अक्षरहरूको बिस्कुन
कम पीडा र औडाहा भयो होला प्रथम अक्षर निर्मातालाई ? यो अगम्य साथै अबोध्य छ । केवल कल्पना गर्न सकिन्छ वास्तविकता छिचोल्न सकिन्नँ ।
आफूले खोजेर जिज्ञासाको अँध्यारो गर्तबाट निकालेको अक्षरलिपि प्रयोगको खुसीमिश्रित भाव र संसारलाई देखाउँने उत्कण्ठ अभिलाषा कस्तो थियो होला ? यो पनि अपरिमित छ । जसले, जसरी, जहाँ र जहिले अक्षरको श्रीगणेश गरेको होस् उसलाई आफ्नो त्यो चेतनाको बाली काट्न र समाजले विश्वास गर्ने बनाउँन कम्ती खुन पसिना खर्चिनु परेन होला ?

नाममा वासना छ । नाममा शासना छ । नामको निम्ति मान्छे अन्धो हुन्छ । विवेकका आँखालाई तर्पण दिन्छ । हिजोसम्म मामदामको कुनै जोहोतोहो नभएको मानिस मामदामको कुरुस्त व्यवस्था मिलिसकेपछि नाम कमाउने भोकमा तड्पिएको छ । लाग्छ ऊ नाम कमाउने अन्धो धुनमा शरीरको रक्तचाप बढाइरहेको छ । काम, माम र दामको वर्तुल घेरामा सीमित हुँदारैनछन् मान्छेका चाहनाहरू । माम र दामपछि जसलाई पनि नामको भोक लाग्छ क्यारे ।
जीवित र भौतिक दुई कुरामा, मानवको सोचाइ फरक हुन्छ । मानव सव्यतामा विवाहपछिको घरबारको सुरुवात हुन्छ, जीवित अर्थात सन्तति छोरा, छोरी वा तेस्रो लिङ्गि जे भए नि गर्भमा रहेदेखि नै आमाको सकस र पीडा शुरु हुन्छ । सुत्केरी पीडाको त बखान गर्नु नै बेकार छ, त्यसैले माताको स्थान कुनैले पनि लिन सक्दैनन । बच्चाको कारण ज्यान गुमाएरको थुप्रै घट्ना छन् विश्वमा, अस्पतालको सुविधा भए देखि पीडा घटेको छ र मृत्यु दरमा कमी आएको छ तर शून्य भएको छैन । यसरी जन्माएर कयौं रात अनिदो र कष्टमै बालक हुर्काउनु पर्छ, आमाको काखमा कतिमायां हुन्छ भन्ने कुरा हामी सबै मानवलाई थाहा छ तर त्यो काँख र ओतप्रति हामीले गर्ने कर्तव्य भने फरक छ, विभेद छ ।
मानिसको चित्त चञ्चल हुन्छ । यो चञ्चले चित्त स्थिर रहन मान्दैन । यो चञ्चल मात्र हुने होइन, अशुद्ध पनि हुन्छ । त्यसैले यसको शुद्धिकरणको निमित्त हामी प्रार्थना पनि गर्नेगछौँ । यो चञ्चल किन हुन्छ ? हामीलाई थाहा छैन । मनोवैज्ञानिकहरू भन्छन्— स्वाभाविक प्रकृया हो । ‘हुन्छ’। ‘किन चञ्चल हुन्छ ?’ प्रष्ट उत्तर पाइँदैन । दार्शनिकहरू भन्छन्—चञ्चले चित्तलाई नियञ्त्रण गर्नु पर्दछ । यसलाई स्वतन्त्र र छाडा छोडी दिन हुँदैन । यसले आदर्शतिर शंकेत गर्दछ र भन्छ— ‘चञ्चलता नियणगर्नु पर्छ’ । तसर्थ चित्त नियञ्त्रण गर्नुपर्छ भन्ने सम्बन्धमा गरिने विचार तर्क र अभ्यास दर्शन शास्त्रको एउटा अंश हुन जान्छ ।