
उमेर गयो चाउरी पर्यो फेस फेरियो
स्टाइल पारीपारी हिंड्ने केश फेरियो
राजा मन्त्री सैनिक र हात्ती घोडा हुने
शक्ति अनि सत्ता खेलिने चेस फेरियो
पञ्चायत र बहुदल गयो गणतन्त्र आयो
विकाश केही नभए नि यो देश फेरियो
अवसर जति नेतालाई युवा जति खाडी
तिनका मेहनत पसिनाले विदेश फेरियो
चौबन्दी गुन्यूचोली दौरा सुरुवाल टोपी
देख्नै गाह्रो भयो अचेल भेष फेरियो
