Skip to content

भाग्दै जा कोरोना फट स्वाहा !


ए कोरोना ! कहाँबाट आयौ ?
विश्व नै यसरी थरथर कमायौ !

तिमी कुन ठाउँमा प्रकट भयौ ?
के को रिसले दुनियाँ रुवायौ ?

देशको सारा ढुकुटी रित्यायौ
कैयौं कर्णधार विभुती सिध्यायौ !

मिसिन,कारखाना सबै बन्द भए
मान्छे सबै जहाँको तहीं बसीरहे।

आपसमा सामाजिक दुरी राख्नु पर्छ
अनि बल्ल कोरोना बास नपाई मर्छ।

कोरोनालाइ देखेर सार्है घिन लाग्यो
मास्कले नाक मुख छोप्न मन लाग्यो।

जोतारा र नाराले मौलोमा बाँधौं
कोरोनालाइ तात्तातो फलामले डामौं।

सरकारले नि दु:खमा के के दिन्छ कुन्नि
जनतालाई पिडा सही साध्य नहुनी।

स्वास्थ्यकर्मी जीवन-धन मायाँ मारी दिन्छन्
रातदिन हामीलाई आड आधार दिन्छन्।

अब हामी देखि धेरै टाढा टाढा
डराएर भाग्दै जा कोरोना ! फट स्वाहा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *