पद्य कविता
विदेशिएको कथा
जीन्दगी छ बेहाल साथी पाखो भा छ बाँझो
गरी खान उमेरमा उ माओ बादी लाज्ञो
भागी भागी हिडनु पर्यो पस्नु पर्यो बिदेश
स्वदेश्मा काम थियन छाडी हिंडेउ प्रदेस्
कथा हाम्रा बिकट्का तातो बालुवा भित्र
संझी बस्छौं परीवार तातो हावा चित्र
सुन्छु कती ताताले मरी गा को कथा
थोरै पाइ रकम हाम्ले बल्झी रैछ ब्यथा
संझी घर झल झली खोले मिठो पिठो
चिसो पानी मिठो हावा हिंड्थियौं छिटो छिटो
लै वेरीका भाखामिठा ती पहाडका छहरा
गुन्जाइ गीत हिडदा घनकने ती पहरा
सम्झना बाँची रैछौं छैन रती ज्यान
किन आयौं लागी रै छ रैन छ ज्ञान्
बिज्ञापन खोल
ठूलो मान्छे बन्ने भए बिज्ञापन खोल।
होडिङ्बोर्डमा नाम लेख गर मोलतोल।
कुराकाट वरपर लगाऊ झोसपोल।
भिडभाड जम्मा गर आफ्नै हुर्मत खोल।
बिना पैसा ठूलो मान्छे बन्न पाईदैन।
जम्मा गर धेरै धन ईज्जत चाहिदैन।
चोर लुट ठगी गर धन कमाउन।
नछोड है ठूलाबडाको पुच्छर समाउन।
गाली गर कसैलाई ठूलो स्वरले बोल।
बेलाबेला प्युने गर अजम्मरी झोल।
आगो बाल ओछ्यानमा आफ्नै घर पोल।
ठूलो मान्छे बन्ने भए बिज्ञापन खोल।
सबै जीर्ण रोगी
अस्पतालभरी मान्छेका ताँती रोगले चापेर।
रोगको मालिक बसेको छ की पसल थापेर।
कमाई हुने रोगका भारी धनले पोलेर।
निद्रा न भोक फनफनी घुम्छन तमसुक बोकेर।
नहुनेहरु सधैँका रोगी ऋणले पोलेर।
आक्रमण गर्छ रोगले त्यतै हृदय खोलेर।
किसान रोगी रात न दिन कामम लागेर।
जमिन्दार रोगी मोहिले पैसा मागेको देखेर।
बुढा र बुढी बनेछन् रोगी शरिर गलेर।
ठिटा र ठिटी सबै छन् रोगी तुलबुली जागेर।
गरीबका बच्चा सबै छन् रोगी कुपोषण लागेर।
धनीका बच्चा रोगले ग्रस्त अजीर्ण जागेर।
शुभ प्रभात
पूर्बपट्टी उज्यालोको फिलुङ्गो देखिदै गयो।
गाउँघरमा भयो चल्मल निद्रा हराउँदै गयो।
बास्न थाले चराहरु हराए जुनकिरीहरु।
धन्दा गर्न जुटेका छन् घर-घरका गृहिणीहरु।
डोकानाम्ला सबै जागे हसिँया-खुर्पा पनि उठे।
कोदाला र हला ब्युँझे आ-आफ्ना काममा जुटे।
जाँतो-ढिकी सबै जागे दैनिकी सुरु भैसक्यो।
गाई-भैँसी सबै ब्युँझे उज्यालो छ्याङ्ङ भैसक्यो।
ऐले पनि सुत्या होलान् सहरका गृहिणीहरु।
ब्युँझेहुन् भिडियोहरु टी भी का सिरियलहरु।
कम्प्युटरहरु जागेहुन् जागेहुन् फिल्महल हरु।
होटल ब्युँझीसके होलान् सुतेहुन् डान्सबारहरु
आमा
मलाई बोकीकन मेरी आमा।
थाकेर सुत्थिन् घरको कुनामा।
जन्माइ भैमा धरती सिँगारिन्।
खुब दु:ख खेपिन् जिऊजीर्ण पारिन्।
भोकै बसी आफू छाती चुसाईन्।
कोच्याई ख्वाईन् र आफू अघाईन्।
खोजेर ख्वाईन् दिनहुँ नुहाईन्।
सेकेर तापेर ठूलो बनाईन्।
पोसेर पालिन् बलियो बनाईन्।
खोजेर बुहारी जिम्मा लगाईन्।
म घुम्छु ऐले दुर देशमाहा।
आमा रुँदै छँन् घरकै कुनामा।
राखेर फोटो सञ्जाल माहा।
के पाउलीन् ख्वै बुढी मेरी आमा।
म, तिमी र झरी।
आकाशमा,
पाकक्रिडा चलिरहेछ क्यार,
बैँशालु बादलुहरुका,
त्यसैले त जोडजोडले,
बर्षीरहेछ- झरि।
आफ्नो यौवनको प्रतिछायाँ,
बैसाखको डालीमा फुलेको फूलसँग,
जेठको डालीमा झुलेको चरीसँग,
पाकक्रिडामा रमाँउदै गरेका,
तीनै बैसालु,
ढुकुर, जुरेली र तित्रासँग,
फिष्टे, मैना र झित्रासँग,
दाँज्दै दाँज्दै,
प्रकृतिको शुन्दर ऐनामा,
देखिन्छ कि भनी,
आफ्नै यौवनको प्रतिछायाँ,
भौतारिदै उभिँदा,
प्रकृतिको शुन्दर ऐनासामू,
निथ्रुक्क भिजाई दियो,
बैँश र यौवनले भरिएको,
यो मेरो भरिलो शरिर,
तिनै बैँशालु बादलुहरुका,
यौनका भेल -यो झरिले।
उभिएर भिजिरहेँ,
आफ्ना यौवनले भरिएको शरिर,
आफ्ना बैँशले पुरिएको शरिर,

सपनी छन ओरालो कहिले पुग्ने लक्ष्य
चिया कपको गफमा जपेर मात्र देश विकाश हुँदैन अब
विश्वको कुनाकाप्चामा हेरौ धनका भकारी
मजबुत,
(पद्यबद्ध गर्नेका केही कुरा)
बोलेर थाक्न पाइन्न अज्ञान जति मेट्नुछ