पद्य कविता
पर्देशबाट घरको सम्झना
बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्किएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?
खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?
बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाहुसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे
“छ्या है जिस्कन लाज छैन यसरी” रोपार भन्दा हुनन्
ब्याँसी फाँट असारका डिमिडिमे बाजा बजेका हुनन् ।।
म पानी
सधैं म मध्यरातमा भएर शीत पर्दछु
र व्योम धर्तीमा सधैं म शीत बिन्दु छर्दछु ।
जसै म झर्छु सुस्तरी बतास बन्छ शीतल
स्वभाव यो हुने हुँदा मलाई भन्दछन् जल ।।१।।
समस्त प्राणीमात्रको म प्राणमाथि प्राण हुँ
जता जता छ शुष्कता त्यता त्यता म त्राण हुँ
कराल काल अग्निले जहाँ जहाँ डढाउँछ
त्यहाँ त्यहाँ भने स्वयं म एक रामवाण हुँ ।।२।।
जताततै पहाडमा भई सुरम्य निर्झर
झरेर ओर्लँदै मिठो गरेर नाद झर्झर
म सुस्त सुस्त सुस्तरी विभिन्न राग गाउँदै
गला गला म धाउँला जहाँ गलो छ हर्हर ।।३।।
अनन्त कालदेखिको मिठो मिठो कहानी हुँ
कतै कतै वियोगको स्वभावकै सुनामी हुँ
समुद्रबाट बाफमा उडेर माथि लम्कँदै
मातृदेवो भवः
मातृदेवो भवः
होम सुवेदी
आमा प्रेम र स्नेहकी धरहरा यो प्राणकी प्राण हौ
आमा धर्ती वसुन्धरा जगतकै वा विश्वकै त्राण हौ
सृष्टि हौ स्थिति हौ तथा प्रलय हौ सुस्पर्श हौ घ्रांण हौ
आफ्ना सन्ततिका अनिष्टहरुमा जो रामकै वाण हौ ।।
तिम्रा जो पदचिन्हका पछि सधैं लागूँ कि लागूँ कि म
तिम्रो स्नेह कृपा र आसिक सधैं मागूँ कि मागूँ कि म
अन्यायीहरुमाथि वाण अहिल्यै दागूँ कि दागूँ कि म
धर्तीमा किन मातृशक्ति क्षय भो जागूँ कि जागूँ कि म ।।
माताबाट अनन्त अमृतहरु चाख्नै यहाँ पाइनँ
माताका चरणारबिन्दतलको धूलो कतै लाइनँ
तिम्रा स्वच्छ कला र कौशलहरुको ज्ञान नै पाइनँ
आमाका अधिकारपूर्ण रचना लेखी कतै गाइनँ ।।
मेरो नारी सम्बन्धी धारणा
२०३८ मा रचेको मेरा पुरानो ‘झुमा’ काव्यमा नारी सम्बन्धी
मेरो धारणा यस्तो रहेछ । यसो हेर्नसम्म हुने लेख्तो रहेछु उ बेला पनि ।
किन हो किन अहिले मलाई यसमा चित्त बुझ्दैन । सायद पर्याप्त परिष्कार नभएको देखेर होला ।
सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।
पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।
हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।
खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।
सिन्कैको भरमा तिम्रो कलाकारी उदाउँछ
भूपि शेरचनको कविता “मैनवत्तीको शिखा”को पद्यवद्धता
यौटा मोम अगाडि बल्छ अहिले हेर्दैछु हेर्दैछु म
आई झ्याप्प निभाउने पवनले सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले माथि धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।।
एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ।।
म नेपाली
आमा आँगनिमा गुन्यू तुनि बसुन् बाबु भिडुन् खेतमा।
नेपाली बिर हूँ छँदैछ पगरी जादैन मन् तेसमा।
खैजेडी मुजुरा मृदङ्ग मुरली जेजे हउन देसमा।
डम्फू झ्याली बजुन् मृदङ्ग पिपरी मन जान्छ ड्रम् सेटमा।
मालामा रसछैन आज रतिभर दिलबस्छ टाई तिर।
डिस्को मै मन रम्छ रागहरुको के काम भो आखिर।
भैँसी पाल्न मलाई लाग्दछ सरम् उँट्पाल्छु खाडी तिर। बाँझै होस् त घुर्यान जोत्छु बरु गै कतार् मलाया तिर।
देख्छु धेर् सपनाहरू सुखिहुने लाग्दैन ध्यान् काम तिर।
नामै काफिछ बीर् बहादुर मता गोर्खे परेँ आखिर।
निर्बाचन
निर्बाचन अब हुन्छ रे मुलुकमा शहर् बजार गाउँमा।
नेताको अब आउँदैछ चुनिने पालो निकै सिटमा।
तानातान हुनेछ सब् दलमहा चल्खेल् रसद् पानीको।
आमा नै अझ योग्यछन् बधु हुने के काम यी नानीको।
सर्कार नै अबता गनी नसकिने मन्त्री कति हुन् कती।
पक्कै मिल्छ टिकट हतास नहुनोस् पाइन्छ खोजेजती।
सांसद को गणना असम्भव भयो मेयर कति हुन कती।
सब्को भाग हुनेछ ब्यर्थ दलमा गर्छौ रडाको कती।

अब हामी आइपुग्यौं
उत्साह बोकी नववर्ष आयो
नयाँ नयाँ नेपालसँगै नयाँ नयाँ फेस