पद्य कविता
सुनको भाउ र मेरो परिश्रम
सुनको भाउ,
हिजोभन्दा आज,
आजभन्दा भोली,
जाँदैछ बढ्दै,
लाक्दैछ उकालो,
त्यस्तै गरि,
हिजोभन्दा आज,
आजभन्दा भोली,
बढ्दैछ परिश्रम,
बगाँउदैछु पसिना,
परिश्रमले उकालो चढ्दैछ,
कुददैछन् दुबै उतिकै,
दौडदैछन दुबै उतिकै,
सुनको भाउ आफ्नो रफतारमा दौड्दैछ।
मेरो परिश्रम,
त्यसैलाई भेट्न दौडाँउदैछु,
तर भेट्दैन,
कहिल्यै पनि,
मेरो परिश्रमले त्यो सुनको भाउ।
अझ छिटो दौडौन,
मैले छोडेको छु,
राम्रो लगाउन,
मिठ्ठो खान,
घुम्न,
रमाईलो गर्न,
तर पनि भेटाउन सक्दैन कहिल्यै,
मेरो परिश्रमले सुनको भाउ।
किनकी,
मेरो परिश्रम,
जतिसुकै कडा भएपनि,
जतिसुकै छिटो भएपनि,
मेरो परिश्रम भन्दा,
प्रेम दिबसको प्रेम
म
ओठभरि प्रेमको मुस्कान बोकेर
हातभरि प्रेम पुष्पा च्यापेर
हृदयभरि प्रेमको आश्था राखेर
उड्दै थिएँ प्रेमको आकाशमा
पौडदै थिएँ प्रेमको सागरमा
दौडदै थिएँ प्रेमको रँगशालामा
उडादा उड्दै
पोडदा पौडदै
दौडदा दौडदै
थकिएछन् मेरा पाईलाहरु
थाकिएछन् मेरा अबयबहरु
थाकिएछन् मेरा चाहानाहरु
थाकिएछन् मेरा भाबनाहरु
एकैछिन सुस्ताउँछु भनेर
एकैछिन सुसाँउछु भनेर
प्रेम वृक्षको चौतारीमा
उभिएको थिएँ
छेवैमा उभिएको कसैले
मेरा हातहरु चुमे
मेरा निधारहरु चुमे
मेरा ओठहरु चुमे
म पनि
चुमी रहेथेँ
ओठ
हात
निधारहरु
पालैपालो
जब म आफूलाई
उसैमा बिलिन पार्न खोज्दै थिएँ
एक्कासी टेलिफोनको घण्टि बज्यो
तृष्णा ( छन्द : चौपाइ )
जसै तलाउ छल्की छल्की किनार लागि उफ्र्यो
चिजवस्तु छालका देखिकन भित्री मौन फुर्क्यो
बितिकन किनारा मौनले सिमाना बनाथ्यो
निर्जनमा पिर्लिक्क पिर्लिक्क रोशनी सजाथ्यो ।।
अहो यो विचित्र समाबीच अाहाट सुनौलो
मलिन दिलका कुनाबीच बनोट ठट्यौलो
अश्रुधारा चम्की मुस्कान बम्की अाश जगायो
खोली गुप्त चिजबिज हलुका राग बसायो ।।
विलिन मस्तिष्कमा विलिन हर ज्योति प्याला
तानाबाना मिठा सुनी नसुनि द्वार उज्याला
अजिब लोकबिषे जनम सुन्दर मिठो भो
लुटुपुटी कसकसमा दुई दिन छिटो भो ।।
अभावै अभावको दशै
अभावै अभावको दशै २०७२ को छ शुभ कामना
छैन इन्धन, वर पर आफन्तहरूकहाँ, गइ रमाउन
भाउ बेसा दोब्बर भयो, यहाँ सकिएन दशै मनाउन
उता भूकम्प गयो, यता तराइ बन्द, सकिएन चलाउन
अभावै अभावको दशै २०७२ को छ शुभ कामना
तर्क र आशा सवले गरे, खै त आपूर्ती टरेको
परार गयो, पोहोर गयो दशै, योपाली जाने नै भो
न खसी- भेडा, च्याग्रां आयो, न खुले सुपथ पसल
न चले सवारीहरू, न खेती पाती भए सफल
इच्छा
आओस् यौटा नवयुग यहाँ घाम नौलो उदाओस्
नेपालीका मन मन नयाँ मन्द मुस्कान छाओस्
यो बाटामा नवयुवकले प्रेमको गीत गाऊन्
यो माटामा मगमग बुकी, लालुपाते फुलाऊन् ।१।
हाम्रो बोली अनलमय होस् युद्धको भर्त्सनामा
हाम्रो आत्मा अमृतमय होस् बुद्धको साधनामा
हाम्रो झन्डा फरफर गरोस् रौरवी टाकुरामा
हाम्रो बेग्लै परिचय बनोस् पौरखी पाखुरामा ।२।

फुर्ति नलाऊ तिमी धेर नानी
कम गर्दछ जसले सत्कर्मको भावले
बहुत राजमा उल्झिँदो अजीव मनोहर
सिङ्गो बस्ती सरल मनको चेतना शून्य राखी
धेरै कुरा गर्यौ तिम्ले