Skip to content

पद्य कविता

जीवनको रहर न सोध मलाइ


जीवनको रहर न सोध मलाइ
उडि हिड्ने चाहको भवसागर छ मेरो
यसको मुल्य र मान्यता नसम्झाउ मलाइ
उमंग र उत्साहको जलसागर छ मेरो

तुलामा जोख्ने दुस्साहास थियो तिम्रो
बसिभुत भावना केर्ने प्रयास थियो तिम्रो
समर्गमा भन्दा घेर्ने कुप्रयास थियो तिम्रो
आत्मा बललाई जेर्ने सप्रयास थियो तिम्रो

माया चिज पनि अनौठो को रहेछ

माया चिज पनि अनौठो को रहेछ

जसलाइ देख्यो, प्रीती प्रीती गासी रहेछ
येसैको मोहजाल मा खित्का छाडी हासी रहेछ
पारिवारिक सम्बन्ध लाई पाखा पारी नाची रहेछ

लेखन जारी छ क्रमागत

जस्ले बेच्तछ देश आज सहजै उस्लाई यो के छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा बाबु र पुत्र बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।७६।।

अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौं तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।७७।।

पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ नपाई देश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकासलाई छुन ।।७८।।

छन्द

खै छन्दका साधक नै हराए
भन्दै यहाँ स्यालहरू कराए
रोजै अनौठो रमिता हुँदै छ
छाडेर डाँको कविता रुँदै छ ।

छन् शब्द मात्रै लय-चेत छैन
मर्दै छ यो वाङ्ममय खेद छैन
झोसेर आगो घर बालिँदै छ
पूर्वीय नासो किन ढालिँदै छ ?

अमृत त्यो पाउँ कता

अंध्यारो छ चारै तिर जुनेली म पाउँ कता
मन मर्यो प्रीतीमा उजेलीमा जाउँ कता
रहर सबै जहर बन्यो अमृत त्यो पाउँ कता
ह्रीदयमै राँको बल्यो गै म बुझाउँ कता

आत्मा र म

आत्मा छैन चिन्तन्मा आवरण यो बिचारको
बाँधिएछ आसक्त्ती मा वीलासिताको लोभको
खोज्छ सुख शरीर ले भोकाउँदछ यो आत्मा
कन्हाँ हुन्छ स्वच्छ ज्ञान विना सद्भाव परमात्मा

आत्मा पिंजर यो कल्पन्छ

नारी भन्दीन स्वास्नी मान्छे के सब अडीयल हुन्छन
मुर्ती दयाका करुणा सागर न चट्पटिने पहरो हुन्छन
लेखथें कबिता कोमल कुसुम करुणाकि ती नारी मुर्ती
सलल बग्ने कन्चन सरिता ममता मयी सौस्य धर्ती

आज गड गड कालो बादल मडारिइ मडारिइ ती बर्षन्छिन
उर्ली खहरे सब मसल्दै ती चट्याङ झैं रन्किन्छीन
दुर बसौं वा जाओं नजिक थर थर कम्पन सब थरकन्छ
धसी खरानी हूं की जोगी आत्मा पिंजर यो कल्पन्छ

छैनन के वलिदानी ?

आधुनिक्ता छाइ रहेछ मन्मा ब्याप्त चाह हरु
पुराना मुटु काँपी रहेछन छरीएछ आह हरु
देश चल्दैन सोचदछन उही रसातल तीरै गै रहेछ
नेताहरु मोजमस्ती सत्ता भोर जुवा भै रहेछ

नांगा छौ माँगी खान्छौं पुर्खा इज्जत बेची रहेछौ
स्वाभिमान बन्दक राखी. हामी किन बाँची रहेछौं
विपद हाम्रो घर ऑगन सिर्जना सकेनौ फुलाउन
छैनन के वलिदानी यो देश आज वचाउन

जन पुकार

छैनन कतै कोइ मलम लाउने भेटछु सबै आँखा तर्ने
भुलेइ हो कि जीवन हाम्रो छ कि कोइ माया गरने
देश सोतर नेता जन्ले बिग्र्यो भ्रषटाचारी अधमले
मेहन्त र पसीना ती खाए दुष्ट भ्रष्ट जन ले

लेखन जारी छ

छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आआेस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै दियो कता बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याउ कहाँ फल्दछ ।।५।।

मधुमय प्याला

कालो भ्रमर टप्प बसेको
दाना सुन्दर झन खिलेको
ओठ लाली थर थर गर्छ
जल तप तप ओठै भर्छ

मन्मा राग आउँछ तुफान
जिँउदो हुँ बने चिहान
मुर्तझैं तिनको शैली
रूग्ण भो जीवन वैली

मधुमय जिवन त्यो क्षण मेरो
मधुमाया मा छायो अंधेरो
खुरु खुरु कुद्धै सखी ती वाला
लागीन साथ ती मधुमय प्याला

जीवन पथमा यस्ता चित्र
भावुक मन हुन्छ बिचित्र
अमृत तुल्य घुटको म पिँउछु
याद उन्कै म सम्झन्छु

समय ,

छैन अब जिंउनलाई रुधी केही बाँकी
बाच्न लाई खोजी रहें मन मिल्दो साथी
विरहमा बिते दीन विरहमै रात्
मसंग। आएनन मधुर ती रात

शत्रु बने सपना जती दुष्ट्को साथ्
आँशु भयो जीवनी छैन सुखी हात
कस्तो भोग कस्तो सपना जोगाएको मैले
जली गए सारा तीनै एक्लो भएँ अहिले

पछुताे छैन

जहाँ स्वर्गीय आनन्द जहाँ दृश्य अलौकिक
जहाँ छ सभ्यता बेग्लै जहाँको रीति मौलिक

त्यस्तो जो स्थानमा मैले आफूलाई पुर्याइनँ
सधैं भोक सधैं तिर्खा हसुरेरै अघाइनँ ।।

दील रमाउछ

चाँद छौ कन्हा मन्मा झुल्की रहेछौ तिमी
अंध्यारो छ चौ दीस तर मन्मा छौ तिमी
संपुर्णता जून हौ तिमी अंध्यारै मा झुल्कनछौ अनी
सर्बत्र देख्छु त्यो तिमी नै तिमी हौ मनकी धनी

मुस्काउँछ धर्ती आकास मुस्काउँछ
बदनमा गुँरास झैं रुप तिम्रो झल्मलाउछ
मन मा हुन्छ आँधी शान्ति तर मुस्काउँछ
प्रिय छौ र त चारै तीर दील यो रमाउँछ

दीलले नै बुझ्दछ योकति ?

चेतना का लहर छन शुभ्र भयछ यो मन
सुनी हो कि तिम्रो मधुर धडकन को धुन
बोल्दछ यो भित्र तिमी सुनी दीन्छौ कि
प्रीत यो अज्मरी तिमी बुझी दीन्छौ कि

सुनिन्छ के कती देख्छौ तिमी के कती
रौसमा तिमी भेट्छौ छ माया यो के कती
सुनिन्न स्वर त मन मन मा हुन्छ त्यो अति
बोली यो दीलको दीलले नै बुझ्दछ योकति

जलेको दील

आगो पिउँछु हर बखत म जलाई रहेछु दील
जलन छ भित्र अथाह साथी डराई रहेछ दील
आफ्नु भने छुन खोजें धपाइ रहेछ दील
के भो कसो भो जीन्दगी समाइ रहेछ यो दील

सुवास ती फुल्का मौरीका ती गान
मधुरता भरीएका सुन्दर ती वगान
खेल्छु घुम्छु रहरमा म साँच्दछु अरमान
जलेको दील पत्पतीएको छ यो बनी रहेछ च्याहान