श्रीपञ्चमीः शुभैशुभको मुहूर्त

  • by


माघ शुक्ल पञ्चमी तिथिका दिन घुमघामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेषगरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव जीवनमा ज्ञानको विशेष महìव हुने भएकोले यस पर्व अन्धकारबाट उज्यालोतर्फ लाग्नका लागि प्रेरणा दिने उत्सवको रूपमा पनि लिइन्छ । कुनै पनि मानवको आत्मिक प्रगति सामाजिक सम्वृद्धि एवं एकले अर्काप्रति परस्परमा स्नेह र सद्भाव कायम गर्न ज्ञान वा शिक्षाप्राप्तीको सर्वोपरी महत्व रहन्छ । ज्ञानप्राप्तीबाट नै मानवले आˆनो सोच्ने र चिन्तन मनन गर्ने क्षमताको विकास गर्नसक्छ । शिक्षा अथवा उपयुक्त ज्ञानले मानवलाई प्रतिकूल स्थिति र गम्भीर समस्याको पनि सामना गर्नसक्ने क्षमता अभिवृति र गम्भीर समस्याको पनि सामना गर्नसक्ने क्षमता अभिवृद्धि गर्न सकिन्छ । यसैकारण ज्ञान प्राप्तिका लागि विद्या र वाणीकी अधिष्ठात्री देवी माता सरस्वतीको पूजा आराधना र बन्दना गर्छौँ ।

हामीले देवी देवताहरूलाई प्रत्यक्षरूपमा देख्न सक्तैनाँै प्रत्यक्ष कुराकानी पनि गर्न सकिन्न तर पनि ईश्वरीय शक्तिप्रति अपार आस्था श्रद्धा र विश्वास रहिआएको छ । भगवान्प्रतिको आस्था र विश्वासका कारण हामीमा आत्मिक शक्ति प्राप्त हुन्छ । हाम्रो आर्यसभ्यता र संस्कृति भनेकै ईश्वरीय आस्थाद्वारा उत्पन्न हुने सामथ्र्य हो । त्यसैले हाम्रो समाजमा मूर्ति पूजाप्रति विश्वास गरिन्छ । आ-आˆनो धर्म संस्कृति परम्परा र रीतिरिवाजलाई प्रत्येक नेपालीले आˆनो जीवनपद्धतिकै रूपमा आत्मसात्, गरेका हुन्छन् । यसमा आध्यात्म दर्शन पनि निहित रहेको छ । यसले हाम्रो छुट्टै र विशेष पहिचानसमेत निर्माण गरेको छ । सरस्वती मातालाई विद्याकी देवीको रूपमा लिइन्छ । यिनको धेरै नाम भए पनि मूलतः विद्या र बुद्धिको वृद्धिका निमित्त सफलता हासिल गर्न सरस्वतीमाताको भक्तिभावपूर्णरूपले पूजा अर्चना गर्ने शाश्वत परम्परा रही आएको पाइन्छ ।

शिक्षाआरम्भका लागि श्रीपञ्चमीको दिनलाई अत्यन्तै उत्तम र शुभ मानिन्छ । यसैदिन ज्ञान र विद्याकी प्रतिक एवं बुद्धि सम्पन्नता रूप गुण, सबैले युक्त भएकी माता सरस्वतीको जन्म भएको मानिन्छ । यसैदिन स-साना बालबालिकाहरूलाई अक्षर चिनाउन सुरू गरिन्छ । श्रीपञ्चमीको दिन बिहानै उठेर स्नान गरी शुद्ध भएर निकै उत्साहका साथ विद्यार्थीहरू सरस्वतीको मन्दिरमा गई भक्तिभावले पूजा आराधना गरी शिक्षाप्राप्तिको वर मागेर टीका प्रसाद ग्रहण गर्दछन् । श्रीपमञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । शिशिर ऋतुको समाप्तिको सङ्केत र ऋतुराज वसन्तको आगमनको पूर्व सङ्केतको रूपमा यस दिनलाई लिइन्छ । यसै दिन वसन्त श्रवण गर्ने परम्परा पनि हाम्रो समाजमा छ ।

वसन्त श्रवण गर्नका लागि काठमाडौँको हनुमानढोकास्थित नासलचोकमा पण्डित पुरोहितद्वारा विधिपूर्वक कथा वाचन गरिन्छ । लोकतन्त्रप्राप्ती पश्चात् राष्ट्रप्रमुखको हैसियतले राष्ट्रपति वा प्रधानमन्त्री जाने चलन चलेको छ । हिन्दु धर्मावलम्बीहरूले सरस्वती र बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको पूजा अर्चना गरी मनाइने यस पर्व ज्ञान आर्जनको लागि पवित्र दिनमात्र नभएर यससँग हाम्रा विविध सामाजिक, सांस्कृतिक र आर्थिक पक्षसमेत समाहित हुन पुगेका छन् । यस शुभ अवसरमा बालबालिकाहरूको नाक कान छेडिदिने गरिन्छ भने कुनै शुभकार्यहरू जस्तै विवाह व्रतबन्ध गृह प्रवेशको साइतका लागि उत्तम दिन मानिन्छ । जसका लागि कुनै लगन अथवा साइत हेर्नु नपर्ने भन्ने मान्यता छ । कुनै पनि नयाँ व्यवसाय उद्योग कलकारखाना सञ्चालनका निमित्त असाध्यै राम्रो दिन मानिन्छ ।

हाम्रो समाजमा विशेष महìवकासाथ लिइने श्रीपञ्चमी पर्वले शिक्षा अथवा ज्ञानमार्गलाई सुगम र अर्थपूर्ण बनाउन समस्त शिक्षा जगत्मा प्रभाव पार्ने उत्सवलाई जीवन्त राख्नु हामी सबैको साझा कार्य हो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *