Skip to content

पद्य कविता

दुःखेको छ स्वाभिमान

अहिले मेरो घरभित्र गोमन पसेको छ
मानौं मेरै थाप्लामाथि उल्का खसेको छ ।।

अस्पतालमा देशभक्त भर्ना भएका छन्
किनभने गोमनले तिनलाई डसेको छ ।।

विभक्ति वा अनुसर्गलाई शब्दबाट अलग लेखौं भन्नेलाई उत्तर

अनुसर्गबारे केही सिलोकः

अनुसर्ग रह्यो नाम शब्दका पछि आउँदा
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा ।।

वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।

एकाकार कतै हुन्छन् थपक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ जताततै ।।

यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।

जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
त्यसै कारकमा हुन्छ वाक्यको अनुशासन ।।

अदृश्य रूपमा बस्दै गर्ने वाक्य नियन्त्रण
त्यस्तो कारकमा बन्छन् विभक्ति मूर्त कारण ।।

प्रतिनिधित्व कर्ताको कहिले गर्न थाल्दछन्

नदीहरू नेपालमा

सलल भई बग्छन् पहाडको मध्ये बीचमा
गइ गइरहन्छन् जहाँ जहाँ मार्ग निचमा
नदीहरू नेपालमा बग्छन् दक्षिण तर्फ
बढी बढिरहन्छन् ती यामको बेला वर्षा

(स्व कर्णबहादुर माझी)

भाषामा विभक्तिहरु छुट्याई लेख्ने मित्रहरुका लागि आग्रह

जोडमा तोडमा भिड्छन् व्यर्थैमा जोडतोडले
के हुन्छ जोड्नमा लाभ के हुन्छ हानि तोडले ।।

जोडेर लेखिए एक नजोड्दा भिन्न अर्थ छ
पुर्खाको योग्यता जाँच्ने अबको तर्क व्यर्थ छ ।।

श्रीभुँडी

शरीरमा टाँसिएका यी भुँडीहरू
ढिँडो र ब्यञ्जन कोच्ने थैलाहरू मात्रै होइनन्
जाँड र माड भर्ने घैँटाहरू मात्रै होइनन्
बैध—अबैध भ्रुणको ओथारो काढ्ने गुँड मात्रै होइन
मानवीय महत्वकाङ्क्षाका सारथी पनि हुन्
जसको पूजासामग्री जुटाउन
मानिसहरुले नैतिक—अनैतिक सबै कर्म गरे

इलाम

उज्यालो नबन्दै यहाँ नित्य आऊँ
र आई यहाँ एक गाना सुनाऊँ
नखाई अघाऊँ र खाई अघाऊँ
सुधा एक प्याला चियाको उघाऊँ ।।

अँध्यारै यता अन्तुमा सूर्य आई
चिसो याममा झन् चिसोले नुहाई
लुकी हेर्दछन् लोभिँदै नित्य घाम
सधैंकी तिमी अप्सरा हौ इलाम ।।

यहाँ ज्येष्ठको श्रेष्ठको मान हुन्छ
यहाँ नित्य सद् ज्ञानको गान हुन्छ
तिमीलाई देख्ता सधैं हे इलाम
मलाई भने स्वर्गकै हुन्छ भान ।।

जहाँ ईश आएर खोल्छन् कपाट
र मन्दाकिनी झर्दछिन् स्वर्गबाट
अँधेरै जहाँबाट झुल्कन्छ घाम
तिमी लाग्दछ्यौ स्वर्ग झैं हे इलाम ।।

कहाँ नित्य त्यो ईशको गान हुन्छ
कहाँ मृत्यु जित्ने सुधा पान हुन्छ

मुक्तिनाथ यात्राको स्मरण

चादी हो कि टलटल गरि टल्कने चादनि यो
उढ्दै भाग्यो विहग मन यो हर्षले मात्तिएको
सिंगै मूर्ति छमछम गति निर्झरी नर्तकीले
छेकिन् बाटो थुनि मुटुभरी देखिने सादगिले ।।१।।

शुभकामना!

फुर्दै शुन्दर भाव भीत्र मनका भित्री कुना छाउने ।
हर्षोल्लास बढाइ बाँकी दिनमा शैाभाग्य चम्काउने ।।
फैलियोस सुकीर्ति वैभव बढी सत्मार्ग लागे मन ।
छर्दै अम्रितवाणी कण्ठ रसिलो वन्नेछ भावी दिन ।।१।।

हे पिता

व्यथाहरू लाखन लाख हुन्छन्
झन् आँसुमा लाख व्यथा चुहुन्छन्
बाँकी व्यथा भित्र कतै हियामा
बग्नै नपाएर यसै कुहुन्छन् ।।

हो जिन्दगी एक विशेष शिक्षा
यस्तै पढाएर दिएर दीक्षा
पिता तिमीले अघि नै प्रयाण
लियौ कसैको नगरी प्रतीक्षा ।।

भानुभक्तप्रति

उदायौ चंकिला भानु नेपाली मुटुकेन्द्रमा
सिकायौ सभ्यता धर्म भाषा साहित्य दर्शन ।।१।।

सबै उमेर जातीले रामगाथा सुधा सुने
गोठमा लेखमा वेशी मेलामा धुन गुन्जने ।।२।।

उपकार

हामी मानवका प्रवित्ति दुइटा छन् जीव मस्तिष्क मा
अर्काको उपकार पुण्य रसिलो पाप् बन्छ दुस्कर्ममा ।
मान्छेका मनमा छ ईश बसने सेवा गरौ धर्म को
साँच्चै जीवन हुन्छ शुद्ध मनले दान् गर्नु यो कर्म हो ।।

आमा

झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन्
जिन्दगी बन्छ आमाले खाएको गाँस गाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।

मातृ महिमा

मेरो सृष्टीदात्री देवी स्वरूपिणी गर्छु प्रणाम अर्पित
मेरो प्रथम रोदनमा भएथ्यौ जननी सगर्व अति हर्षित

म भ्रूण थिएँ जिएँ परिधीमा तिम्रो पूज्य गर्भको
बोक्यौ पाल्यौ मेरो शरीरलाई बिर्सी पीडा दर्दको
आँशु मेरो पियौ बहायौ तिमीले छातीको अमृत नदी
लुटायौ ममता फुटाई मुटुलाई जे सक्थ्यौ सक्ने जती

शरणार्थी

आफ्नै बथानबाट धपाइएको पशु झैँ म
आफ्नै घरबाट घोक्र्याइएको सन्तान म
आफ्नो जन्मघर छोडेर
पारचक्रीघरमा नाता जोडेर
अतीतका याद अनि मात्रिभुमीको मायाले
आँसुका घुट्काहरु पिउँदै बाँचिरहेछु
पराईको भिक्ष्याजन्य आथित्यसत्कारमा
देखावटी क्षणिक खुशीको अभिनय गर्दै
हाँसिरहेछु रोदनमिश्रीत रुन्चे हाँसोमा
घस्रिरहेछु सरीसृप झैँ जीवन जिउने मोडहरुमा
अन्ततोगत्वा पुनः जन्मघरको दलीन टेक्ने सपनाको घुट्को पिउँदै
अनिश्चितता भित्र आशारूपी वस्त्रलाई सपनाको सियोधागोले सिउँदै
म क्रुर राक्षसको क्रुर साम्रज्यको बजारू बेश्या र मुल्यहीन रखौटी

rajesh1

गर्भवतीको क्रन्दन

रचना:: राजेश अधिकारी
शीर्षक: गर्भवतीको क्रन्दन
बिधा: कविता

गर्भवतीको क्रन्दन

माईतीको आँगन छोडेर
पराईसँग नाता जोडेर
म आएकी छु पराईघर
बालापनका खुशीहरु न्यौछावर गर्दै
माईतीघरको मझेरी र सङ्गीनीहरुको सामिप्य त्याग्दै
नौलो र अनजान दलिनमा जीवन बिताउन
परचकृघरको शुन्यता भर्न ,नवजीवनको साँघु तर्न

तिम्रो वंशबिस्तारको बीज रोपेकी छु मेरो गर्भमा
तिम्रो प्रेमको भ्रूण लुकाएकी छु मेरो बदनमा
बीज अंकुरण हुँदै छ,कोपिला मुस्काउँदै छ र फूल फक्रदै छ
अर्ध लज्जा र अर्ध खुशी बोकेर
कल्पनाको सगरमा उड्दै छु
अर्ध पीडा र अर्ध आनन्दको प्रथम सुखानुभूति बोकेर

कुखुरी फुलमा नै, मालती फूल

पद्मको काटियो खुट्टा, पद् – ‘म’अलग छुट्टिए
लङ्गडो नै भयो खुट्टा, ओंठ पनि त छुट्टिए ।

विद्याकेा विद् – धपाई, विध्-या आई बनीवरी
विद्याको सौतेनी ‘विद्या’, उफ्रीउफ्री अघिसरी ।

वर्षात र डुबान

चारैतिर देख्छु, जलले छोपेको, लाग्दछ तटझैं सडक यहाँ
जलमग्न छ, छैन थल देखिने नौका, विहार हुन्छझैं यहाँ
थियो खै अग्लो, पिपल बोट, देखिन्छ झाडी बुट्यानझैं यहाँ
दर्केको दर्कै, निरन्तर दिन रात, सखाप पार्दै लाने भो यहाँ।।१।।

नेता बनेका किन बाइफाले

दिमाग छन् शून्य छ शून्य सोच
आस्था न हुन्छन् न त हुन्छ ओज
प्रशस्त पैसा सँगमा हुनाले
नेतो बनेको छ टुनामुनाले ।।

लुछाचुँडीमा दिन रात फाले
आफू र आफ्नै जति मात्र पाले
र भ्रष्टको झुन्ड सबै उचाले
नेता भएका किन बाइफाले ।।

पिता

पितामा पनि केही हुन्छ
कसैको तुलना हुन्न आमाको ममतासँग
आमाको ममता जस्तै स्नेह हुन्छ पितासँग ।।

पिताको भूमिका केही नकार्ने जब देख्छु म
पिताको योग्यतामाथि सोचेर केही लेख्छु म ।।

आमाको भूमिका हुन्न भन्ने यो हैन आशय
उनको भूमिकामाथि हुँदैन धेर संशय ।।

परेली पिरले भिज्छन् आमाका तर बाबुमा
छाती भित्रै लुकाएर राख्तछन् पिर काबुमा ।।

आमाको योग्यतामाथि किञ्चत् शङ्का म गर्दिनँ
बाबुको योग्यता बेग्लै छ भन्न पछि पर्दिनँ ।।

आमाका दशधाराले हामी हुन्छौं हराभरा
छातातुल्य पिता हुन्छन् आमा हुन्छिन् वसुन्धरा ।।

पिताले थाप्तछन् थाप्लो भाग्छन् दुर्लङ्घ्य आपदा