Skip to content

पद्य कविता

भयो जिन्दगानी नदीको किनारा

भयो जिन्दगानी नदीको किनारा
किनारानिरैको भएँ सर्वहारा
तिमी हौ प्रभो एक यस्तो सहारा
तिमी धाम मेरा तिमी राम मेरा ।।

तिमी देवका देव हौ हे महेश
तिमीदेखि अर्काे यहाँ के छ शेष
कता छौ तिमी आज रित्तै छ डेरा
तिमी विष्णु मेरा तिमी श्याम मेरा ।।

पुकारा गरेको छु मैले सुनेनौ
सुनेकै भए फेरि केही गुनेनौ
परेछौ कि भन्ने भएको छ घेरा
तिमी चन्द्र मेरा तिमी घाम मेरा ।।

न त्यो प्रेम बाँड्यौ न सद्भाव बाँड्यौ
न त्यो दिव्य मुस्कान नै थोर बाँड्यौ
नबाँडे पनि हौ तिमी नाम मेरा
तिमी राम मेरा परंधाम मेरा ।।

नदेखेर के भो जतै छौ ततै छौ
नियाले यतै छौ नियाले उतै छौ
तिमी यत्न मेरा र आराम मेरा

छन्दमहिमा

म पञ्चचामरा बनूँ कि स्रग्धरा बनूँ यहाँ
कि मालिनी र स्रग्विणी कि चञ्चला बनूँ यहाँ
सकिन्न बन्न मेनका सकिन्न बन्न वाणिनी
सकिन्न बग्न छन्दमा भई कुनै पयश्विनी ।।

प्रभावती र मञ्जुला प्रभात नील मालिनी
शशीकला र मेनका कि मञ्जिरा प्रहर्षिणी
यता नरेन्द्र हारिणी छ स्रग्धरा उतातिर
म छन्दका तरङ्गमा डुलूँ कता कतातिर ।।

म धाक लाउँदै थिएँ स्वयं भएँ अचम्भित
छिटो कतै छ छन्द यो कतै छ यो विलम्बित
यहाँ छ स्वर्गको मजा भयो भने परिष्कृत
कतै छ स्वाद स्याउको कतै छ स्वाद अमृत ।।

यता म लेख्न के बसेें उता परें म द्वन्द्वमा
चलीरहन्छ छन्दकै सुवास छन्दछन्दमा
सबै वरिष्ठ पोख्त छन् सबै दुरुस्त लेख्तछन्

आधार मेरो

हे ईश तिम्रो रचना अपार
देखी उठ्यो एक नयाँ विचार
यो प्रश्न गर्दैछु म बार बार
मैमाथि मात्रै किन भो प्रहार ?

के सिद्धिको थोर उपाय छैन
जे गर्छु त्यो पूर्ण कतै हुँदैन
जानी नजानी हुन गो बिगार
मैमाथि मात्रै किन भो प्रहार ?

जानेर कैल्यै पनि जानिएन
राम्रो नराम्रो पनि छानिएन
संसार तिम्रो रचना अपार
मैमाथि मात्रै किन भो प्रहार ?

छोडेर अन्यत्र कता म जाऊँ
अर्को कुनै लक्ष्य कता म पाऊँ
बिग्रेछ संसार सबै सपार
यो ठाउँमा नै किन हो प्रहार ?

माया र सद्भाव कि निख्रिएछन्
मान्छे सबै खै किन बिग्रिएछन्
के तर्न सक्थें म त यो जँघार
मैमाथि मात्रै किन भो प्रहार ?

म पानी

म भूमिकै भलो हुने नवीन गीत गाउँछु
म देशका हिमालमा गएर प्रीत लाउँछु
समस्त विश्वबन्धुका कथा व्यथा सुसाउँदै
अशेष श्वेदविन्दु यै धरातिरै चुहाउँछु ! ।।३!।।

आत्मगौरव – ५

के हो याम हुँदैन ख्याल जहिल्यै धर्ती जलेको जल्यै
मात्रै लाग्दछ नित्य घाम छ यहाँ हामी गलेको गल्यै
हुन्छौं तापनि बाध्य भै स्वजनमा गर्छौं छलेको छल्यै
ठान्दा हुन् वटवृक्ष एक छ त्यहाँ पैसा फलेका फल्यै ।।

व्यासको प्रशंसा

निर्मेही व्यासलाई बधाई बधाई !!
होम सुवेदी
कता के नबुन्ने कता के नबुन्ने
कमी बेसी केके कुरा मात्र उन्ने
निकै काव्य पढ्दा हुने भान यस्तो
इमाडोलका व्यासमा हुन्न त्यस्तो ।।

भए थोर के भो त्यसैमा छ भाव
जहाँ भाव हुन्नन् त्यहाँ के छ लाभ
कसैले नसोधौं कि हुन् व्यास कस्ता
इमाडोलका व्यास हुन् व्यास जस्ता ।।

