पद्य कविता
विभक्ति वा अनुसर्गलाई शब्दबाट अलग लेखौं भन्नेलाई उत्तर
अनुसर्गबारे केही सिलोकः
अनुसर्ग रह्यो नाम शब्दका पछि आउँदा
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थपक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ जताततै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण
त्यसै कारकमा हुन्छ वाक्यको अनुशासन ।।
अदृश्य रूपमा बस्दै गर्ने वाक्य नियन्त्रण
त्यस्तो कारकमा बन्छन् विभक्ति मूर्त कारण ।।
प्रतिनिधित्व कर्ताको कहिले गर्न थाल्दछन्
इलाम
उज्यालो नबन्दै यहाँ नित्य आऊँ
र आई यहाँ एक गाना सुनाऊँ
नखाई अघाऊँ र खाई अघाऊँ
सुधा एक प्याला चियाको उघाऊँ ।।
अँध्यारै यता अन्तुमा सूर्य आई
चिसो याममा झन् चिसोले नुहाई
लुकी हेर्दछन् लोभिँदै नित्य घाम
सधैंकी तिमी अप्सरा हौ इलाम ।।
यहाँ ज्येष्ठको श्रेष्ठको मान हुन्छ
यहाँ नित्य सद् ज्ञानको गान हुन्छ
तिमीलाई देख्ता सधैं हे इलाम
मलाई भने स्वर्गकै हुन्छ भान ।।
जहाँ ईश आएर खोल्छन् कपाट
र मन्दाकिनी झर्दछिन् स्वर्गबाट
अँधेरै जहाँबाट झुल्कन्छ घाम
तिमी लाग्दछ्यौ स्वर्ग झैं हे इलाम ।।
कहाँ नित्य त्यो ईशको गान हुन्छ
कहाँ मृत्यु जित्ने सुधा पान हुन्छ
शरणार्थी
आफ्नै बथानबाट धपाइएको पशु झैँ म
आफ्नै घरबाट घोक्र्याइएको सन्तान म
आफ्नो जन्मघर छोडेर
पारचक्रीघरमा नाता जोडेर
अतीतका याद अनि मात्रिभुमीको मायाले
आँसुका घुट्काहरु पिउँदै बाँचिरहेछु
पराईको भिक्ष्याजन्य आथित्यसत्कारमा
देखावटी क्षणिक खुशीको अभिनय गर्दै
हाँसिरहेछु रोदनमिश्रीत रुन्चे हाँसोमा
घस्रिरहेछु सरीसृप झैँ जीवन जिउने मोडहरुमा
अन्ततोगत्वा पुनः जन्मघरको दलीन टेक्ने सपनाको घुट्को पिउँदै
अनिश्चितता भित्र आशारूपी वस्त्रलाई सपनाको सियोधागोले सिउँदै
म क्रुर राक्षसको क्रुर साम्रज्यको बजारू बेश्या र मुल्यहीन रखौटी
गर्भवतीको क्रन्दन
रचना:: राजेश अधिकारी
शीर्षक: गर्भवतीको क्रन्दन
बिधा: कविता
गर्भवतीको क्रन्दन
माईतीको आँगन छोडेर
पराईसँग नाता जोडेर
म आएकी छु पराईघर
बालापनका खुशीहरु न्यौछावर गर्दै
माईतीघरको मझेरी र सङ्गीनीहरुको सामिप्य त्याग्दै
नौलो र अनजान दलिनमा जीवन बिताउन
परचकृघरको शुन्यता भर्न ,नवजीवनको साँघु तर्न
तिम्रो वंशबिस्तारको बीज रोपेकी छु मेरो गर्भमा
तिम्रो प्रेमको भ्रूण लुकाएकी छु मेरो बदनमा
बीज अंकुरण हुँदै छ,कोपिला मुस्काउँदै छ र फूल फक्रदै छ
अर्ध लज्जा र अर्ध खुशी बोकेर
कल्पनाको सगरमा उड्दै छु
अर्ध पीडा र अर्ध आनन्दको प्रथम सुखानुभूति बोकेर
पिता
पितामा पनि केही हुन्छ
कसैको तुलना हुन्न आमाको ममतासँग
आमाको ममता जस्तै स्नेह हुन्छ पितासँग ।।
पिताको भूमिका केही नकार्ने जब देख्छु म
पिताको योग्यतामाथि सोचेर केही लेख्छु म ।।
आमाको भूमिका हुन्न भन्ने यो हैन आशय
उनको भूमिकामाथि हुँदैन धेर संशय ।।
परेली पिरले भिज्छन् आमाका तर बाबुमा
छाती भित्रै लुकाएर राख्तछन् पिर काबुमा ।।
आमाको योग्यतामाथि किञ्चत् शङ्का म गर्दिनँ
बाबुको योग्यता बेग्लै छ भन्न पछि पर्दिनँ ।।
आमाका दशधाराले हामी हुन्छौं हराभरा
छातातुल्य पिता हुन्छन् आमा हुन्छिन् वसुन्धरा ।।
पिताले थाप्तछन् थाप्लो भाग्छन् दुर्लङ्घ्य आपदा

अहिले मेरो घरभित्र गोमन पसेको छ
सलल भई बग्छन् पहाडको मध्ये बीचमा
शरीरमा टाँसिएका यी भुँडीहरू
चादी हो कि टलटल गरि टल्कने चादनि यो
पद्मको काटियो खुट्टा, पद् – ‘म’अलग छुट्टिए