पिडा लुकाइ बाहिर मुस्कान खुसी छर्दैछन् जो
कर्म पथमा अडिग छन् सोध्छन् सन्चो विसन्चो
दिन रातै नभनि सेवामा जो अटल तल्लिन छन्
आफ्ना दुःख भूली मलम अरुलाई जो लाउछन्
छोरा छोरी रोलान् घरमा बिर्सेर सबै थोक त्यो
बचाउछु सबै भनेर हरदम सेवामा तल्लिन जो
पिडा कष्ट बुझी तिन्ले भावना ढाडस नौला दिदै
कति बिचलित छैन न भय त कहर मनमा कतै
हरदम तल्लिन ईश्वररुपी मानव छुन ति हातमा
साँच्चै देवता बुझ्ने पिडा छन् है ति अग्रस्थानमा
कमिज छ सफेद सेतो त्यस्तै कञ्चन सफा मन
तिन्कै सेवा पाइ निरन्तर मुस्कान छर्दैछन् जन
स्वास्थ्यकर्मी जो दिदैछन् सेवा निरन्तर दुःखमा
सम्हाल्दैछन् अग्रमोर्चामा रही यो ठुलो कहरमा
गरेर सम्मान तिन्लाई सेवा दिने ति सबै हातहरु
लौ उठ्यौं जुट्यौं सबै पुजेर तिन्का हात पाउहरु
हो धन्य छौं सबै यहाँ कर्मै तिन्को सदा सेवा भई
स्वास्थ्यकर्मी नभए सबै जन जाने थियौं मृत्यू पाई
हरेक दुःखमा जनजनको तिन्कोको साथ रहन्छ
निर्भय सेवामा तिन्को निष्पक्ष पारदर्शीता बहन्छ
