Skip to content

पद्य कविता

VideoCapture_20190713-091220

डुबानको अनुभव

वर्षा बर्सन्छ झरझर यो मनमा चिसो पस्दछ
डुब्दछ कि यो कर्मथलो रौतहट त्रासै जाग्दछ
डुबेको भोगेको छु दुःख, जलमग्न देखेको छु
कर्मको आशा भत्केको पीडा कष्ट भेटेको छु

न नाघेर जान सकिने न फड्केरै तर्न सकिने
कस्तो भाग्य विचित्र न टारेर पर सार्न सकेने
प्रवाह जलको मन्द मन्द सतह बढ्दै गएपछि
डुब्यो डुब्ने भो बसेथे जन शिरमै हात राखी

असार मास हर्षले किसान खुसी हुने समय हो
डुबानको साह्रो कहरले सातो लान्छ रौतहटको
डुब्छ घर एक तला डुब्छ सारा सामान जे छन्
डुबान भो भाग्य पिडा वर्षपिच्छे वर्षातमा झन

सारा डुब्दछ बोट वृक्ष बुट्यान सरी नै लाग्दछ
सिन्धुझैं जलमग्न देखेर सातोपुत्लो नै भाग्दछ

विजय हाँसिल गर्नु छ

जितको खोजिमा छ मानिस खोज्दै सारा बचाउन
विकल्प खोजिमा छ मानिस खुलोस् है लकडाउन
सहेरै बसे निर्माताहरू बेकाम भोकै भई घर घरमा
ठप्प हुँदा व्यापार उद्योग छ शून्यता साह्रो सहरमा

राज्यकै आशा गर्छन् निर्माता कामको खोजीमा छन्
खल्ती रित्तो रित्तो भयो जनता स्रोतको खोजीमा छन्
सहज छैन जनमा बन्दाबन्दीको बिकल्प खोजौं अब
पीडा छ नागरिकमा कसरी भोक सहेर बस्दछन् सब

राहत माग्न छाडे भन्दैछन् कर्मशील वातावरण देऊ
भन्दैछन् तिर्छु कर राजश्व उद्यमशिलता बढाइ देऊ
कर्मवीरका पाखुरी खियाउने कर्मशाला बनाइ देऊ
दायित्व राज्यको अभिभावकत्व संरक्षकत्वको लेऊ

नागरिक अधिकार कुण्ठित नगरि देऊ है सुशासन

अलङ्कारहरु

१ अन्त्यानुप्रासः
हज्जारौं फूल देखिन्छन् बगैँचा डुलियो भने
सिङ्गो संसार देखिन्छ फूलैमा भुलियो भने ।।

२ वृत्यनुप्रास
पुष्प पाषाण के हुन्थ्यो त्यो हुन्छ प्राण झैं प्रिय
पुष्पको प्रेयता प्राप्त नगर्ने हुन्छ निष्कृय ।।

सरूवा

सरूवा हुनु पनि चक्र हो जुन नियमै छ चल
कर्म क्षेत्र फेरियो अब लौ बस्न नगर्नु है बल
छाडी आफ्नो कर्म कृति जो भए है समर्पित
बस्दा जे भो तितो नमिठो त्यागेर है जान्छु सब

जे गरे गरे राम्रोसँगै पूरा है दायित्व आफ्नो सब
कर्मशील बने बनिरहे सेवा गर्न हरेक पल पल
नपहिले भेटिएको न कतै अघि देखिएको झट्ट
बस्दा जे भो मित्रजन हो संगाली है जान्छु सब

दायित्वबाट नपन्छिए सदा रहे कर्ममा निर्भीक
छर्न खोजे खोजिरहे चेतना मित्र हो सबै सिक
चक्का हो समयको घुमिरहन्छ है निरन्तर बुझ
बस्दा जे भो अनुभव त्यो लिएरै है जान्छु सब

दुखेसो गुनासो जे छ प्रकट गर्नु है जे छ स्पष्ट

सेवा निवृत

कर्मै गरियो सेवा प्रवाह दिन् दिनै देश जनताको
उर्जाशीलै समय बितेर गयो भन्छन् पेन्सन पाको
प्रवेश गर्दा सेवा नियुक्ति नयाँ लिँदा त्यो बखतमा
धैर्यता एकै छिन् नराखी लाग्दथे सदा सदा सेवामा

आफ्ना सिप ज्ञान क्षमता जति सबै लगाइ कर्ममा
सेवा नै धर्म हो भन्दै भए तत्पर जनताको सेवामा
सेवा प्रवाह नदीसरी अति सफा कञ्चन भएर गरें
नगरें स्वार्थ पूर्ती कुनै सबै सबै पारदर्शी भई गरें

काम गर्ने जोस जाँगर् नव युवा पीढिमा बढी हुने
उर्जा त्यो जोश खेर जान नदिइ लौ सेवामै रमाउने
हो जागिर यो गाँस बास कपास लौ भोकै मेटाउने
पक्कै हो कर्म मोर्चा बलियो चट्टान पहाड फुटाउने

कोराना अनुभूति

गम्भीरै छ अवस्था मुलुकको आम जनता दुःखमा छन्
प्रवाहै सेवा विकास निर्माणको गति निरासाजनक झन्
बढ्दो छ संशय लिएर भविष्यको खोजे मार्ग देखिन्दैन
चिन्ता व्यक्त गरेर कर्म नगरी जन जिविका त चल्दैन

खाँचो छ सुधारको अनुभूति आभास त्यो गहिरो नै छ
साँचो नै निकाल चुनौती हटाउने देशको मुहार फेर्नुछ
बोल्नु पर्दछ सबै कर्ममा ओठको भाका सबैका हातले
हुँदै गर्नुछ अझै घनिभूत विकास देशको उठेरै साथले

ग्रस्तै छ अर्थतन्त्र कमजोर राजश्व घट्दो छ महामारीले
चुनौती छन् समस्या आम् मानिसको मनोवल बढाउने
पारेको छ प्रभाव जताततै छन् कर्म सबै ठप्प छ सारा
आएको छ कस्तो निर्मूल नहुने यो कोराना रोग गाढा

सुगन्ध बास्ना

फूलेको फूल नराम्रो लाग्ने को छ र जन यहाँ
गालेको सून नलाइ जाने को भेट्छौ जन यहाँ
कोमलै हुन्छ कोपिला फूलको नटिप्ने को छ र ?
किशोर शिर् युवती फूलै नलगाउने को छ र ?

फर्कन पाउ नेपाल

जन्मेर हुर्केको म प्यारो ठाउँ छाडेर आएथें
सपना नौला नौला हजार मनमनै सजाएथें
जोर्नेछु घरबारी नि तिर्नेछु त्यो साहूकै ऋण
श्रम बेच्न पछी परिन कत्तिनि सदा एकैछिन

दुःखै पर्दा नै सम्झन्छ्न् सबैले आमा र देश
दुःखै गर्दछु खोले खान्छु भन्छन् जान्न प्रदेश
आफ्नो देश फर्किने मन छ नेपालमै रमाउने
आमा छिन टाढा दुःख पर्दा काखमै सुताउने

न सुन्छ राज्य परदेशमा बसेकाहरुका पीडा
लाग्दैछ चिन्ता कसोरी आफ्नै नेपाल फर्कुला
महामारीको बेला यस्तो समस्या परेको बेला
आफ्नै देश घर फर्कने मन कस्लाई हुन्न होला

संकटको बेला राज्य नै हो सहारा नागरिकको
प्रदेशमा आप्रवासी भनेर शून्य साहारा कसैको

स्वास्थ्यकर्मी

पिडा लुकाइ बाहिर मुस्कान खुसी छर्दैछन् जो
कर्म पथमा अडिग छन् सोध्छन् सन्चो विसन्चो
दिन रातै नभनि सेवामा जो अटल तल्लिन छन्
आफ्ना दुःख भूली मलम अरुलाई जो लाउछन्

पुस्तक

लेख्ने पढ्ने सबै बानी हराएर अतीत भो
हाम्रा पुस्तकको चर्चा अहिले एक गीत भो ।।

जहाँ ज्ञान र विज्ञान धर्म दर्शन टम्म छन्
भाग जोड गुणा जस्ता अङ्कका ज्ञानसम्म छन् ।।

PrakashSapkota-02

तघारो (छन्द कविता)

उनी उता बन्द, आफू यता बन्द
छइनौँ एकसाथ केको आनन्द
के हो शिशिर गृष्म, के हो वसन्त
आँधिबेहरी मनमा पीर अनन्त

अभाव चिन्ताले सिमाना नघायो
तिर्खा हरायो लौ भोक अघायो
ती लालाबालाको यादले सतायो
टाउकै फुट्ला झैँ मगज ततायो

कायोत्सर्ग-ध्यान

अचल शिथिलै बन्नु, सचेत भै सदा तिमी।
सुती बसी उठेरै नै, आँखा चिम्लीरहे तिमी ।

आत्माले हेर आत्मा नै, आफैँ भित्र पसी तिमी ।
आकाशतिर फर्केर, उत्तानै सुत है तिमी।

नेतोपदेशनम् स्तोत्रम्

सबै हामी हौं दास तिम्रा ,
धरा पूर्ण तिम्रो बनोस् यो अखण्ड
गरे भो तुरुन्तै यहाँ अश्वमेध
र गर्नू तिमी शत्रुको माथ छेद ।।

जसै मित्रले थाल्दछन् कान थुन्न
समस्याहरूको समाधान हुन्न
समाधान पत्नीसँगै मात्र सोध
नसोधे घरैबाट होला विरोध ।।

आत्मगौरव – ७

अर्काको धनमा र चेलीतिर नै आँखा सधैं लाउनु
अर्काकै गुन गाउँदै दिनदिनै आराम फर्माउनु
झुप्रो यो चुहिएर झन् ढलिरहोस् व्यर्थै कता छाउनु
त्यस्ताले घर सम्झिएर अहिले फर्केर के आउनु ?।।१२।।

ताक्छन् बाबु मुढो कुपुत्र किन हो घूँडो सधैं ताक्तछ
आमाको पसिना चुहेर घरमा थोरै ढिँडो पाक्तछ
धेरै काम गरी उता तिर भने जूठो पुरो चाख्तछ
केही काम बिनै यता तिर भने आलस्यले थाक्तछ ।।१३।।

कोरोना कहर र प्रेम

सबैलाई तर्साईरहेको खै कस्तो छ कोराना
मौन छ गल्ली यो दुनियाँ कस्तो बिडम्बना
न रस छ कतै रङ्ग खोज्दै आँखा लोलाउँछ
न कुद्न सक्छ मान्छे टक्क उभिई टोलाउँछ

घरभित्रै एकान्तबास, छु एक्लै पल्टिएर
लकडाउन बाहिर छ, कोरानाको कहर
भूलेंझैं, वसन्तमा ति, पाउलिएका पालुवा
अघि डुल्थ्यौं नि मिलेर वनै कुना कन्दरा

कोकिल गाउँछ बागमा वृक्ष डाली डुली
दुरी कायम राख्दा है भेट्न पाइन ठुली
उराठ वस्तीमा छ पिडा दर्द कोरानाको
उस्तै नै त होला प्रियतमा हैन छ कस्तो

साथमा छैनौ प्रियतमा बाडुल्की आउँछ
लकडाउन हटे झट्टै भेट्न मन यो लाउँछ
गाउँघरका ति सखासखी भेट्न पनि गाह्रो

राष्ट्रियता

देश फूले हामी फूल्छौ यही देश हाम्रो यश
मूल्यहीन छ प्राण यो अमूल्य छ प्यारो देश
अग्रगामी नेपाली हौं बन्छौ विकासको बाहक
विकृति हटाई देशमा बनाउँछौ यो समुन्न॥१॥

पद्याङ्कन कविता कृतिको भूमिका

सामग्री गद्यका केही पद्यबद्ध गरूँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
सोही लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमा हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यहाँ भिन्न कुरा परे
यसैले यसका मर्म माथि केही चिरा परे ।
मैले यो जे गरें गर्नु पर्ने काम थिएन कि ?
केही सौन्दर्य थप्ला कि भन्थें, कामै दिएन कि ?
काव्यको घरमा यौटा इटा यो थपियो भने
मलाई धन्य मान्नेछु यस्ले काम दियो भने ।
मेरै लहड हो मेरै इच्छा हो यो यसै गरें
यसमा जे गरें मैले म आफ्नै भरमा परें ।

उपजातिमा पिन्जडाको सुगा

पिन्जडाको सुगा

छैनन् यहाँ बान्धव बाबु आमा
एक्लै परेको छु म पिन्जडामा
कस्तो छ यो भाग्य सकिन्न जानी
मेरो छ यौटा नमिठो कहानी ।।

छ बाल्यकालै बबुरो छु यस्तो
आफन्तले शून्य निरीह जस्तो
सुगा भनी चिन्दछ रात साँझ
मलाई यो मानवको समाज ।।

न पिन्जडाभित्र छ थोर चैन
खोजूँ कहाँ शान्ति यहाँ हुँदैन
न शान्तिको सास सकिन्छ फेर्न
संसार नौलो सकिएछ हेर्न ।।

न बन्धु छन् वा न त इष्टमित्र
रहेन त्यो शान्ति यहाँ म भित्र
ब्युँझो छँदा शान्ति यहाँ रहेन
निधाउँदैमा पनि पाइएन ।।

मेरा सबै बान्धव बाबु आमा
उड्छन् र बस्छन् वनका कुनामा
छन् ताप मेरा मनभित्र ऐले
व्यथा सबै कोसँग पोख्नु मैले ।।