
लाख आओस जीवनमा मात्रै तिमी खास हुनेछ
दुखसुख जस्तो होस यो मनमा तिम्रो बास हुनेछ
आऊ जाऊ हसाऊ रूवाऊ, नजिक होस या टाढा
तिमी यो जीवनमा होस नहोस तिम्रै आश हुनेछ
खुट्टा भए जुत्ता कति भन्छन, नेपाली समाजमा
सुरू तिमीबाट म तिम्रै लागि अन्तिम सास हुनेछ
म दुखी होस या खुशी, यो जिन्दगीको गोरेटोमा
तिमी खुशी भयौ भने मलाई खुशीको राश हुनेछ
लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली
