Skip to content

पद्य कविता

नवलपरासी

अब हामी आइपुग्यौं
सुस्ता नरसाही ।
नेपालीका लागि जहाँ
सधैं त्राही त्राही ।।
दु:ख गर्यो खेती पाती
लुटी लान्छन उतै ।
घरभित्र केही भए
बनाउँछन् रित्तै ।।

पर्देशबाट घरको सम्झना

बेला यो छ असारको सिमसिमे छिट्याउँदो हो झरी
कैले बादल उग्र भै घनघटा वर्षाउँदो हो झरी
पैरोले भिर खेत बारीहरु नै हुत्याउँदै पो छ कि ?
चम्किएर मिलिक्क पापी विजुली अत्याउँदै पो छ कि ?

खेतालाहरु ब्याँसी खेत लहरे गाएर झर्दा हुनन्
रोपाहार मसक्क मस्किई हिलो छ्यापेर खेल्दा हुनन्
ब्याडे चाहिं बियाडबाट बिउका फ्याँकेर मुठ्ठाहरु
जिस्के हुन् सपना भयो घर पनि टाढा छु खै के गरुँ ?

बैंसालुहरुलाई जिस्कन हिलो छ्याप्ता हुनन् बाहुसे
मायालुहरु इत्रिंदै मुसुमुसु बाँड्दा हुनन् दोपरे
“छ्या है जिस्कन लाज छैन यसरी” रोपार भन्दा हुनन्
ब्याँसी फाँट असारका डिमिडिमे बाजा बजेका हुनन् ।।

उँभाैली पर्व

हिंड बाबु हिंड नानी
पूर्वतिर जाऊँ ।
किराँतका गाउँ गाउँ
रमाउँदै जाऊँ ।।
याक्खा , राई , सुनुवार
अनि लिम्बू गाउँ ।
किरातेश्वर महादेव
सन्ततिका गाउँ ।।

म पानी

सधैं म मध्यरातमा भएर शीत पर्दछु
र व्योम धर्तीमा सधैं म शीत बिन्दु छर्दछु ।
जसै म झर्छु सुस्तरी बतास बन्छ शीतल
स्वभाव यो हुने हुँदा मलाई भन्दछन् जल ।।१।।

समस्त प्राणीमात्रको म प्राणमाथि प्राण हुँ
जता जता छ शुष्कता त्यता त्यता म त्राण हुँ
कराल काल अग्निले जहाँ जहाँ डढाउँछ
त्यहाँ त्यहाँ भने स्वयं म एक रामवाण हुँ ।।२।।

जताततै पहाडमा भई सुरम्य निर्झर
झरेर ओर्लँदै मिठो गरेर नाद झर्झर
म सुस्त सुस्त सुस्तरी विभिन्न राग गाउँदै
गला गला म धाउँला जहाँ गलो छ हर्हर ।।३।।

अनन्त कालदेखिको मिठो मिठो कहानी हुँ
कतै कतै वियोगको स्वभावकै सुनामी हुँ
समुद्रबाट बाफमा उडेर माथि लम्कँदै

कविता

परिश्रम् बगाएँ रमें कन्दरामा ।
म बाँचे‌ म नाचें यहाँकै धरामा ।।
फुलेका गुराँसै पखेरा र पाखा ।
सधैं शान भिन्नै हिमाली छ माथा ।।

सधैं जून फुल्छन् रमाएर सारा ।
यही घाम पानी यही‌का सितारा ।।
हिमाली छ डाँफे रमाएर नाच्ने ।
चखेवा तराई तिरै प्रीत गास्ने ।।

मातृदेवो भवः

मातृदेवो भवः
होम सुवेदी
आमा प्रेम र स्नेहकी धरहरा यो प्राणकी प्राण हौ
आमा धर्ती वसुन्धरा जगतकै वा विश्वकै त्राण हौ
सृष्टि हौ स्थिति हौ तथा प्रलय हौ सुस्पर्श हौ घ्रांण हौ
आफ्ना सन्ततिका अनिष्टहरुमा जो रामकै वाण हौ ।।

तिम्रा जो पदचिन्हका पछि सधैं लागूँ कि लागूँ कि म
तिम्रो स्नेह कृपा र आसिक सधैं मागूँ कि मागूँ कि म
अन्यायीहरुमाथि वाण अहिल्यै दागूँ कि दागूँ कि म
धर्तीमा किन मातृशक्ति क्षय भो जागूँ कि जागूँ कि म ।।

माताबाट अनन्त अमृतहरु चाख्नै यहाँ पाइनँ
माताका चरणारबिन्दतलको धूलो कतै लाइनँ
तिम्रा स्वच्छ कला र कौशलहरुको ज्ञान नै पाइनँ
आमाका अधिकारपूर्ण रचना लेखी कतै गाइनँ ।।

नयाँ वर्ष

यहाँ उन्नतिका ढोका
चारैतिर खुला रहुन ।
पौरखीहरुका हात
निर्माणमा जुटिरहुन ।।

टाढा जानेहरू आउन
मातृभूमि सजाउन ।
पसिना यहीं पोखेर
जिन्दगी यो हँसाउन ।।

मेरो नारी सम्बन्धी धारणा

२०३८ मा रचेको मेरा पुरानो ‘झुमा’ काव्यमा नारी सम्बन्धी
मेरो धारणा यस्तो रहेछ । यसो हेर्नसम्म हुने लेख्तो रहेछु उ बेला पनि ।
किन हो किन अहिले मलाई यसमा चित्त बुझ्दैन । सायद पर्याप्त परिष्कार नभएको देखेर होला ।

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्कैको भरमा तिम्रो कलाकारी उदाउँछ

कनचनपुर (भाग – २)

हेरौं अब नजिकै छ शारदा ब्यारेज ।
सट्टा जमिन नदिएको गर्नु पर्छ खोज ।।
जमिन सट्टा दिने भनी बाँध बनाएर ।
पानी जति उतै लग्यो यता सुकाएर ।।
— ८–

वर्षौं वर्ष बितिसके दिने सुर छैन ।
ढाँट्ने छल्ने छिमेकीको भर केही छैन ।।
अन्यायको बाँधलाई पर्छ भत्काउनु ।
सहनुको सीमा हुन्छ कति पो सहनु ।।
—९—

नववर्षको शुभकामना

उत्साह बोकी नववर्ष आयो
नवीन आशा सबमा पलायो
तमाम पीडा अब होस् सुदूर
हाम्रो यही नै शुभकामना छ।।१।।

अतीत सम्झे मन हुन्छ भारी
भो स्वार्थको मात्र सधैं सबारी
छ घाउ गैह्रो पुरियोस् तुरुन्त
हाम्रो यही नै शुभकामना छ।।२।।

भूपि शेरचनको कविता “मैनवत्तीको शिखा”को पद्यवद्धता

यौटा मोम अगाडि बल्छ अहिले हेर्दैछु हेर्दैछु म
आई झ्याप्प निभाउने पवनले सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले माथि धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।।

एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ।।

PitambarNepali

कनचनपुर

दार्चुला त हेरिसकी अव आयौं तल ।
अत्याचारी छिमेकीको हेर्दै जाउँ चाल। ।
हेर हामी आइपुग्यौं जिल्ला कनचनपुर ।
ब्रम्हदेव मण्डी हो यो थियो यहाँ नेर ।।
–१–

एक नम्बर स्तंभ आज कता हराएछ ।
मिच्दै जाने साँढेले त बाटो बनाएछ ।।
यहाँसम्म मिचिसक्यो अरु पनि मिच्ला ।
चुपलागी बस्यौं भने अझै अघि बढ़्ला ।।
—२—

फेशन

नयाँ नयाँ नेपालसँगै नयाँ नयाँ फेस
नेपाली को सँस्कृतिसँगै बिग्रियो हाम्रो देश
पुरुषले पाल्न थाले कुममा झर्ने केश
कुममा झर्ने केशसँगै बिग्रियो हाम्रो देश

म नेपाली

आमा आँगनिमा गुन्यू तुनि बसुन् बाबु भिडुन् खेतमा।
नेपाली बिर हूँ छँदैछ पगरी जादैन मन् तेसमा।
खैजेडी मुजुरा मृदङ्ग मुरली जेजे हउन देसमा।
डम्फू झ्याली बजुन् मृदङ्ग पिपरी मन जान्छ ड्रम् सेटमा।
मालामा रसछैन आज रतिभर दिलबस्छ टाई तिर।
डिस्को मै मन रम्छ रागहरुको के काम भो आखिर।
भैँसी पाल्न मलाई लाग्दछ सरम् उँट्पाल्छु खाडी तिर। बाँझै होस् त घुर्यान जोत्छु बरु गै कतार् मलाया तिर।
देख्छु धेर् सपनाहरू सुखिहुने लाग्दैन ध्यान् काम तिर।
नामै काफिछ बीर् बहादुर मता गोर्खे परेँ आखिर।

थुक्क म

अल्मली छट्पटी पोल्छ मन्भत्भती।
रातदिन् खट्पटी पटका पट्पटी।
रातको चाँदनी अग्नीको स्रोतझै।
भानुको राप पो लाग्नगो शीतझै।
काँसको फूलमा मग्मगी बासना।
मख्मली गद्दीझैँ भूँमिको आसन।
अन्नको घूनझैँ घाटको सूनझैँ।
खीरमा नूनझैँ दूधमा खूनझैँ।
गीतमा छन्द म ब्योममा बन्द म।
भाग्य मै ढुक्क म जीन्दगी! थुक्क म।

निर्बाचन

निर्बाचन अब हुन्छ रे मुलुकमा शहर् बजार गाउँमा।
नेताको अब आउँदैछ चुनिने पालो निकै सिटमा।
तानातान हुनेछ सब् दलमहा चल्खेल् रसद् पानीको।
आमा नै अझ योग्यछन् बधु हुने के काम यी नानीको।
सर्कार नै अबता गनी नसकिने मन्त्री कति हुन् कती।
पक्कै मिल्छ टिकट हतास नहुनोस् पाइन्छ खोजेजती।
सांसद को गणना असम्भव भयो मेयर कति हुन कती।
सब्को भाग हुनेछ ब्यर्थ दलमा गर्छौ रडाको कती।

आत्मगौरव – ३

गोठालाहरुले लगेर वनमा गाई चराए हुनन्
खेतालाहरुले यता लय झिकी गाइरहेका हुनन्
मायालुहरू स्वच्छ प्रेम मुटुको पाइरहेका हुनन्
बैंसालुहरू मुस्कुराई पिरती लाइरहेका हुनन् ।।५५।।

नारीसम्बन्धी मेरो पुरानाे काव्यबाट धारणा

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

छन्दको तरङ्ग

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

गफाड्ताल महिमा

गफाडीहरुमा हामी विश्वमै अग्रगण्य छौं
गफै गर्न नजान्नेमा जति छौं ती नगण्य छौं ।।

खाना नै गफ हो हाम्रो नाना हो गफको कडी
खाना नाना र गानामा बितेका छन् पला घडी ।।