BijjuSubediBijaya

“आज त मेरो दिन ! मर्त्यमण्डलमा मनाउनुपर्यो तर यी मनुवाहरूले शिवरात्रि” भन्दै यो मनाइरहे अद्यापि । जेसुकै होस् म अब सतिदेवी रूपी पार्वतीजीलाई छोडी सुटुक्क मर्त्यमण्डलमा जान्छु भन्दै ध्यानदृष्टिको यन्त्रमा यी अक्षरहरूका वाटिका छोड्दै पत्रात्मक आग्रह गर्दै कैलाशबाट म वायु अनि प्रकाशभन्दा छिटो गतिमा ट्याम ट्याम स्वर निस्किएपछि फुर्र फुर्र पुतलीजस्तो आकारबाट ठुलो हुँदै मानव शरीरधारि तुरुन्तै शिवको गतिविधि हेर्नलाई उत्रिएँ ।

डोरी रज्जु पासोजस्तो लिलीविली, बच्चाबच्ची, ट्याम्केट्यामकी, नानानानी, भुराभुरी, चिचिले, चञ्चले, नानीहरू मलाई बाटो छेक्न आए ।

अचम्म मेरो यहाँ उताको जस्तो चामत्कारिक शक्तिरहेन । यहाँ पापको बिब्लेटाको घडा भरेको आभास पाएँ । उनीहरूले पैसा नदिई रज्जुको बाधा अड्काऊ नफुकाउने भनिरहे । मेरो चिन्तामणि झोला सुम्सुम्याएँ । यो पाप नगरीमा यसले पनि केही स्वर्गीय आनन्दका पर म आनन्दीय कुनै पनि तत्त्वहरूको सर्जाम जुटाउन सकेन ।

“ए भोले बाजे ! जटाधारी साधुवाला ! दे पैसा । शिवजीलाई जाडो भो । दाउरा किन्नु पर्यो । पैसा दे । अब त अति भो । रातमा आएर हलुवा पुरी प्रसाद खाने भए पैसा दे । अब त अति भो । अति गरे खति हुन्छ । शिवजीलाई जाडो भो । दाउरा किन्न पैसा दे ।”

अर्का चिचिले चिच्याए, हलुवा पुरी राति खाने भए छिटै पैसा दे । शिवजीलाई आज त मानी दे ।” भन्दै फेरि खित्का छोडे ।

शिवजीले भने “मसँग पैसा छैन । मलाई जान दिनू ।” आफ्नै नाममा मागिधन्दा गरेको चिचिलेहरूको चिलिविली मदहोस् भई व्रह्माण्डका नायकलाई अन्तदृष्टि गर्न मन लाग्यो । सब ठाउँमा यस्तै चलन पनि भएको भेउ पाए ।

अरू त्यस बाटा हिँड्ने दुइचार मनुवाहरू “पछि दिउँला” भनी फुत्किए ।

ठुला ठुला सन्दुक जस्ता मालबाहक पाङ्ग्रे ट्याम्केहरू गुडिएर आउँदै थिए । उनीहरूको रवाफ बेग्लै थियो । पुरै संसार चलाएजस्तो मुठी बटारेर नाङ्ला घुमाउँदै थिए । बच्चाहरूलाई “यिनी को हुन् ?” भनी सुध्याए ।

बच्चाहरूले “यी भूमि पाइलट हुन् भोले !” भने ।

“त्यो बटारेर घुमाउने नाङ्ला के हुन् नि ?”

“स्टेरिङ हो बाबा ! भूमि पाइलटको ह्यान्डिल ।” धेरै नहँसाउनुहोस् भन्दै पेट मिचिमिचि हाँसे ।

तर शिवजीले तिनीहरूलाई फेरि सुध्याए, “ठुला घुल्ल गएका बक्सा के हुन् त ?”

उनीहरूले भनी हाले “यो गाडी हो बाबा ! धेरै ठट्टा नगर हाम्रो त हाँसोको पारो मीटरभन्दा माथि गइसक्यो । तिम्रो भाषामा यो मान्छे हाल्ने भाँडो हो ।” भन्दै खित्का छोडेर हाँसे ।

“के हो यो पारो भनेको ?” बाबाले सुध्याए ।

“यो पारो केही होइन । अहिले यहाँ रातो पारोको खोजी हुँदैछ । यो पाएमा करोडौँ आउनेछ ।”

“म पनि त करोडौँ छु नि !”

“कसरी ?”

“म रोडमा आएपछि करोड भएन ?”

“त्यसो भए रातो पारो निकाल भोले । भैगो भैगो कि त सिक्का निकाल ।”

फेरि त्यहाँ मान्छे जातका मनुवाहरू भएको मैले देखेँ । उनीहरूले पनि “पछि दिने” भनी उम्कन खोजे ।

उनीहरूलाई भुराभुरीले सोधी हाले “अर्को पटक भनेको त अर्को वर्ष हुन्छ । यो त हुन्न हामी जान दिन्नम् ।”

त्यसै बलजफ्ती उनीहरू पनि उम्किए ।

यसरी फुत्कन उक्साउनेहरू देखी अनि झुट बोली चिचेलाहरूबाट उम्कन खोजेको देखी यस्ता गैरजिम्मेवार यथास्थितिमा यिनीहरूलाई भोकै राखेर आफुमात्रै यथेष्ट हुने करामातलाई लातै हान्न खोजे तर अचम्म यो पो भो कि त्यो स्वर्गीय आनन्द बोलाउन सक्ने चिन्तामणि यन्त्रले कामै गरेन । झ्यारझ्यार र ठ्याकठ्याक मात्र भइरहे ।

उनीहरूले आग्रह गरे “हे भोले ! तिमी पनि पछि दिउँला भनी जानू । हामी पठाऔँला । नभए तिमीले पैसो दिनै पर्छ । तिमी यति सुखी छौ त्यसैले अवश्य तिमीसँग पैसो हुनुपर्छ ।”

उनले आफ्ना चिन्तामणि झोला धुनलाई उल्टो पारेजस्तो पारीकन देखाए र भने “लौ हेर ! मेरो पैसो विष्टोको थैली । म कहाँ त सुखी हुनेसँग पैसो हुँदैन । दुःखको जड हो पैसो ।” कुरो फुत्के फुत्के जस्ता अनि वच्चीहरूसँग विवश भएजस्ता ब्रह्माण्डका नायकलाई पनि असमञ्जस्य पारिदियो ।

यी सब मर्त्यमण्डलका बेलिविस्तारका बिब्लेटाहरूलाई स्वच्छ बनाई सकारात्मक कुराले मठिसकेपछि तत्कालै ध्यानदृष्टिको यन्त्रमा पठाई आग्रह गरे कि मेरो शक्ति क्षिण भयो । बच्चाहरूसँग छली गए सब जना । म यहाँ यी निर्मल निश्छलहरू अनि वोलीमा उदात्त सङ्गीतिका माधुर्यका जादू भएका विश्वासीहरूलाई अन्धविश्वास देखाई छलाउन चाहिन । आफू पनि ब्रह्माण्ड कल्याणका लागि क्षिण हुन चाहिन तर मेरो शक्तिको करामात सत्य, शिव, सुन्दरका लागि पनि कुनै डेग चलेन ।

माथि सब देवताजनगणहरूले सन्देश पाउनावितिकै ध्यानदृष्टि यन्त्रमा निरन्तर आग्रहका वौछारहरू उद्गारित गरी सहयोगी बचनका सङ्गीतिहरू सबैले एकै सुरतालमा गाई पठाए :