विराट् तत्वको खोजमा कल्कलायौ
धरामा र आकाशका सल्बलायौ
पीडाका कतै आँसुमा टल्पलायौ
कतै स्नेह सम्वेदना चल्मलायौ ।।

छ यो एक उत्कृष्ट तस्वीर तिम्रै
र यो भव्य सत् सृष्टि तस्वीर तिम्रै
म के भन्दथें यो कहाँ चित्र मेरो
यहाँ जे छ सर्वत्र तस्वीर तिम्रै ।।

कवि गोगने अर्थात् अर्जुन न्यौपाने

गोगने
पढ्ने काम सकेर तृप्त नहुँदा बाँकी हुँदा तिर्सना
चौतारीतिर खोज्नु पर्छ कविका हज्जार छन् सिर्जना
मर्मश्पर्श गराउने र मुटुको भित्रै कता हो छुने
लेख्तै पस्किनमा सिपालु मनका लाग्छन् त्यहाँ गोगने ।।

थोरै लेख्न सिपालु छन् अझ तिखो भावार्थ नै टिप्तछन्
मानौं शब्द र वस्तुमेल छिनुले मुत्र्याउँदै खिप्तछन् ।।
यस्ता कर्मठ काव्यसर्जक यहाँ खोज्ने कतै हो भने
पाल्नोस् सज्जनवृन्द काव्यपुरमा हुन्छन् त्यहाँ गोगने ।।

भाषाको गहिराइबाट पदका गुच्छाहरु झिक्तछन्
मानौं काव्यप्रबाहको चमकमा अत्यन्त निर्लिप्त छन्
टिप्छन् भाव प्रभावका पदहरु पैल्याउँदै चम्कने

सुन्दर मनको अभाव

जिन्दगी र अभाव मेरो सदै पर्यायवाची
दुख: उल्झनका पलहरु राखेको छु साँची
बाल्यकाल देखि आए म यसरी नै बाँची
बस्नु पर्यो यो मनलाई सदैव नै भाँची ।।

अभावको मायाँ कस्तो हुन्छ नसोध मलाई
मुटु नै टुक्रा टुक्रा हुन्छ यो मन जलाई
टुटेको मनलाई जुटाउन खोजे पाउ नै समाई
जोडेको मायाँ दिगो नै रहेन छेऊ लगाए मलाई ।।

मातृत्वको असिम मायाँले म यहाँसम्म पुगे
असिम मायाँ नि चुडी लग्यो म बिरहमा डुबे
बिरहमा डुब्दै डुब्दै आमाको तस्बिर नेरै पुगे
आमाको बाणीहरुलाई संझी संझी समालिदै नुगे ।।

मायाँ गरे जस्लाई मैले ती टाढा नै भैदिए
बैगुनीलाई गुन लगाऊ भन्दा मै पिडीत भैदिए

मुक्तक

पृथ्वीमा पहिलो जसै हुन पुग्यो मेरो कतै रोदन
त्यो बेला प्रभुले नयाँ नियममा गर्दै थिए शोधन
यद्वा ईश घरेलु काम निजको तत्कामल गर्दै थिए
मेरो लेख्न ललाटमा कति कुरा देवेशले बिर्सिए ।।

महिला हिंसा बिरुद्ध हाम्रो दायित्व

सृष्टि को उत्कृष्ठ सुन्दर रचना दुबै समान पुरुष र महिला ।
एउटै कोखमा हुर्कनेलाई प्राथमिकता किन कुनै दोस्रा कुनै पहिला ।।

मन मष्तिष्क अनि घर घरबाट शुरु गरौ महिला हिंसा बिरुद्ध अभियान ।
ऐन कानून रिती रिवाज समाजमा दिन दुबैलाई समान पहिचान ।।

पूर्ण अधिकार समान शिक्षा सशक्त योग्य महिला बन्छ स्वाभिमानी ।
बंश अधिकार सम्पति अधिकार दिनलाई नगरोस है राष्ट्रले आनाकानी ।।

महिला हिंसाका कारकतत्व होइनन् बर्तमानका सभ्य चेतनशील पुरुष मात्र ।
महिला भित्रैको अज्ञानता रिसराग स्वार्थ साघुरो सोच पनि छन् सहायक पात्र ।।

रुढिबादी कुरीति घेराबाट लगाईन्छ बोक्सी आरोप गरिन्छ अपमान ।

कवि प्रश‌ंसा

गोगने
पढ्ने काम सकेर तृप्त नहुँदै बाँकी रहे तिर्सना
चौतारीतिर खोज्नु पर्छ कविका हज्जार छन् सिर्जना
मर्मश्पर्श गराई मित्रर मुटुको भित्रै कता हो छुने
लेख्तै पस्किनमा सिपालु मनका लाग्छन् त्यहाँ गोगने ।।

थोरै लेख्न सिपालु छन् अझ तिखो भावार्थ नै टिप्तछन्
मानौं शब्द र वस्तुमेल छिनुले मुर् त्याउँदै खिप्तछन् ।।
यस्ता कर्मठ काव्यसर्जक यहाँ खोज्ने कतै हो भने
पाल्नोस् सज्जनवृन्द काव्यपुरमा हुन्छन् त्यहाँ गोगने ।।

सदैव स्वागत छ यो हाम्रो नुवाकोटमा

गोर्खाको दरबारबाट नजिकै देखिन्छ हाम्रो घर
कल्लेरीतिरबाट आउनु परे टाढा कहाँ पर्छ र
आऊ यो घरमा छ स्वागत सधैं आकाशका किन्नर
के तिम्रो अलकापुरी सरह झैं यो गाउँ देखिन्न र ?

गजल

विभिन्न रोगव्याधको शिकार भो शरीर यो
कता अगाडि बढ्नु खै अगाडि भिर देखियो ।।

न वारि छेउ देखियो न पारि छेउ देखियो
जता जता गयो उतै अनेक पिर देखियो ।

नयाँ भविष्यको कुनै थिएन थोर चिन्तन
जवानी ढल्किंदै गयो बुढो शरीर देखियो ।।

मिठाइ मांस मद्य जो नपाउने भएपछि
ढिंडो सितो र सिस्नुमा समेत खिर देखियो ।।

बहादुरी र फुर्तिला घडी निखारिएपछि
लुते र लङ्गडा सबै विशिष्ट वीर देखियो ।।

जवानीमा जताततै कुधेर झिर्न देह छ
बुढो हुँदै गयो जसै बडो फकिर देखियो ।।

गाँड काेराकोर

अझ कति रुनु होला यो बलात्कार देखी
मन छ अति गलेको सक्नु के आज लेखी
असुरगण मिलेरै खून चाख्छन् निचोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

जति समय यहाँ यो राक्षसी तन्त्र हुन्छ
त्यति त्यति पर भागी सत्य आफैं नुहुन्छ
टुलुटुलु रमिता नै हेर्दछन् गाँड फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

अब घर घर थाले दुष्टले गाँड कोर्न
नरपशु अझ लागे देश मेरो निचोर्न
दमन अति बढाए दुष्टले देश फोरी
अब अझ कति रोलान् बाबु आमा र छोरी ।।

मातृभूमिको संझना

आमा तिम्रो प्यारो माया छाती भित्रै अड्की रैगो
हाँस्ने खेल्ने गर्थ्यौ सारा कैदी जस्तो वंदै भैगो
वाँझा बारी छैनन् बाली डाँको छोड्दै वेंसी रुन्छन्
कस्ले दिन्छन् राम्रा जागिर् सव् तन्नेरी तेतै झुम्छन्

मुस्कान दिवसका लागि उपहार

हाम्रो हास्यकला विकासपथमा बोकेर नौलो गति
मन्त्रीमण्डलभित्रबाट अहिले यस्को भयो उन्नति
राम्रा छन् रमणीय छन् छिनछिनै विस्फोटिला धार छन्
मन्त्री मण्डलका प्रधान अहिले साँचो कलाकार छन् ।।

पशुदिवसकाे सन्दर्भमा

आज मान्छेहरू क्रूर बन्दै गए ।।
धर्मको नाममा प्राण हर्ने भए
एकले प्राणको आहुती गर्दछ
अन्यका मासुले पेट पो भर्दछ ।।

अन्नमा बालीमा छैन हाम्रो हक
घाँसमा पातमा छन् उनै बाधक
मौन वच्चाहरु मर्दछन् भोकले
हामी मर्ने भयौं खानकै सोकले ।।

पर्दछन् कण्ठमा स्वार्थका बन्धन
सुन्छ कस्ले यहाँ घोर यो क्रन्दन
झन् अझै हुन्छ आतङ्कको नर्तन
श्वेत शार्दूल झैं साहूको गर्जन ।।

धर्मका नाममा रक्तको भेल छ
जिन्दगी पिंजराभित्रको खेल छ
सृष्टिमा जीवको मार्गका दर्शक
लौ कतै छौ भने देऊ हाम्रो हक ।।
होम सुवेदी

तीन थुङ्गा

थुँगाः एक
एक्लै हुँदा नरहरु उहिल्यै हराए
एक्ला भएर नर बानर झैं कराए
एक्ला भए तिनीहरु अरु के चिताऊन्
एक्लो जुनी अब यहाँ कसरी बिताऊँन् ।।

थुँगाः दुई
सोचौं तसर्थ अब बिल्कुल एकताको
खाँचो छ मित्रगण आज अनेकताको
यो एकता अब सबैतिर चालिनेछ
एकत्वबाट परिवेश उचालिने छ ।।

थुँगाः तित
सोझो नदी मधुर निर्मल दिन्छ पानी
उर्लेर बग्छ खहरे धमिलो सुनामी
एक्लो हुँदा अधिक त्यो खहरे सुसायो
आई मिल्यो अनि मिलेर त्यहाँ बिलायो ।।
समाप्त