ भनिन्छ ।

किंवदन्तीमा बूढानीलकण्ठ

  • by

एक किंवदन्तीअनुसार प्राचीन समयमा नेपालका कुनै एक राजा नियमितरूपमा भगवान् बद्रीनाथ र केदारनाथको दर्शन गर्न उत्तराखण्ड जाने गर्थे । त्यसबेला यातायातको कठिनाइ थियो । त्यहाँ आवतजावत गर्न महिनौ लाग्दथ्यो । भगवान्ले राजाको अनन्य भक्तिनिष्ठाबाट प्रसन्न भएर ‘अब उप्रान्त तिमी यहाँ आइरहनु पर्दैन, मेरो समन्नित रूप त्यही नेपालमा नै दर्शन गर्न पाउने छौ भनेकाले बूढानीलकण्ठ प्रादुर्भाव भएका हुन् भन्ने मान्यता पाइन्छ ।

हिन्दू समाजमा अन्त्येष्टि संस्कार

  • by

संस्कार शब्दको प्रयोग अनेक अर्थमा भएको छ । संस्कारको शाब्दिक अर्थ शुद्धि, सुधार अथाव सफाइ हो । जीवनलाई शुद्ध पार्न समुचित तरिकाले गरिएको कार्य पद्धति नै संस्कार हो । यसै शाब्दिक अर्थको आधारमा संस्कारमार्फत आत्मा शुद्ध हुन्छ भन्ने कुरा थाहा हुन्छ । जन्मदेखि मृत्युसम्मको परम्परागत क्रिया हिन्दूहरूका लागि आवश्यक छ किनभने संस्कारविना जीवनको परिशुद्धि अथवा आत्माको उन्नति हुन सक्दैन ।

काशीः एक प्रभाव

  • by

शब्द, अर्थ र कलमलाई लिएर खेल्नेको संसारमा अभिधा, लक्षणा र व्यञ्जना गरी शब्दका तीन शक्ति शब्द-शक्तिका रूपमा परिचित रहेका छन् । रड्ढ र कुची लिएर खेल्नेमुकेश श्रेष्ठको “काशी ः एक प्रभाव” शीर्षकको प्रकाशित चित्रप्रदर्शनी शब्दमा उल्लेख गर्नुपर्दा अभिव्यक्तिका यिनै शक्तिमध्ये लक्षणा तथा व्यञ्जना शक्तिका रूपमा रहेको छ । मुकेशका चित्रभित्र चित्र अवयवका कतिपय बिम्ब अप्रत्यक्ष रूपमा आएका छन् र चित्रसिद्धान्तका प्रयोग अप्रत्यक्षकै सीमामा प्रयुक्त रहेका छन् ।

तिहार पर्व र यसको विशेषता

  • by

दसैँको लगत्तैपछि आउने तिहार पर्व नेपालीहरूको दोस्रो ठूलो चाड हो । हरेकवर्ष कात्तिककृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने यस पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

सूर्य उपासनाको पर्व छठ

  • by

तराईमा मनाइने चाड पर्वमध्ये छठ एक महान् पर्व हो मुख्य रूपमा पारिवारिक सुख समृद्धि र शान्तिको कामना गरी मनाइने छठमा श्रद्धालुहरू सूर्य देवतासँग प्रार्थना गर्दछन् । यसका अतिरिक्त आफ्नो दुःख, कष्ट र रोग व्याधिको नाश होस् भन्ने कामनाका साथ पनि यो पर्व मनाइन्छ । सक्नेले व्रतमा बस्ने, नसक्नेले फलफूल व्रतालुलाई दिएर सूर्यको आराधना गरिन्छ ।

मिथिलाको महावर्व

  • by

मैथिली संस्कृतिमा मनाइने हरेक चाड पर्वमध्ये कार्तिक शुक्ल षष्ठीमा मनाइने छठ पर्वको आफ्नै विशेषता र महत्वका कारण महापर्व भनेर चिन्ने गरिन्छ । यस पर्वलाई हिन्दूहरूको चाड भनिए पनि हरेक धर्मावलम्बी जातजातिहरूको उतिकै सहभागिता देखिने गरिन्छ ।

महान् पर्व छठ

  • by

नेपालको तराई-मधेस भू-भागमा ठूलो चाडका रूपमा मनाइने छठ-पर्व कार्तिक महिनामा धूमधामका साथ मनाइन्छ । यो पर्व हिजोआज नेपालको तराई-मधेस भू-भागमा सीमित नरही राजधानी काठमाडौं लगायत विभिन्न भू-भाग र ठाउँहरूमा

भाइटीकामा मितेरी साइनो

  • by

भाइटीकाको दिनमात्र खुल्ने रानीपोखरीस्थित भातृत्तेश्वर महादेव मन्दिरमा धेरै दाजुभाइहरूले टीका थाप्छन् । राजधानी काठमाडौंमा अन्जली दिदीले विगत केही वर्षदेखि धेरै भाईहरूलाई टीका लगाइदिंदै आउनु भएको भएको

तिहार मनै रमाइलो, वातावरणै रमाइलो

  • by

यमपञ्चक तिहारका पाँच दिन हामी मानवको नजिकमा रही कुनै पनि तरिकाले भलो गर्ने पशुपंक्षीका लागि छुट्याएको छ । यमपञ्चकको पहिलो दिन कात्तिक कष्ण द्वादशीको दिनलाई कागतिहार भनिन्छ । यस दिन कागलाई सम्मान गरी द

मिथिलामा भ्रातृद्वितीया

जमुना नेओतैत छथि यम के ,
हम नेओतैत छी भाइके ,
हमर भाइ कुम्हरक फूल ,
बजरि खाय बज्र भके जीवे,
जेना गंगा जमुनाक धार बढय,
तहिना हमर भाइके औरदा बढय ।

नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः

शंखधर साख्वाः नेपाल संवत्का प्रवर्तकका रूपमा ख्यातिप्राप्त र सुप्रसिद्ध छन् । उहाँ नेपालको आदिवासी नेवार जाति समुदाय, समाज र सङ्गतमा हुर्केर कान्तिपुरमा बसोबास गरेका व्यक्ति हुनुहुन्छ । प्रचलित लोकोक्

भिन्दै छ खोकनाको दसैँ

  • by

नेपालीहरूको महान् चाड बडादसैँ टीका-जमरा लगाई उल्लासका साथ मनाउने चलन छ तर नेपालका कुनै हिन्दूहरूले टीका-जमरा नलगाई बडादसैँ मनाउने गरेको सुन्दा रोचक लाग्न सक्छ । दक्षिण ललितपुरको खोकना गाउँमा टीका-जमरा

नेपालमा शक्ति पीठको आराधना

  • by

पूर्वीय संस्कृतिमा वैदिक र वैदिक ईतर दुई भिन्दै संस्कारको सङ्गमबाट मातृ शक्ति र पैतृक शक्तिका रूपमा मान्यता प्रागैतिहासिक कालदेखि मान्दै आएको छ । प्रजनन र भौतिक आरक्षणको मानवीय आवश्यकतालाई ईश्वर र ऐश्

पूर्वको शक्तिपीठ छिन्नमस्ता भगवती

  • by

नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये छिन्नमस्ता भगवती पनि एक हो । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँ विकास समिति-२, सखडा गाउँमा छिन्नमस्ता भगवतीको मन्दिर छ । सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्नाटकका कर्

दसैँ पर्वः के किन र कसरी

  • by

दसैँ पर्व देश-विदेश जहाँसुकै रहेबसेका भए पनि नेपालीहरूले विशेष उत्सवको रूपमा मनाउँदै आएका छन् । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि घरघरमा सिङ्गो सृष्टिको प्रतीक घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गर

शुभकार्य गरिदिने शोभाभगवती

  • by

काठमाडौँको विष्णुमती नदीको पश्चिमतिर पवित्र शोभाभगवती मन्दिर रहेको छ । “ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः” भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने यो शोभाभगवती मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइ

रानीपोखरी काव्य महिमा

  • by

उनी थिए-कवीन्द्र । कवि-हृदय, कोमल मनका मालिक, स्वभावैले भावुक, त्यहीँमाथि आफ्नी प्यारी बैँसालु, रूपसी प्रेयसी सहचरीको चिरविरहले व्यथित बनेका । यौवनको बोझले झुकेकी, नतमुखी रमणीको झझल्को आइरहँदो हो मनमा

शक्ति उपासनाको पर्व

  • by

नेपालीहरूको महान् चाड दसैँ पर्वले हाम्रा घरआँगनमा प्रवेश गरिसकेको छ । हिजो शनिवारदेखि घर एवं शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राखेर मनाउन सुरु गरिएको यो पर्व यही असोज १२ गते सोमबार विजयादशमीको दिन समा