खाना खानकै लागि

खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्

खाना खानकै लागि खुर्सानी, चबाउन दिनुस्
आज मेरो बिहे हो साथी कोट, लगाउन दिनुस्
म घरमै साग र सिस्नु खाएर कहाँ म अघाउँछु
नदी बिर्सिएर पानी प्युन मरुभूमिमा म आउछु

जुन सिरानीमा निदाउँछु, त्यही खोज्छ शीरले पनि!
जसको छातीमा रमाए, त्यही खोज्छ शरीरले पनि!

आलोचना गर्ने बानीले सम्बन्धमा, धमिलो बनाउँछ।
जसरी आफ्नैं चप्पलले पनि शिरमा, हिलो बनाउँछ।

हजारौ मान्छे भेटिन्छन जीवनमा सबै हराउँछन्
लाखौको यो भीडमा मात्र एकले मन पराउछन्

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन

कुकुर भुक्थ्यो, भुक्छ र फेरि भुकेको देखें
दुलो भित्र सर्प लुक्थ्यो आज लुकेको देखें

साँझको दियो अँझै केही बेर, बल्न दिनुपर्छ
तिमी आगो हौ मैनलाई पनि, जल्न लिनुपर्छ
हरेक घडीलाई, कहिलेकाहीँ सच्याउनुहोला
जिन्दगीलाई जिन्दगी जसरी, चल्न दिनुपर्छ

धनले सुख मिल्दैन तापनि पछि दगुर्छ मान्छे
भुलेर सेवा हिं परमो धर्म आफै हसुर्छ मान्छे

खुशी भए भुक्छ मेरो कुकुर
दुखी भए भुक्छ मेरो कुकुर
सबेरै उठ्छ रुन्छ कराउँछ
मलाई देखे नुघ्छ मेरो कुकुर
त्यो उदाङ्गो आकाश गरीबको घर धुरी हो
यो समय र सरकार कति सार्हो निष्ठुरी हो

आऊ हात समाऊ, गुनासो छैन
म यतै, तिमी उतै रमाऊ, गुनासो छैन
तिम्रो कमाउने शैली देखेर, लोभिने धेरै भए
अरे जसरी सक्छौ कमाऊ, गुनासो छैन

मान्छेको मन किन यति चञ्चल हुन्छ
तै भएर सायद ऊ सधैं असफल हुन्छ
बहुत माया गरेको या धोका खाएको हुनुपर्छ
नत्र भने यार मान्छे कहाँ त्यसै पागल हुन्छ ?

रघुवर दुलहा के दुलहिन चान हे
राम–सीया के जोडी दिव्य समान हे
पारल अरिपन गजमोती सजाओल
शुभ–शुभ गाउ सखी छिटु दूभि–धान हे