Skip to content

आधुनिक कथा

NikunjaTiwari

सुवोनकी आइमाई साथी

नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी – “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”

अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ हाम्रो ध्यान गयो ।

“तँलाई मैले कतिपटक सम्झाएकी छु ह ? धेरै पिएर यहाँ नआ है भनेर ।” ऊ फतफताउँदै बाहिर निस्की । टिटेवलबलको घर्रा र्घरररर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोसि । दुई ओठले बेस्सरी च्याप्दै लामो सर्को तानी ।

अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो

उहाँ पुग्नेबित्तिकैको मलाई पहिलोपटक छोरीले दिएको दीक्षा थियो—“मुखमा थुक आयो भन्दैमा यहाँ जतापायो उतै र जहाँसुकै थुक्नुहुन्न, विचार पु¥याएर थुक्नुपर्छ । ठुलो आवाजले खोक्नुहुन्न । अलिक नियन्त्रण गरेर खोक्नुपर्छ, । यहाँ चिया पानी वा अन्य कुराहरु खाँदा वा प्युँदा स¥यार र स्याप्¥याक्क पार्नुहुन्न । त्यस्तो मान्छे बडो असभ्य मानिन्छ । ममले यस्ता कुराहरुमा विचार पु¥याउनुहोला ।”

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

स्वच्छ पार्टीकाे सभा

यस पालिका चुनाबका स्वच्छ पार्टीकाे अहम प्रदर्शनका लागि पार्टीका अफिसमा मिटिङ्ग चलिरहेको थियो । याे चुनाबमा कसरी सबैको भन्दा राम्रो परिणाम पाउन सकिन्छ भन्नेमा सबैको धारणा आयो । साइकल मोटर साइकल र्याली गर्ने पनि सर्वसम्मत निर्णय भयो । सीमानाकाे ठाउँ परेकाले सीमानापारिका पनि सकेसम्म माेटर साइकल साइकल र मान्छेहरू पनि र्यालीमा मगाउने उपाय हुने भाे । सभा भव्य हुनु पर्ने सर्तमा कार्यकर्तालाइ खानपिउनमा लाग्ने सबै खर्चको र भन्डारकाे बन्दाेबस्त साम्सदज्यूले गर्नुहुने भो ।

जात्रा

जात्रामै त भेटिएकी हो ऊ ! जीवन पनि जात्रा नै त हो ।

मानिसहरू आफ्नो चरित्र छोपेर सधैँ झुटो आवरणमै त हिँडेका छन् यहाँ । तर खै आज मुकुटहरू नाँच्दामात्र चाहिं किन जात्रा भो ! अचम्म छ यहाँ… झुटको खेतीलाई कसैले जात्रा भन्दैनन् । तर व्यङ्यको नाम दिएर वास्तविकता दर्शाउदा चाहिं दुनियाले रमाइलो मानी मानी ताली पिट्छन् ।

एकै बेथाका दुई बिरामीहरु

जीवन नबुझी, जीवन नभोगी र जीवन नजानीकन जीवनको आधाभाग सकिएको बल्ल थाहा हुन थालेको थियो सवितालाई । अलिकति पछुतो पनि हुन थालेको थियो । कता कता उनको मनभित्रको सुकेको रुखमा चिउला नपलाइकन जीवन सकिएको अनुभव भइरहेको थियो ।

यस्तो अनुभवका साथ उनका भित्री हृदय शुष्क, निरस, कठोर र वेदनाशून्य भएको रहेछ भन्ने पनि बोध हुन थालेको थियो र उनले यसो आफ्नो विगततिर हेरिन् । वास्तवमा उनलाई जीवनको साँचो अर्थको जानकारी नै नभई जीवन यहाँसम्म आइपुगिएछ भन्ने लाग्यो ।

नयाँ खेती

गोविन्दे कोठामा धुम्धुम्ती बसेको छ । खासमा नागरिकताको उसको नाम गोविन्द कटुवाल हो । धेरैअघि एसएलसीसम्म मात्रै पढेको । उहिल्यैको पढाइ । न जागिर खायो । न कुनै गतिलो काम नै गर्यो । जवानीमा रल्लिँदै हिँड्यो । अहिले बेबहारले थिचेर उमेर नहुँदै बूढो देखिएको छ ।

ननिको छ –गोविन्दे । गाउँमा अँझै हुने नहुने सबै काम गर्छ । जवनीमा आँखा देखेन । अहिले जवानी घर्किन थाल्दै बूढो देखिएको छ । साह्रै चञ्चल छ । केही न केही उपध्रो गरिरहनु पर्ने ।

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामगंी काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामगं्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त ! सुरु हुन्छ अब कथा— पल्लोघरको झ्यालले ल्याएको परिणाम एक्लो व्यग्रता ।

