Skip to content

निकुञ्ज अभ्यासमाला


व्यक्तिमा सुजनमा र समाज
देखिँदैछ मनमा भय आज
सत्यको जय यहाँ किन छैन
दुष्टको किन विरोध हुँदैन ?

मान्यका दिन हराउन थाले
मूल्यहीन हुन इज्जत फाले
पापको किन घडा भरिँदैन
दुष्टको किन विरोध हुँदैन ?

दैवकै गरिबमाथि प्रहार
हुन्छ छैन तिनको अधिकार
खान लाउन र बस्न अपार
रिक्त छन् गरिबका घरबार ।।

उष्णकाल बरु फर्कनु पर्छ
शीतको कहर तर्कनु पर्छ
शीघ्र यो शिशिर लौ पर जाओस्
शीत रूप यमराज नओस् ।।

शीतले कहरबाट धरा यो
कक्रिएर सब सुस्त गरायो
सास फेर्न पनि दुस्तर पार्दै
शीत रूप लिई राक्षस आयो ।।

प्रतिभा निकुञ्ज अभ्यास मालाबाट
होम सुवेदी

Leave a Reply

Your email address will not be published. Required fields are marked *