Skip to content

पद्य कविता

शान्तिको खाँचो

देखिन्छ हात हतियार उध्याउँदै छन्
मारेर मार्नतिर ध्यान लगाउँदै छन्
भूकम्प झै जमिन आज हिलाउँदैछन्
यो शान्तिमा जहर उग्र मिलाउँदैछन् ।

जो प्राप्त हुन्छ अरुबाट लुटेर शान्ति
त्यो शान्ति ता क्षणिकको हुन जान्छ भ्रान्ति
त्यो शुद्ध शान्ति अब खोज न दाजु भाइ
खाँचो छ यो भुवनमा अब बाँच्नलाई ।।

शस्त्रास्त्रबाट जब सृष्टि हुँदा खरानी
अस्तित्वमा रहन सक्छ र जिन्दगानी
शस्त्रास्त्रको अब हटाउनु पर्छ होड
हे शान्तिकामी जनहो अब हात जोड ।।

स्मृतिको पानाहरुबाट

गाई चराएर सधैं फिरेको
फिर्दै रिसाई घरमा पिरेको
सम्झेर मेरो मुटु चर्किंदै छ
अतीतमा योे स्मृति फर्कंदैछ ।।१।।

जहाँ म जन्में त्यही गाउँ मेरो
अद्यापि मेरो छ त्यहीं कटेरो
न वारको लौ न भएँ म पार
छ सम्झना त्यो अझ बारबार ।।२।।

जहाँ म खेल्थें र जहाँ म डुल्थें
त्यो पारिलो जङ्गलमा म भुल्थें
त्यो बाल्य लीला छ बडो अपार
छ सम्झना त्यो अझ बारबार ।।३।।

उस्तै छ त्यो गाउँ र ठाउँ उस्तै
जे सम्झना थ्यो सब त्यो दुरुस्तै
मेरो परेको छ मुजा निधार
छ सम्झना त्यो अझ बारबार ।।४।।

मेरो अझै झल्झली हुन्छ गाउँ
लाग्दैछ फर्केर उतै म जाऊँ
के तर्न सक्ने अब त्यो जँघार

भयो कृष्ण तिम्रो म ता भक्त हुन्न

पिता मान्छ कोही कुनै मान्छ माता
सश्रद्धा सबै पढ्दछन् ज्ञान गीता
छ त्यो तेजिलो स्वादिलो ज्ञानगङ्गा
म पढ्दा न पढ्दै हुँदै जान्छु चङ्गा ।।

कथा सुन्न थालें दुबै कान थापी
बडो चाख लाग्दो सुनिन्थ्यो तथापि
त्यहाँ भित्रको मर्म के सक्नु सुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

कतै स्नानका छन् कुरा लाजमर्दा
तिमीले चियायौ उठाएर पर्दा
म ता गोपिनीका कतै वस्त्र छुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

थिए यौनका धेर चर्चा प्रसङ्ग
कथा सुन्न थालें भएँ झन् झसङ्ग
म थालूँ कि मेरा दुबै कान थुन्न
भयो कृष्ण तिम्रो म ता भक्त हुन्न ।।

फुटाएर हाँडी कतै खानु नौनी

आत्मगौरव – ४

मौका आउँछ छेउछाउ त्यसमा चासो बढाएपछि
इच्छा साहस त्याग योग सबले आकार पाएपछि
आफ्नै शक्ति बुता र बाहुबलले ढोका खुलाएपछि
तृष्णा त्यो परितृप्त बन्दछ बिण्डो आफैं समाएपछि ।।

पद्याङ्कन

पद्याङ्कन
होम सुवेदी

लेखककाे भनाइः
परालकाे अागाे, के नेपाल सानाे छ ?, खैराती मास्टर, श्वेत भैरवी, मैनवत्तीकाे शिखा, मातेकाे मान्छेकाे भाषण मध्यरातकाे सडकसँग यति कृति तलकाे नमुना अनुसार पद्यमा लगेकाे छु । काेही सहृदयी प्रकाशक अघि अाएर हात थापिदिनु भए अाभारी हुनेछु । नमुनाका रुपमा केही श्लोक तल छन् ।

गद्यका केही सामग्री पद्यबद्ध गरुँ भनी
मलाई कसरी आयो थाहा छैन अझै पनि ।
त्यसै लहडले गर्दा स्वयं यो काममा भिडें
मानौ कन्टकिलो बाटो रहेछ त्यसमै हिंडें ।
मेरै लहडिलो सोच मेरै बुद्धि विवेकको
यो त्यही सोचको यौटा आलोकाँचो निचोड हो ।
मूलको जे थियो मर्म यस्मा बैग्लै कुरा परे

जुर्मुराऊ

सहन कति सकेको लौ बनौ गोलबन्द
मुलुक भर उठाए दैत्यले आज द्वन्द्व
टुलुटुलु कति हेर्छौ दैत्यलाई ठटाऊ
अझ पनि कति बाटो हेर्दछौ जुर्मुराऊ ।।

मुलुक भर सुरक्षा बालिकामाथि छैन
प्रभुपद सब सुत्छन् अन्ध देखिन्छ एेन
किन मन र कलेजो भित्र उम्लन्न घाउ
अझ पनि कति बाटो हेर्दछौ जुर्मुराऊ ।।
होम सुवेदी
मालिनी छन्दकाे उदारहण चाहिए यसलाई हेर्नु होला ।

पार लगाऊ

जब जब मानव दानव हुन्छ
सेवकले पनि राक्षस चुन्छ ।
प्रणय र ममता कसले सुन्छ
ईश्वरको पनि अश्रु बहन्छ ।।

पञ्झटिकामा गर्छु पुकारा
छैन कतैतिर कोही सहारा
भवसागरको डुब्दछ नाउ
अब प्रभु आऊ पार लगाऊ ।।
होम सुवेदी

स्तनपान सप्ताहका लागि

समग्र संसार छ वारपार
छ जन्म हाम्रो अझ बारबार
नसानसामा स्तनपान गर्ने
रहन्छ हाम्रो अधिकार सार ।।

कसै कसैका मति भ्रष्ट हुन्छन्
र बालको त्यो अधिकार छिन्छन्
रहन्छ मातृत्व सधैं अभाव
चाँडै हराओस् अब त्यो प्रभाव ।।

म खान पाऊँ अनि चुस्न पाऊँ
चुसेर वक्षस्थलमै निधाऊँ
निधाउँदै फेरि म ब्यूँझिएर
म दुग्धधारा अभिषेक पाऊँ ।।

मातृभूमी

टोपीको सान यो नेपाली जनको शिरैमा लौ वास होस्
अस्मिता देशको लुटाउन खोजे शत्रु परास्त गरोस्
कम्मरमा पोटुकी सँगै खुकुरी भिरेको नेपाली यो
शत्रुको हमला हटेन पछाडी गोर्खाली त्यो वीर हो ।।

भित्तै भएकाे छु म

बोधो यो किन हो दिमाग अहिले फुर्दै नफुर्ने भयो
केही सिर्जन गर्न साइत कतै जुर्दे नजुर्ने भयो
सारा पूर्व प्रयत्न मेटिन पुगे मस्तिष्क रित्तो किन
साठीबाट उँभो चढेपछि भयो मेरै उछित्तो किन ?

छाता

गर्मीको त्राण हो छाता छाताले पानी छेल्दछ
पानी मात्र कहाँ यस्ले हाम्रो जीवन ठेल्दछ

जसका साथ यो छाता रहेन यो बुझे भयो
त्यसको जिन्दगी व्यर्थै व्यर्थैमा अमिलो भयो ।।

भानुमा श्रद्धा

कलम र कपी बोकी रामको गीत गायौ
प्रभुसँग कवितामा भावनामै रमायौ
परिचित अझ हुन्छौ काव्यका दूत हेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।

सबतिर छ दिएको भानुले योगदान
सुमधुर कवितामा रामको गीत गान
रसमय रचना वा व्यङ्ग्य लेख्थ्यौ उनेर
युग युग रहनेछौ भानु भाषा बनेर ।।
होम सुवेदी

पानीकाे विकराल रूप

पानीको विकराल रूप छ यहाँ के देख्नु मैले प-यो

कोशी बन्न पुग्यो यहाँ जलधि झैं उठ्दैैछ यौटा धुन
नौलो छाल उठी विरक्तसँगले कोशी सुसायो किन
यो बेला मुटुभित्र आज यसरी गाँठो परेको किन ?
खै कस्तो दुविधा भएछ अहिले केही म यो जान्दिनँ ।।

वर्षा आउनुपूर्व त्योे जलधि झैं कोशी थियो सुस्थिर
सुख्खाग्रस्त थिए पहाडतिरका पाखा पखेरा भिर
वर्षामा घनघोर बग्दछ जसै आषाढमा झन् पिर
कोशी बग्दछ उर्लिएर अहिले हाम्रो तराई तिर ।।

मायाभित्र जमेछ कोशी अहिले मेरै परेलीनिर
आँसुबाट चुहुन्छ मेची अहिले मेरै बलेंसीनिर
आँखा चिम्म गरेर बाहिर कतै आँसु कहाँ झर्छ र
मानौ बालद ओर्लिंदैछ अहिले केही झुकाई शिर ।।

नारी – २

नारीकाे गुणका सामु मेरो यो शिर झुक्तछ
यो रहस्य नबुझ्ने जो छ त्यो मानव चुक्तछ ।।

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
भाेको बस्तै अरुलाई कनिका पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्काको भरमा तिम्रो कलाकारी उदाउँछ
चौकोमा होस् चुलाेमा होस् त्यो कला मुस्कुराउँछ ।।

यो त झन् भन्न चाहन्छु को छ तिम्रो बरोबर ?

बादल

धारा सुके पनि कुवा कहिल्यै सुकेन
सुख्खा परे पनि कुवा कहिल्यै सुकेन
चौ चौ गरेर किन यो मन अाज मेराे
सम्झीरन्छ घरमन्तिरको पनेराे ।।

जे ठान ठान म त बादल नै ठहर्छु
आकाश ढाक्तछु र वृष्टि भएर झर्छु
गन्तव्य माथि छ तथापि तलै झरेर
पानी भएर सब ताप र प्यास हर्छु ।।
होम सुवेदी