पुनिपुनि केशव चिन्तामणि विवश ।
धन्य शिव भोले प्राण जाए औ बचन नजाए ।।

“आफूसँग छैन भन्न पाउनुको सुखद क्षण अरू छैन । यो आनन्द वर्णण गरी साध्यै छैन । यो जति स्वर्गीय आनन्द अरु के होला र ? गजब बाललीलामा म मग्न अनि महाआनन्दित भएँ । गजक्क भएँ । स्वच्छ किसिमको रुमानी भएँ । तपस्याभन्दा कैलाशभन्दा धेरै माथिका वर्फिलामा जागरुक भएकाभन्दा महाआनन्दित भएँ । माथि पनि त मसँग सेवा पाउनेहरू अरू मात्रै ! मैलाई चाहिँदा ‘महादेवलाई अरूले सहयोग गरेर हजुरको पदलाई तल गिराउन चाहन्न । महादेवलाई अरुले सहयोग गरे हजुरको पद तल पर्ला ?’ मात्र भन्थे । गर्नुपर्ने सारा ब्रह्माण्ड मैले हिफाजत ! यी सब देवता ऐस आराममा जुट्ने ! सारा संसारका लागि यिनीहरुलाई सृष्टि गरेँ तर यिनीहरू खालि यिनीहरुकै गणका आनन्दका लागि मग्न मात्र भए ! म भएँ भोलाराम । त्यसैले त आज यी चिचिलेहरूले सुखी बनाए मलाई । फेरि देवताहरूले शिवजीलाई यी सुसूचित सन्देशहरू पठाए । अहिले भने अलि सुस्पष्ट स्वरहरू आए ।”

रघुकुल रीत सदा चली आए ।
प्राण जाए पर वचन नजाए ।।

“एक समय रघुको पुण्य अगाडि विवश भएर राम छोरा हुन आउनुपर्यो । आज म चिचिलेका कारण उनीहरूभन्दा साना भई वाचाबन्धनमा बाँधिएर फुत्किएर अनन्त शून्य आकाश जति विशाल अनि शून्यताको कल्याणको मार्गमा जान अनुमति लिएर मात्र जान सक्ने भएँ । जताबाट हेर्दामा पनि यहाँ म जसैगरे पनि तलै छु ।” भनी घररर ध्यानी स्वरका सङ्गिति तरङ्ग पठाए । तर यहाँ आउँदा वायुमै कति सम्पादन भई अघि अर्कै भई पो आएको श्रवणमा पाएँ ।

गजक्क धप्प, नृशंस टक्क, जिम्बर सत्त ।
संसार चक्र अनन्त, विश्व ब्रह्माण्ड महन्त, जीवन्त ।।

यति गाउँदा पनि मेरा महाभक्त रावणका छन्द पनि प्रष्फुटिन अनि अभिव्यक्त भएन । ताण्डव पनि मच्चिएन । खै अब नमरिकन यसरी आत्मीय यो आफू भोलेभन्दा पनि बाबा चढ्यो पो भने बा !

कुन छन्द भन्ने पनि बिर्सियो । फेरि ध्यानदृष्टि यन्त्रमा अकाश गंगोत्री गरी हेर्दा थाहा भो कि यो तान्डव पञ्चमार छन्द ! तर यहाँ यसलाई कार्यगत एकता गराएरै जाने निधो गरेँ । तर सफल बनाउन अनि फलिपाप उताका जस्तो गराउन सकिएन ।

देवता, दानव, मानव, दृष्य, अदृश्य जे जतिलाई शरणमा आउँदा जीवन दिएँ । उनीहरूका महत्त्वलाई उजागर गरी उद्धार गरेँ तर सबै उनीहरूका वर्गका मात्र आशीर्वाद गराई पाऊँ प्रभु !भन्दा मलाई भने सबैतिर बराबरी मद्दत बर्साउन कठिनाइ पारिरहे ।

त्यसैले त
म सबैमा एक
म हुँ त्यसैले त उनीहरूको भोले
जति सम्झाई मैले जीवन जगत बोलेँ
आफूलाई पनि हेर्दा उनीहरूले
सर्वत्र कहिले देख्न पाउने ?
मेरा त्रिनेत्र सबका निधारमा
समायमान छन् तर आफ्ना अङ्ग चिन्दैनन् स्वार्थले
चलाउन असक्षम भए त्यो छैटौँ इन्द्रिय
आफ्ना अङ्गप्रति अनुराग गरी
विश्व ब्रह्माण्ड सबै मनन गरी
त्यसबाट रस निकाली
त्यसको ताकतले
त्यसैबाट सर्वत्र भलाइ गरी
यत्ति त्यसैबाट कि त्यसैलाई पनि भलो गरी
एकाकार गर्ने लालायितको लालसा
कहिले पुरा हुने ?
हुन त आज यसमण्डलमा शिवरात्रि
मेरो आग्रह छ
जय शिव दिन
जय शिव दिन

२०७७ फागुन २७
बिजु सुवेदी विजय

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *