Skip to content

बत्ती र पुतली (सूत्रकथा)


उफ! कस्तो यो सम्मोहन?

यसमा मेरो के दोष? जल्छु भन्ने जान्दा जान्दै पनि होम्मिन आउँछौ !

सायद यो नै मेरो नियति पो हो कि? या तिम्रो देदीप्यमान तेजको जादू?

यो तेज त तिमी लगायत सबैको लागि पथ प्रदर्शक हो। अन्धकारको समुद्रमा आसाको किरण हो।

सामीप्यताको अभिलाषा कसलाई पो हुँदैन र? त्यो सामीप्यताको उत्कर्ष, आहा त्यसको असीम आनन्द त्यो आनन्दको सोच ! सबै पीडा बिर्साइदिने त्यो क्षण। आऊ अब समय खेर नफालौँ त्यो सामीप्यताको आनन्दमा रमाउँ।

उसले पाखुरा फिँजाएर उसलाई स्वागत गऱ्यो दुवै अङ्कमालमा लीन भए – पखेँटाको फर-फरको आवाज केही परसम्म गुञ्जिरह्यो गुञ्जिरह्यो।

५ असोज २०७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *