सुवोनकी आइमाई साथी
नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी – “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”
अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ हाम्रो ध्यान गयो ।
“तँलाई मैले कतिपटक सम्झाएकी छु ह ? धेरै पिएर यहाँ नआ है भनेर ।” ऊ फतफताउँदै बाहिर निस्की । टिटेवलबलको घर्रा र्घरररर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोसि । दुई ओठले बेस्सरी च्याप्दै लामो सर्को तानी ।

जात्रामै त भेटिएकी हो ऊ ! जीवन पनि जात्रा नै त हो ।
जीवन नबुझी, जीवन नभोगी र जीवन नजानीकन जीवनको आधाभाग सकिएको बल्ल थाहा हुन थालेको थियो सवितालाई । अलिकति पछुतो पनि हुन थालेको थियो । कता कता उनको मनभित्रको सुकेको रुखमा चिउला नपलाइकन जीवन सकिएको अनुभव भइरहेको थियो ।
गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।
वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।
प्रत्येक दुई हप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसँगै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर ।