पद्य कविता
बिस्थापित समय
आशाहरु निदाइ गय निराशा पलाए
सफर यो जीन्दगी को बाटो मै हराए
उदायो सुर्य त्यो तापको रापले
जग्मगाइ उठ्यो चेतन बिकासका भावले
अनाहक बर्षाले लि आएछ पहीरो
जे थियो शरीर त्यो भयो थिल्थिलो
कतै लडे घर हरु कतै मानीस पुरिए
दुर्दसा को कहर कती घर फोरीए
बिस्थापित भए मनहरु बिस्थापित गाउँ भो
जीवन बग्दा बग्दै टक्क कतै त्यो अडियो
पाउ हरु लर्बाराए छैन टेक्ने कुनै ठाँउ
अनभिज्ञ नै सर्कार भो पायन छोपन कुनै ठाँउ
दुर्दसा उस्को भयो दैब मरी गए छ
चित्कारले सारा जग शान्त मा रमेछ
भोली उठी जगाउने आउला कि बिहानी
देश्का गाउ गाउ सजाउने होला की बिहानी
समय
तोरीको फूल टिपेर माला उन्न सकेपनि।
बादलको डोरी बाटेर टोपी बुन्न सकेपनि।
खरानीको धुलोबाट रोटी हाल्न सकेपनि।
बाख्राको खोरमा राखी हात्ती पाल्न सकेपनि।
ढुङ्गाको ड्याङ पारेर आलु रोप्न सकेपनि।
डोकाको जाल थापेर बाघ छोप्न सकेपनि।
खोलामा बाँध बाँधेर पानी छेक्न सकेपनि।
चन्द्रमाको शीरैमाथि पाइला टेख्न सकेपनी।
चैतमासको खडेरीमापानी पार्न सकेपनि।
समयको गतिलाई रोक्न सक्दैन कोहीपनि।
फरक देखियो
नयाँ पिँडी र प्रौढमा प्रत्यक्ष भेद देखियो।
शहर, गाउँ, केन्द्रमा जताततै त्यसै भयो।
जति हुनु थियो अझै बढेर पो हुदै गयो।
अलिअलि त हुन्छनै बिकासको नियम न हो।
पिता र पुत्रमा पनि अलि बढी दुरी बढ्यो।
गुरु र शिष्यमा अझै नचाँहिदो फरक भयो।
हरेक दलहरु पनि तनाबमै चली रह्यो।
फरक छ शैली कामको पुरानु औ नबिनको।
पुरानु भन्छ मै ठूलो अनुभबी म युगको।
अनेक दुख पार गरी बनाएको पिडी न हो।
म भन्छु जे उही गरुन् म शक्तिको मुहान हो।
स्वफूर्त क्यै हुने गरे उदण्ड संस्कृति भयो।
नविन भन्छ मैँ ठूलो म बिज्ञ मैँ छु फूर्तिलो।
पुरानु चिज थोत्रियो नयाँ उमङ्ग भित्रियो।
म जँड्याहां
ल्याओ ल्याओ अझैल्याओ, खटाउनु पर्यो किन?
जता खान्छु उतैफाल्छु,पचाउनु पर्यो किन?
लडी बस्छु मुडो जस्तै, उठाउनु पर्योकिन?
सुधा जस्तो मिठो निद्रा, टुटाउनु पर्यो किन?
पिई बस्छु खिई बस्छु, छुटाउनु पर्यो किन?
शँकर जस्तो असल बानि, हटाउनु पर्यो किन?
फुश्रै बनोश मुहार मेरो, चिल्लो पार्नु पर्यो किन?
सकिदिन्छु सबै दौलत, साँचिराख्नु पर्यो किन?
चिन्दिन म कसैलाई, चिनिराख्नु पर्यो किन?
लिई खान्छु झिकिखान्छु, किनिराख्नु पर्यो किन?
मरेमरुन जहान बच्चा, बँचाउनु पर्यो किन?
हाँस्छु नाँच्छु अरुलाई, हँसाउनु पर्यो किन?
किनार छैन जीन्दगी को
किनार छैन जीन्दगी को गहीराइ मा फसेछु
माया प्रीती पराइ को आफ्नै भनी सोचेछु
कटाक्ष्ले मार्दछिन कहिले आँशु झार्दछिन
स्वार्थमा हुन्छिन उनी सबै दाउ मार्दछिन
किनार छैनकी जीन्दगी लुब्ध पार्यो कि बैंश्ले
गाजले को गाजल तृष्णा बोक्यो की आँखाले
सुन्दर सपना छैन केहि घोप्टी आज रुँदै छु
चोट यो जीन्दगी को साथी म नी भोग्दै छु

मेरा आदरणीय काव्य गुरुको उच्चाइ के छुन्छु म
नभ वायु ताप जल, थल यो जगत सब