पितामाताको नाममा किस्नेको पत्र

माझघरे खँड्काको जङ्गल पस्न बाँकी रहेको एउटै छोरो किस्ने हराएको पनि निकै वर्ष भइसकेको थियो । यस विचमा उनले पहाडको आफ्नो गाउँ, जिल्ला र मधेशमा समेत थाहा पाएका र उसले जान सक्ने ठाउमा सोधी खोजी गरे, मान्छे लाए, सुराक लाए, दसी प्रमाणका लागि अनेक उपाय गरे तर छोराको कुनै अत्तो पत्तो भएन । पुलिसलाई गरेको… Read More »पितामाताको नाममा किस्नेको पत्र

किस्ताबन्दी (पहिलो किस्ता)

यादव दाइ शिक्षा कार्यालयको उच्च पदका कर्मचारी हुन् । उनी अफिसको कर्मचारीहरुको दर्जामा हाकिमभन्दा थपक्कै पछिको दर्जामा पर्छन् । अफिसमा माथिकै दर्जाका भएर पनि घरमा भने उनी बिहानबिहानका भान्से मात्र हुन् । घरको व्यवस्थाअनुसार बिहानको खाना तयार गर्ने पालो उनको हो । आज पनि समयमै उनी दाल, भात तरकारी पकाउँदै छन् । उनकी श्रीमती पनि… Read More »किस्ताबन्दी (पहिलो किस्ता)

लाटी

वर्षाको महिना भए पनि भनेको समयमा वर्षा हुँदैन । त्यसैले गर्दा मनोहराको फाँटमा नै भएको भए पनि खेतमा कुलो नलगाई धान रोपाई गर्ने कुनै सम्भावना नै रहँदैन । भोलि हाम्रो पनि बेसीखेतको रोपाई थियो । आजै राती गएर खेतमा कुलो लगाउने पालो यसपाली हाम्रो परिवारमा साहिलो काका र मेरो भागमा परेको थियो । काका त पहिले नै खाना खाएर बेसी झरी सक्नु भएछ । म घर पुग्दा अलि ढिला भएकाले अब एक्लै बेसी झर्नु पर्ने भयो ।

बिदाको सपना

प्रत्येक दुई हप्ताको कामपछि तेस्रो हप्ता आरामको लागि समय दिने मेरो कम्पनीले यो पटक पनि नियम अनुसार नै मलाई छुट्टी दिएको थियो । आकासले पनि आफ्ना नाङ्गा शरीर भरी दिनभरि सूर्यलाई नचाएर लागेको थकानलाई मेटाउनका लागि सुस्ताएको थियो मसँगै रातको छहारीमा । जसरी म सुस्ताइरहेको थिएँ आफ्ना दिनभरिको पसिनाले भिजेको र कामको दुखाईले थिचेको मेरो शरीरलाई लम्पसार फालेर ।

जादुको कुर्सी

एका देशमा एउटा ठूलो गाउँ थियो । प्रकृतिको सुन्दरताले भरिपूर्ण त्यो गाउँ जहाँका हावाहरूमा सुगन्धित फूलका बास्नाहरूले भरिएका, पानीहरू पहराको यौवनले भरिएका, जहाँका फूलहरू अप्सराका मुहारको प्रतिविम्बहरूले भरिएका, जहाँका माटोहरू बुद्धका बानीहरूले भरिएका थिए । मान्छेहरू थिए, देउताका पुनर्जन्म लिएका जस्तै । सुन्दर गाउँ जस्को नाम सुन्दै मान्छेहरू धन्य महसुस गर्थे । संसारभरि सबै देशहरूमा त्यस गाउँको नाम फैलिएको थियो ।

फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।

मरिचेको चुपी

लिम्बू सम्बन्धित एउटा उक्ति चर्चित छ– ख्यालख्यालमा चार इन्च । लिम्बू–लिम्बूबीच फौदारीमा चार इन्च काटे पनि एक बोतल रक्सी राखेर माफ माग्छन् र माफ दिन्छन् पनि । चार इन्च त ख्यालख्याल हो ।

कमरेड सोहन अर्थात् म

कुनै बेला म पनि भूमिगत भएको थिएँ– राज्यविरोधी गतिविधि गरिरहेको एउटा क्रान्तिकारी पार्टीको कार्यकर्ताका रुपमा ।

आमा जानुहोस्

८६ वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ। मेरा १४ वर्षीय छोरा मनीष, १२ वर्षीय छोरी सुमी र मेरी पत्नी मानवी नाक खुम्च्याउँदै एक–अर्काको अनुहारमा हेर्दछन्। मलाई बडो असजिलो लागेर आउँछ।